मोटरसाइकल दुर्घटनाबाट गुल्मीमा २ जनाको मृत्यु
गुल्मीगुल्मीको काली गण्डकी कोरिडोर अन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक स्याङ्जा जिल्ला कालिगण्डकी गाउँपालिका –३ भुस्तुङ निवासी ३४ वर्षीय लक्ष्मण थापा र सोही ठाउँका ४५ वर्षीय गिरमान सिंह राना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गङ्गा बहादुर सारुले जानकारी दिएका छन् ।जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आइतबार राति करिब १० बजे सत्यवती गाउँपालिका –१ ठुलाबगर छल्दी स्थित रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु ३६ प ३६२७ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट करिब तीन मिटर तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका थापाको टाउकोमा गम्भीर चोट लागेको थियो भने रानाको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो । उनीहरू दुवै जनाको उपचारको...








