ताजा अपडेट

शुक्रबार रातिदेखि ताप्लेजुङमा यातायात बन्दको घोषणा

शुक्रबार रातिदेखि ताप्लेजुङमा यातायात बन्दको घोषणा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
ताप्लेजुङ ताप्लेजुङको पाथीभरामा निर्माण गर्न खोजिएको केवलकारको बिषयलाई लिएर बिहीबार ‘नो केवलकार’ र प्रहरीबीच झडप हुँदा गाडी चालक घाइते भएको बिरोधमा यातायात व्यवसायीले बन्दको घोषणा गरेका छन्। ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले विज्ञप्ति जारी गर्दै फागुन ९ गते शुक्रबार राति १२ बजेदेखि यातायात बन्द गर्ने बताएका हुन्।  उनीहरूले मेची राजमार्ग, तमोर कोरिडोर र धरान-वसन्तपुर-गुफा सडक हुँदै ताप्लेजुङ जिल्ला प्रवेश गर्ने सबै नाका तथा जिल्लाका अन्य शाखा सडकमा समेत एम्बुलेन्स, दमकल, दूध र सब्जी बोक्नेबाहेक कुनै पनि सवारीसाधन चल्न नदिने घोषणा गरेका हुन्।बिहीबार आन्दोलनकारी र प्रहरीको झडप हुँदा ११ प्रहरी, एकजना आन्दोलनकारी र एकजना गाडी चालक घाइते भएका थिए । विज्ञप्तिमा भनिएको छ, ‘फागुन ८ गते काफ्ले पाटीतर्फ स्वास्थ्यकर्मी लिएर जाने क्रममा केबलकार खारेजी पक्षले ...
जता फर्केर हेर्दा पनि देखिने काम प्रदेशकै हुन: मुख्यमन्त्री आचार्य

जता फर्केर हेर्दा पनि देखिने काम प्रदेशकै हुन: मुख्यमन्त्री आचार्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
अर्घाखाँची लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक बर्षकाे बजेटमा साना आयाेजनालाइ कटौती गर्नेगरी बजेट निर्माण गर्ने बताउनु भएको छ । नेकपा एमालेले शितगंगा नगरपालिका-२ सितापुरमा आयाेजना गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले साना याेजनालाइ निरुत्साहित गर्दै बजेट निर्माण गर्ने तयारी सरकारले गरेकाे बताउनु भएको हाे ।साना आयाेजनालाइ निरुत्साहित गर्नेगरी तयारी गर्दै छाैं´उहाँले भन्नुभयो-`उपलब्धि देखिने आयाेजना सरकारकाे प्राथमिकतामा पर्छन । प्रदेश सरकारले मझौला खालका आयाेजनालाइ सम्पन्न गर्नेगरी बजेटमा सम्बाेधन गर्ने विश्वास दिलाउनु भयाे । प्रदेश स्थापना भएपछि विकास निर्माणकाे कामले गति लिएको बताउदै उहाँले यी उपलब्धि देख्न नसक्नेहरुले गलत भास्य खडा गर्न खाेजेकाे बताउनु भयाे ।`संघीयताले विकासकाे ढाेका खाेलेकाे छ । देख्न, हेर्न र बुझ्न सक्नुहुन...
पुल भाँचिने गरी गह्रुङ्गो भार बोकाउने शिवम सिमेन्टलाई ८६ लाख रुपियाँ जरिवाना

पुल भाँचिने गरी गह्रुङ्गो भार बोकाउने शिवम सिमेन्टलाई ८६ लाख रुपियाँ जरिवाना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
 पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिनेगरी गह्रुङ्गो भार बोकेको भारतीय ट्रक ल्याउने कम्पनी शिवम सिमेन्टले सरकारलाई क्षतिपूर्ति तिरेको छ ।  एनएल ०१ ए एच ५१७९ नम्बरको भारीय हेवी ट्रकमा सामान ल्याउने शिवम सिमेन्टलाई सरकारले ८६ लाख रुपियाँ क्षतिपूर्ति तिराएको सडक डिभिजन भरतपुरका सिनियर डिभिजन इन्जिनियर नारायणप्रसाद लामिछानेले जानकारी दिनुभयो । शिवम सिमेन्टले नेपाल लाइन्स प्रा.लि.मार्फत ८६ लाख रुपियाँ सडक डिभिजन भरतपुरको खातामा जम्मा गरेको उहाँले जानकारी दिनुभयो ।  गत पुस २६ गते गह्रुङ्गो भारसहितको ट्रक पुल पार गर्नेक्रममा भाँचिएको थियो ।  मुख्य राजमार्गको पुल भाँचिदा लामो समयसम्म यात्रुले सास्ती पाएका थिए ।  पुल भाँचिएपछि अध्ययन गर्न सडक विभागले पुल महाशाखाका उपमहानिर्देशक ललिजङ्ग खनालको संयोजकत्वमा छानविन समिति गठन गरेको ...
नेपालको १५९ मुलुकसँग व्यापार, ३५ मुलुकसँग नाफा, १२४ सँग घाटा

नेपालको १५९ मुलुकसँग व्यापार, ३५ मुलुकसँग नाफा, १२४ सँग घाटा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
स्वदेशमै उत्पादित वस्तुको निर्यात बढाउन नसक्दा नेपालले १ सय २४ मुलुकसँग घाटा बेहोरिरहेको छ । स्वदेशमै पर्याप्त उत्पादन हुन सक्ने कृषि वस्तुसमेत आयात हुँदा यी मुलुकसँग घाटा भएको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको व्यापार तथ्यांकअनुसार ७ महिनामा ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ घाटा भएको छ । यो रकम गत आर्थिक वर्षको पहिलो ७ महिनाभन्दा ६.२० प्रतिशतले बढी हो । २०८०/८१ को पहिलो ७ महिनामा मुलुकको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ थियो । सबैभन्दा धेरै व्यापार घाटा भारत र चीनसँगै छ । भारतसँग ४ खर्ब ९८ अर्ब ३४ करोड रुपैयाँ र चीनसँग १ खर्ब ९० अर्ब ४४ करोड घाटा छ । छिमेकी मुलुकसँगै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकसँग पनि व्यापार घाटा नै छ । तथ्यांकअनुसार १ सय ५९ मुलुकसँग नेपालको द्विपक्षीय व्यापार हुन्छ । तीमध्ये ३५ मुलुकसँग व्यापार नाफा र १ सय २४ मुलु...
पाथीभरा केबलकार विवाद : पक्ष र विपक्षमा प्रदर्शन

पाथीभरा केबलकार विवाद : पक्ष र विपक्षमा प्रदर्शन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउनु नहुने (नो केबलकार) पक्ष र सरकारबिचको वार्ताले ठोस निष्कर्ष निस्कन सकेको छैन । दुई पटक भएको छलफलपछि केही शान्त देखिएको पाथीभरा क्षेत्रमा पुनः पक्ष र विपक्षमा र्‍याली तथा प्रदर्शन सुरु भएका छन् । वार्ता र सहमति नगरी केबलकार निर्माण कम्पनीले आफ्नो काम अगाडि बढाएपछि गत माघ १२ गते नो केबरकार समूहले काम रोक्ने प्रयास गरेको थियो । त्यस क्रममा १९ जना प्रहरी र ६ जना नो केबलकार समूहका घाइते भएका थिए । बलुडाँडामा उक्त दिन साँझ प्रहरी र आन्दोलनकारीबिच झडप भएको थियो । आन्दोलन उग्र बन्दै जाँदा गत माघ २० गते सरकारले सहसचिव प्रेम प्रसाद भट्टराईको नेतृत्वमा वार्ता समिति गठन गर्‍यो । त्यसको भोलिपल्ट नो केबलकार समूहले पनि प्राज्ञ अमर तुम्याहाङको नेतृत्वमा वार्ता समिति गठन गर्‍यो । दुवै वार्ता टोलीबिच माघ २२ गते वार्ता भयो । सो वार्ताबाट माघ २७ गते नि...
७६ वर्षका हजुरबुवाले दिए प्रकृतिलाई दागबत्ती

७६ वर्षका हजुरबुवाले दिए प्रकृतिलाई दागबत्ती

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल भारतको ओडिसामा रहेको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद मृत्यु भएकी भैरहवाकी प्रकृति लम्साललाई उनका हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएका छन् । देवनाथ ७६ वर्षका छन् । प्रकृतिको भैरहवाको स्वर्गद्वारी घाटमा बुधबार राति अन्तिम बिदाइ गरिएको हो । अन्त्येष्टिमा सिद्धार्थनगरवासीको ठूलो उपस्थिति थियो । भारतबाट गोरखपुर हुँदै राति ९ बजे  प्रकृतिको पार्थिव शरिर भैरहवा ल्याइएको थियो । उनका बुवालगायतका अभिभावक अर्को उडानबाट आउन ढिलो भएको कारण शवलाई भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा राखिएको थियो । करिब ११ बजे प्रकृतिको शव उनको निवास सिद्धार्थनगर-८ मा ल्याई त्यहाँ अन्तिम श्रद्धान्जली दिएर १२ बजेपछि बाहिर निकालिएको थियो । शवयात्रामा आफन्तसँगै उनलाई अन्तिम श्रद्धान्जली दिन केआईआईटीमा अध्ययनरत् उनका सहपाठीहरुको पनि उ...
डिपिएल नेपाल बुटवलकाे पद हस्तान्तरण

डिपिएल नेपाल बुटवलकाे पद हस्तान्तरण

Breaking news 3, ताजा अपडेट, शिक्षा, समाचार, स्थानीय
बुटवल पठन संस्कृतिको विकाससँगै सकारात्मक सोच सहितको सु-संस्कृत युवा नेतृत्व भन्ने मुल नाराका साथ अघि बढिरहेको डाईनामिक पब्लिक लाईब्रेरि [डिपिएल] नेपाल बुटवल शाखाको तेस्रो पद हस्तान्तरण कार्यक्रम बुधबार बुटवलमा सम्पन्न भएको छ। डिपिएल बुटवलका अध्यक्ष पारस मरासिनीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आथित्यता संस्थाका संस्थापक अध्यक्ष राजीव खनालकाे रहेकाे थियाे। कार्यक्रममा प्रमुख सल्लाहकार बिकाश श्रेष्ठ तथा राजिब गौतम ,आर्थिक सल्लाहकार रोशन नेपाल , सल्लाहकार साकार लम्साल , निवर्तमान अध्यक्ष आबिष्कार खनाल , लगाएतले भनाइ राख्दै समितिले थप सक्रियता वढाउने धारणा राखेका थिए। कार्यक्रम संचालन महासचिव प्रकाश पोख्रेलले गरेका थिए। राजन अधिकारीको नेतृत्वमा भएको कार्य समितिकाे बरिस्ठ उपाध्यक्षमा प्रकाश पोख्रेल ,महासचिवमा रुद्र खनाल ,उपाध्यक्षमा दिनेश थापा, उपाध्यक्षमा निर्मल बेल्...
प्रकृति लम्सालको शव आज घर ल्याउने तयारी

प्रकृति लम्सालको शव आज घर ल्याउने तयारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालको शव आज घर ल्याउने तयारी गरिएको छ । शव नेपाल ल्याउनका लागि भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय भइरहेको उनका आफन्तले जनाएका छन् । आज साँझसम्म ल्याइपुर्‍याउने कुरा भएको प्रकृतिकी फुपू सीता ढकालले बताइन् । प्रकृतिको शङ्कास्पद मृत्यु भएको खबर आएपछि बुबा सुनिल लम्साल ओडिसा पुगेका छन् । उनले मंगलबार प्रहरी अधिकारीहरुसँग भेटेर न्याय पाउनुपर्ने बताएका थिए । गत आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । साँझबाटै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै दमन गरेको थियो । चर्को आलोचना भएपछि भने विश्वविद्यालय प्रशासनले के...
जनता नै राज्यको सम्पूर्ण शक्ति : प्रजातन्त्र दिवसमा राष्ट्रपति पौडेलको सन्देश

जनता नै राज्यको सम्पूर्ण शक्ति : प्रजातन्त्र दिवसमा राष्ट्रपति पौडेलको सन्देश

Breaking news 1, ताजा अपडेट, राजनीति, समाचार, समाज
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन् ।  प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज शुभकामना दिँदै उनले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको बताएका हुन् । 'मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अङ्कित छ,' राष्ट्रपति पौडेलले शुभकामनामा भनेका छन्, 'सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो । विसं २००७ को क्रान्तिको जगमा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएका हौँ ।' राष्ट्रपति पौडेलले नेपा...
राष्ट्रिय समाचार समितिको प्रभावकारिता बढ्दै गएकाे छ: सरोकारवाला

राष्ट्रिय समाचार समितिको प्रभावकारिता बढ्दै गएकाे छ: सरोकारवाला

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल राष्ट्रिय समाचार समिति (रासस)ले २४सै घण्टा सेवा दिने हुनाले यसको महत्व र प्रभावकारिता बढ्दै गएको पत्रकार लगायत सरोकारवालाहरूले बताएका छन् । उनीहरुले अन्य २४सै घण्टा सेवा दिने सञ्चार माध्यमहरू कमै रहेकोले यसको प्रभावकारिता बढ्दै जाने धारणा उनिहरुकाे छ। राष्ट्रिय समाचार समिति राससको को ६४ औँ वार्षिक उत्सवका अवसरमा मङ्गलबार बुटबलमा आयोजित अन्तरक्रिया कार्यक्रममा पत्रकार लगायत सरोकारवाला हरुले अहिले स्रोतको अभावले गर्दा जनशक्तिलाई भन्दा राससकाे अनुमति लिई समाचार सम्प्रेषण गर्दा कम शुल्कमा ग्राहक बन्न र समाचार लिई सम्प्रेषण गर्न सहुलियत हुने हुनाले यसको महत्व र प्रभावकारिता बढ्दै गएको बताएका हुन्। राष्ट्रिय समाचार समितिका लुम्बिनी प्रदेश प्रमुख भरत केसीले २०१८ फागुन ७ गते प्रारम्भ भएको समिति अहिले ५ सय संचार माध्यमहरु ग्राहक भएको बताए । उनले देशभर २ सय पत्रकारले प्रत्यक्ष...