जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ


बुटवल
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । पत्रकार श्रेष्ठलाई आज ललितपुर कुसुन्तीबाट पक्राउ गरिएको हो ।

वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा जनआस्था साप्ताहिकका सम्पादक एवं पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार श्रेष्ठको सञ्चारमाध्यममा प्रकाशित एक तस्बिरलाई लिएर परेको पीडितको उजुरीका आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो।

पत्रकार श्रेष्ठको पक्राउलाई स्वतन्त्र प्रेसको घाँटी निमोठ्ने र सरकार र सत्तासिन दललाई जवाफदेही बनाउन प्रश्न उठाईरहने पत्रकारमाथी प्रहार गर्ने सत्ताको खतरनाक कदम भएको बताइएकोछ ।

पत्रकार किशोर श्रेष्ठ पक्राउको विषयलाई लिएर सरकारको चौतर्फी बिरोध भैरहेको छ । पत्रकार श्रेष्ठलाई विनासर्त तुरुन्त रिहा गर्न देशभरका पत्रकारहरुले आवाज उठाएका छन् ।

पत्रकार श्रेष्ठलाई तत्काल रिहा गरियोस्, प्रेस माथिको हस्तक्षेप बन्द गर्न पत्रकारहरुले सरकारलाई दवाव दिएका छन् ।

सरकार र सत्तारुढ दलका नेताहरुका गलत कदमविरुद्ध पत्रकारितालाई नै मिसाइल बनाएर निर्भीक आवाज उठाइरहेका पत्रकार श्रेष्ठलाई सत्तालाई असह्य भएपछि पक्राउ गरेको बताउंदै नेपाल पत्रकार हरुले तुरुन्त रिहा गर्न सरकारसंग माग गरेका छन् ।

छुटाउनुभयो कि ?

वाणिज्य संघमा पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक

वाणिज्य संघमा पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक

बुटवलबुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि नरिश्वर शर्मा पौडेल नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गरेको ...
पूर्वप्रधानन्यायाधीश जबरा र निकटस्थको घरमा सम्पत्ति शुद्धीकरणको छापा

पूर्वप्रधानन्यायाधीश जबरा र निकटस्थको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमान्डौँ सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनका निकटस्थ केही व्यक्ति तथा नातेदारको घ...
चन्द्रकोट गुल्मीमा आव ०८३/८४ को निःशुल्क सुक्ष्म स्वास्थ्य शिविर नियमित सञ्चालन, पालिकावासि उत्साहित

चन्द्रकोट गुल्मीमा आव ०८३/८४ को निःशुल्क सुक्ष्म स्वास्थ्य शिविर नियमित सञ्चालन, पालिकावासि उत्साहित

गुल्मीगुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं. ८, तुराङको कालिका गाउँमा स्वास्थ्य शिविरमा बुधबार सम्पन्न भएको छ। कालिकागाउॅंमा स...
कांग्रेसको महाधिवेशन : सभापतिमा त्रिपक्षीय भिडन्त

कांग्रेसको महाधिवेशन : सभापतिमा त्रिपक्षीय भिडन्त

काठमाडौंनेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएसँगै पार्टीको आगामी नेतृत...