२२ अर्बले बढ्यो बेरुजु , जेनजी आन्दोलनले १ खर्ब ४७ अर्बको लेखा परिक्षण हुन सकेन


काठमाडौं
महालेखा परीक्षकको कार्यालयले २०८१/८२ आर्थिक वर्षमा सङ्घीय, प्रदेश, स्थानीय तह, संगठित संस्था तथा सङ्घीय कानुनद्वारा स्थापित अन्य संस्था र समितिसमेत गरी ९४ खर्ब ८४ अर्ब ५० करोड बराबरको लेखापरीक्षण सम्पन्न गरेको जनाएको छ ।
कार्यालयका अनुसार २०८२ भदौ २३ र २४ गते देशभर भएको आन्दोलन तथा घटनाका कारण १७९ कार्यालय र निकायले लेखा तथा सम्बन्धित स्रेस्ता पेश नगर्दा १ खर्ब ४७ अर्ब ९० करोड बराबरको लेखापरीक्षण हुन नसकेको जानकारी दिएको छ ।
लेखापरीक्षणबाट नीतिगत तथा प्रणालीगत सुधार आवश्यक देखिएको उल्लेख गर्दै यस आर्थिक बर्षमा मात्र ८८ अर्ब ९ करोड बेरुजु औँल्याइएको छ । जसमध्ये सङ्घीय सरकारी कार्यालयतर्फ ५३ अर्ब ४९ करोड, प्रदेशतर्फ ५ अर्ब २३ करोड, स्थानीय तहतर्फ १९ अर्ब ५ करोड तथा समिति र अन्य संस्थातर्फ १० अर्ब ३२ करोड बेरुजु कायम भएको छ ।

गत वर्षसम्मको बेरुजुमध्ये प्रतिवेदन अवधिमा ६६ अर्ब ११ करोड सम्परीक्षण तथा समायोजन भएको छ । बाँकी बेरुजु र चालु वर्षको बेरुजुसहित अद्यावधिक बेरुजु रकम ७ खर्ब ५५ अर्ब १७ करोड पुगेको कार्यालयले जनाएको छ । यस अवधिमा विगतको बेरुजुको सम्परीक्षण तथा चालु वर्षमा औँल्याइएका बेहोराको फर्छ्योटबाट १४ अर्ब ६३ करोड असुल भएको उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार कुल बेरुजु २१ अर्ब ९८ करोडले बढेको छ । आर्थिक बर्ष २०८०/८१ सम्म कुल बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड रहेको थियो ।

प्रतिवेदनअनुसार लेखापरीक्षणका सुझावका आधारमा विभिन्न नीतिगत, कानुनी तथा प्रणालीगत सुधारसमेत भएका छन् ।

प्रदेश मन्त्रालय तथा निकायतर्फ सातै प्रदेशअन्तर्गत १ हजार १२४ निकायको ३ खर्ब २० अर्ब ३० करोड बराबरको लेखापरीक्षण सम्पन्न गरिएको छ । गत वर्षसम्म २४ एकाइको २ अर्ब २३ करोड लेखापरीक्षण बाँकी रहेकामा यस वर्ष चार एकाइले १ अर्ब २२ करोडको लेखापरीक्षण गराएका छन् । यद्यपि तीन प्रदेश कार्यालयले भने यस वर्ष पनि लेखापरीक्षण नगराएको जनाइएको छ ।

स्थानीय तहतर्फ चार महानगरपालिका, १० उपमहानगरपालिका, २६१ नगरपालिका र ४४६ गाउँपालिकासहित ७२१ स्थानीय तहको रु. ११ खर्ब ९ अर्ब ५२ करोड बराबरको लेखापरीक्षण सम्पन्न भएको छ। यस वर्ष एक स्थानीय तहले भने लेखापरीक्षण नगराएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, ५७७ समिति तथा अन्य संस्थाको ४ खर्ब ४७ अर्ब ७७ करोडको लेखापरीक्षण गरिएको छ। यसमा प्रदेशतर्फका १३३ संस्था पनि समावेश छन् ।

संगठित संस्था तथा सङ्घीय कानुनद्वारा स्थापित संस्थातर्फ ४४ संस्थाको ५४ आर्थिक वर्षसम्बन्धी ४६ खर्ब ८८ अर्ब ९६ करोड बराबरको लेखापरीक्षण सम्पन्न गरिएको छ । यसमा सङ्घीय कानुनद्वारा स्थापित ६ संस्थाको सात आर्थिक वर्षको ९ खर्ब ५६ अर्ब ५४ करोड पनि समावेश रहेको छ ।

यस अतिरिक्त ४० संस्थाको ४६ आर्थिक वर्षसम्बन्धी १८ खर्ब ३२ अर्ब ६२ करोडको लेखापरीक्षणका लागि परामर्श प्रदान गरिएको कार्यालयले जनाएको छ ।

अन्य कोषतर्फ गत वर्षको जिम्मेवारी ३५ अर्ब १६ करोड २६ लाख र चालु वर्षको आम्दानी ३ खर्ब ७२ अर्ब ८८ करोड ७२ लाखसहित कुल ४ खर्ब ८ अर्ब ४ करोड ९८ लाख आम्दानी भएको उल्लेख छ। त्यसमध्ये ३ खर्ब ६६ अर्ब ९५ करोड ९३ लाख खर्च भई वर्षान्तमा ४१ अर्ब ९ करोड ५ लाख मौज्दात रहेको छ।

महालेखा परीक्षकको कार्यालयले यस वर्ष १५ विषयमा कार्यमूलक, एक विषयमा वातावरणीय तथा एक विषयमा विशेष लेखापरीक्षणसमेत गरेको जनाएको छ।

नेपाल सरकार र दातृ निकायबीचको सम्झौताअनुसार सञ्चालित विश्व बैंक, एसियाली विकास बैंक तथा अन्य दातृ निकायअन्तर्गतका ४९ आयोजनाको आयोजना हिसाब प्रमाणीकरण गरी रायसहितको लेखापरीक्षण प्रतिवेदन उपलब्ध गराइएको पनि उल्लेख गरिएको छ ।

छुटाउनुभयो कि ?

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्बभन्दा बढी घाटा

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्बभन्दा बढी घाटा

काठमाडौँनेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ। भारतबाट पेट्रोल र डिजेलको खरिद मूल्य प्रतिलि...
बुटवलको रारा मसला उद्योग बन्द नगर्न उच्च अदालतको अन्तरिम आदेश

बुटवलको रारा मसला उद्योग बन्द नगर्न उच्च अदालतको अन्तरिम आदेश

बुटवलउच्च अदालत तुलसीपुर, बुटवल इजलासले बुटवलस्थित बुटवल रारा मसला उद्योग बन्द गराउने घरेलु तथा साना उद्योग कार्यालय रुपन्देह...
प्रधानमन्त्री मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

प्रधानमन्त्री मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाह बालेनको पहिलो औपचारिक विदेश भ्रमण भारत हुने भएको छ । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भ...
४ दशमलव ८२ अंकले घट्यो सेयर कारोबार

४ दशमलव ८२ अंकले घट्यो सेयर कारोबार

काठमाडौंधितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४ दशमलव ८२ अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्स...