उपसभामुख रानालाई पद छाडेर मार्गप्रशस्त गर्न सत्तारुढ दलले आग्रह गर्ने
सत्तारुढ दलहरूले पदीय आचरणको विवादमा परेकी उपसभामुख इन्दिरा राना मगरलाई पद छोडेर मार्गप्रशस्त गर्न आग्रह गर्ने भएका छन् । उनलाई सुरुमा पद छाड्नका लागि आग्रह गर्ने नमानेको अवस्थामा उनीविरुद्ध पदीय आचरणको अनुकूल काम नगरेको भन्ने महाभियोग प्रस्ताव अघि बढाउने तयारी गरेका छन् ।
कांग्रेस र एमालेका शीर्ष नेताहरूको आइतबार र सत्ता समर्थक दलहरूको सोमबारको बैठकमा उपसभामुखको विषयमा कुरा उठेको थियो । प्रधानन्यायाधीशलगायतका संवैधानिक नियुक्तिमा अप्ठेरो हुने भयो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख रानालाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए ।कांग्रेसका एक नेताका अनुसार सुरूमा उनलाई आग्रह गर्ने आग्रह नमानेको अवस्थामा प्रस्ताव अघि बढाउने तयारी छ । मंगलबारको संसद्को बैठकमै पनि यो कुरा उठाउने ती नेताले बताए ।
उपसभामुख रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिकामा लग्ने गरी पत्र...








