ताजा अपडेट

पहिलो किस्ता बुझाएपछि बिजुली जोड्न आयोगको निर्देशन

पहिलो किस्ता बुझाएपछि बिजुली जोड्न आयोगको निर्देशन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज
विद्युत् नियमन आयोगले उद्योगबाट आवधिक रूपमा असुल गर्ने गरी उपयुक्त अनुपातमा रकम तोक्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा प्राधिकरणले केही उद्योगमा लाइन काटेपछि आयोगले बुधबार पत्र पठाउँदै आवधिक रकम बुझाएपछि सम्बन्धित उद्योगमा तत्कालै लाइन जोड्न निर्देशन दिएको हो । रकमअनुसार कति किस्ता दिने त्यो तोक्न निर्देशन दिएको आयोगका अध्यक्ष रामप्रसाद धितालले बताए । आयोगले विद्युत् महसुलको परिमाण वा अन्य कुनै पक्षमा पछि कुनै आधिकारिक निकायबाट जाँचबुझ हुँदा कम/बढी भएको अवस्थामा त्यसपछिका बिलमा समायोजन गर्न पनि निर्देशन दिएको छ । आयोगको पत्रमा ०७२ माघदेखि ०७५ वैशाखसम्मको अवधिको विवादित डेडिकेटेड र ट्रंकलाइनको बक्यौता विद्युत् महसुलको हकमा मात्र यस्तो रकम तोक्न भनिएको छ । ‘अहिले २८ किस्तासम्मको किस्ताबन्दी सुविधा दिने भनिएको छ, कुनै उपभोक्ताको त...
तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा मनाइँदै

तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा मनाइँदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
यमपञ्चक (तिहार) तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी मानिने लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने धार्मिक मान्यता छ। यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भर्‍याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ। यस पर्वलाई दीपमालिका पनि भनिन्छ। लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ। वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो। लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बन...
पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालले पाए भ्रष्टाचार मुद्दामा सफाइ

पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालले पाए भ्रष्टाचार मुद्दामा सफाइ

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
१४ कात्तिक, काठमाडौं । सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्क स्टिकर छाप्न निजी कम्पनीलाई ठेक्का दिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वमुख्यसचिव वैकुण्ठ अर्याललाई सफाइ दिएको छ । बुधबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले व्यक्ति र कम्पनी गरी १२ प्रतिवादी रहेको मुद्दामा अर्याललाई सफाइ दिएको हो । यो मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई भने विशेष अदालतले दोषी ठहर गरेको छ । उनीहरुलाई सजाय निर्धारण भने २५ मंसिरमा हुने विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । सुरक्षण मुद्रण केन्द्रबाट निजी क्षेत्रलाई अन्तशुल्क स्टिकर छाप्न ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । भ्रष्टाचार मुद्दा दायर भएपछि तत्कालिन मुख्यसचिव अर्याल निलम्बनमा परेका थिए र सरकारले उनक...
साफ महिला च्याम्पियनशिपको उपाधि बङ्गलादेशलाई, नेपाल फेरि उपविजेता

साफ महिला च्याम्पियनशिपको उपाधि बङ्गलादेशलाई, नेपाल फेरि उपविजेता

Breaking news 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – साफ महिला च्याम्पियनशिप फुटबलको उपाधि बङ्गलादेशले दोस्रो पटक जितेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलले हरायो । खेलको ५२ औं मिनेटमा मोनिका चक्माको गोलबाट बङ्गलादेशले अग्रता लिएको थियो । त्यसको तीन मिनेटमै नेपालकी अमिशा कार्कीले ५५ औं मिनेटमा गोल फर्काएर खेल एक–एक गोलको बराबरी पुर्‍याएकी थिइन् । तर खेलको ८१ औं मिनेटमा बङ्गलादेशकी रितु पोर्ना चक्माले गोल गर्दै टोलीलाई जिताइन् । नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टीमा ४–२ ले हराउँदै र बङ्गलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका थिए । यसअघि ५ पटक फाइनलमा पुगेर पनि उपविजेतामै सीमित नेपाल फेरि उपाधि जित्ने अवसरबाट वञ्चित भयो । गएको संस्करणमा नेपाल बङ्गलादेशसँग ३-१ गोलले पराजित भएको थियो । ...
बंगलादेशले उचाल्यो साफ च्याम्पियनसिपको उपाधि : नेपाल उपविजेतामा सिमित

बंगलादेशले उचाल्यो साफ च्याम्पियनसिपको उपाधि : नेपाल उपविजेतामा सिमित

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार
साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाल भने फेरि उपविजेतामा सिमित भयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई २-१ गोल अन्तरले हराएको हो । योसँगै सेमिफाइनलमा भारतलाई हराउँदै फाइनल प्रवेश गरेको नेपालका लागि इतिहास लेख्ने मौका गुमेको छ। अघिल्लो संस्करणमा भएको साफको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित हुँदै पाचौँ पटक उपविजेता बनेको थियो। दोस्रो पटक फाइनल पुगेको बंगलादेश भने त्यतिबेला पहिलो पटक च्याम्पियन बनेको थियो। ...
बुटवल -गोरुसिङ्गे-चन्द्रौटा सडक निर्माण प्रक्रिया: बुटवल-नारायणगढ जस्तो अव्यवस्थित नहोस्

बुटवल -गोरुसिङ्गे-चन्द्रौटा सडक निर्माण प्रक्रिया: बुटवल-नारायणगढ जस्तो अव्यवस्थित नहोस्

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, लेख रचना, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवाली पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बुटवल-गाेरुसिङ्गे २ लेन सडक ४ लेन निर्माण विस्तारका लागि ठेक्का सम्झौता भइसकेको छ। बुटवल-गोरुसिङ्गे सम्मको करिब ५० किलोमिटर सडक साङसिङ चाइना कम्पनी र आशिष निर्माण सेवाले १३ अर्ब ५० करोडमा सम्झौता गरि कार्तिक ४ गतेदेखि निर्माणको काम सुरु गरिसकेको छ। एसियाली विकास बैंकको सहयोगमा बहुवर्षीय योजना अन्तर्गत ३ वर्षमा हस्तान्तरण गर्ने गरी सम्झौता भएको छ। उक्त सडक सहरी क्षेत्रमा ५०मिटर र जङ्गल क्षेत्रमा २४ मिटरकाे हुनेछ।पूर्वपश्चिम राजमार्ग अन्तर्गतको उक्त खण्ड करिब ६२ वर्षपछि स्तर उन्नति हुने भएको छ। सडक स्तराेन्नति हुने भएपछि नागरिकमा खुसी छाएको छ। साथै यसै राजमार्गको बुटवल- नारायणगढ सडक ४ ले निर्माणमा भइरहेको ढिलासुस्ती र अव्यवस्थित हुँदा नागरिकले पीडा भोग्नुपरेको छ। यही पीडाका कारण उक्त बुटवल -गोरुसिङ्गे -चन्द्रौटा ४ लेन स...
जिल्ला स्वास्थ्य कार्यालयबाट क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको भल्व फेर्ने जस्ता सेवाकाे सुविधा पाउने व्यवस्था

जिल्ला स्वास्थ्य कार्यालयबाट क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको भल्व फेर्ने जस्ता सेवाकाे सुविधा पाउने व्यवस्था

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
लुम्बिनी प्रदेश सरकारले जिल्लामा रहेको स्वास्थ्य कार्यालयबाट क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको भल्व फेर्ने जस्ता सेवाकाे सुविधा पाउने व्यवस्था मिलाएकाेको छ । प्रदेश मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले प्रदेश स्वास्थ्य उपचार बिशेष आर्थिक सुविधा निर्देशिका २०७८ लाई संसोधन गर्ने निर्णय गर्दै साे सुविधा जिल्ला बाटै उपलब्ध गराउने निर्णय गरेकाे हाे । संसाेधन संगै अव क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको भल्व फेर्ने सेवाको लागि प्रदेश स्वास्थ्य निर्देशनालयमा आउन नपर्ने भएको छ । जिल्लामा रहेको स्वास्थ्य कार्यालयबाट सो सुविधा पाउने व्यवस्था गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले अवकास प्राप्त राष्ट्रसेवकहरुको ज्ञापन, सीप र अनुभवको उपयोग गर्ने सम्वन्धि कार्यविधि २०८१ स्वीकृत गरेको छ । सरकारले सार्वजनिक प्रशानसन तथा व्यवस्थापन, कुटनैतिक, सुरक्षा व्यवस्थापन, न्याय तथा कानुन, भौतिक पू...
हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन

हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन

Breaking news 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
रासस काठमाण्डौ – सरकारले भूमि समस्या समाधान गर्न आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको हो । तीन वर्षको कार्यकाल रहने गरी प्यूठानका रिजालको अध्यक्षतामा आठ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरिएको हो । सदस्यसचिवसहित आयोग नौ सदस्यीय हुनेछ । भूमि समस्या समाधान आयोगका अध्यक्ष, उपाध्यक्ष र सदस्यहरूलाई पारिश्रमिक र अन्य सुविधा दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । ...
आज काग तिहार मनाइँदै

आज काग तिहार मनाइँदै

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
१४ कात्तिक, काठमाडौं । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज कागको पूजा गरी मनाइँदै छ सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई काग तिहार मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए । यमराजको दूतका रुपमा पुजिने कागलाई आज बिहान मनपर्ने खानेकुरा खान दिएर काग तिहार मनाउने चलन छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो–मीठो खान दिई खुसी पार्ने चलन छ । लोक व्यवहारमा काग घरमा आई कराएमा ‘शुभ बोल, शुभ बोल’ भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । आजको दिन कागलाई दही–...
फूलमाला आयातले त्रसित नेपाली कृषक :  भित्रिन थाल्यो भारतीय फूलमाला

फूलमाला आयातले त्रसित नेपाली कृषक : भित्रिन थाल्यो भारतीय फूलमाला

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल हरेक वर्षको तिहारमा सबैभन्दा बढी फूलमालाको खपत हुने गर्दछ । यस वर्षको तिहार नजिकिँएसँगै व्यापारीहरु फूलमालाको जोहोमा लागेका छन् । कृषकहरु पनि उत्पादन बजारमा पठाउन तयारी अवस्थामा छन् । तर, भारतबाट फूलमाला भित्रियो भने मुल्य नपाउने चिन्ता उत्तिकै छ ।  रुपन्देहीको तिलोत्तमामा सामुहिक फूल खेती गर्दै आएको क्षितिज कृषक समुहकी सदस्य नविना भण्डारीले हरेक वर्ष भारतीय फूलमाला भित्रिदा मुल्य नपाउने त्रास रहिरहेको गुनासो गरिन् । यस वर्ष पनि भारतीय फूलमाला भित्रिने हो भने उनीहरुको उत्पादनले मुल्य पाउने छैन । गत वर्ष पनि लक्ष्मी पूजाको दिनदेखिनै भारतीय सीमाबाट करोडौंको अवैध फूलमाला भित्रिँदा नेपाली कृषकले प्रति माला २०/३० रुपैयाँमा पनि बिक्री गर्न नसकेको गुनासो गरिन् । करिब १३ कट्ठा जमिन भाडामा लिएर उनीहरुले खेती गर्दै आएका छन् । यस वर्ष पनि करिब २ हजार ५ सय फूलमाला बिक्री गर्ने लक्ष्...