विश्वकप लिग-२: कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको प्रभावशाली जित


काठमाडौं
नेपालले अमेरिकामाथि ९ विकेटको शानदार जित हासिल गरेको छ ।
आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको हो ।

अमेरिकाले दिएको १९६ रन लक्ष्य पछाएको नेपालले ३६.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

नेपालको जितमा कुशल भुर्तेलले अविजित शतकीय पारी खेल्दै १२० रन बनाएका थिए । त्यस्तै इशान पाण्डेले अविजित २० रन बनाएका थिए भने आसिफ सेखले ५८ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अमेरिकाले ४३.३ ओभरमा अल आउट हुदै १९५ रन बनाएको थियो । अमेरिकाका लागि स्मित पटेलले सर्बाधिक ८३ रन बनाएका थिए भने शेहान जयसूर्याले ५० र मिलिंद कुमारले २८ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४ विकेट लिएका थिए भने सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुलशन झाले एक एक विकेट लिएका थिए ।

यो यस लिग-२ साइकलमा नेपालले पहिलो पटक अमेरिकालाई पराजित गरेको हो । यो जितपछि नेपालको २६ खेलमा २० अंक भएको छ । त्यस्तै अमेरिकाको २६ खेलमा ३६ अंक रहेको छ ।
अब सिरिजको अर्को खेल मे १८ मा नेपाल र स्कटल्याण्ड, मे २० मा स्कटल्याण्ड र अमेरिका तथा मे २२ मा नेपाल र अमेरिका खेल्ने तालिका रहेको छ ।

छुटाउनुभयो कि ?

मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

काठमाडौंदुई गठबन्धन दल एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि विश्वासको मत पाउने सम्भावना नरहेपछि मधेश प्रदेश सरकारका मुख्यमन्त...
पार्टीमै रहेर अन्य दललाई मत दिनेलाई कारबाही गरिन्छ : अध्यक्ष ओली

पार्टीमै रहेर अन्य दललाई मत दिनेलाई कारबाही गरिन्छ : अध्यक्ष ओली

काठमाडौँएमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अन्य दलका उम्मेदवारलाई मत दिएको प्रमाण भेटिए त्यस्ता सदस्यलाई कारबाही गर...
पाठ्यपुस्तक छपाइ तथा वितरणको सूचीकरण सुरु, १५ दिनभित्र विद्यालयमा पुस्तक पुर्‍याउनुपर्ने

पाठ्यपुस्तक छपाइ तथा वितरणको सूचीकरण सुरु, १५ दिनभित्र विद्यालयमा पुस्तक पुर्‍याउनुपर्ने

काठमान्डौँपाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०८४ का लागि विद्यालय तहका पाठ्यपुस्तक छपाइ तथा बिक्रीवितरण गर्न इच्छुक प्रक...
एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज एउटा खेल हुँदैछ । आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्...