बुटवलमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन


बुटवल
भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको राष्ट्रिय भेला बुटवलमा सुरू भएको छ।

सरकारले व्यवस्थापन बिना नै आफूहरूका घर टहरामा डोजर चलाएर हटाउन खोजेको भन्दै देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू आन्दोलित भएका छन्। सोही क्रममा आइतबार बुटवलमा राष्ट्रिय भेला आयोजना गरेका हुन्।

आइतबार दिउँसो बुटवलको राजमार्ग चौराहाबाट र्‍याली सहितको प्रदर्शन गरेका थिए। विभिन्न प्रदेश र २२ वटा जिल्लाबाट सहभागी भएका भूमिहीन सुकुम्बासीहरूको उक्त र्‍याली ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो।
चर्को गर्मीबीच छाता ओढेर महिला तथा वृद्धवृद्धाहरू समेत उक्त र्‍यालीमा सहभागी भएका थिए। उनीहरूले सरकारले विकल्प बिना आफूहरूका घर टहरामा डोजर चलाएर हटाउने, लखेट्ने कार्य गरेकाले विरोधमा प्रदर्शन गरिएको बताए।

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रूपन्देहीका सल्लाहकार वीरेन्द्र विकले देशमा भ्रष्टाचारको अन्त्य तथा सुशासन कायम गर्ने भन्दै गरिब तथा भूमिहीन सुकुम्बासीहरूको मतबाट सरकारमा पुगेका वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो निशाना नै भूमिहीन सुकुम्बासीमाथि हुने गरेको बताए। उनले भूमिहीन र सुकुम्बासी हुनु कसैको रहर नभई सरकारको गलत नीतिको परिणाम भएको बताए।

संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले भूमिहीन सुकुम्बासीमाथि सरकारले गरेको दमनका विरूद्ध सशक्त प्रतिवाद गर्न आन्दोलन गर्नुपरेको बताए।

संघर्ष समितिले सोमबार बुटवलमै राष्ट्रिय सम्मेलन आयोजना गरेको छ। सम्मेलनमा विज्ञ, अधिकारकर्मी तथा विभिन्न जिल्लाका प्रतिनिधिहरूको सहभागितामा भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्याबारे छलफल गरी ठोस निष्कर्ष निकालिने बताइएको छ ।

संघर्ष समितिको आन्दोलनलाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित रूपन्देहीका १२ वटा राजनीतिक दलले ऐक्यबद्धता जनाएका छन्।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...