ताजा अपडेट

प्रमुख सचेतकहरूकाे बैठक निष्कर्षविहीन, गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादीकाे अडान कायमै

प्रमुख सचेतकहरूकाे बैठक निष्कर्षविहीन, गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादीकाे अडान कायमै

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डाै – प्रतिनिधिसभाको बैठकअघि सभामुख देवराज घिमिरेले बोलाउनुभएको सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन भएको छ । संसद्को गतिरोध अन्त्य गर्नेबारे सहमति जुटाउन सभामुखले बैठक बोलाउनुभएको भए पनि सहमति नभएको हो । प्रमुख सचेतकहरूले आ–आफ्नो अडान कायमै राखेका छन् ।नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्रीको राजीनामा दिनैपर्ने अडान कायम राखेपछि सहमति हुन नसकेको सभामुखको सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइए पनि अझै शुरू भएको छैन । हिजो पनि प्रतिनिधिसभा बैठक बस्न सकेको थिएन । भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका छन् भने सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले भने गृहमन्त्रीले सदनमा बोल्न  ...
गुल्मीको सिलादी–घमिर–अर्खाबाङ सडक एक हप्ताका लागि बन्द

गुल्मीको सिलादी–घमिर–अर्खाबाङ सडक एक हप्ताका लागि बन्द

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
गुल्मी – गुल्मीको पश्चिम क्षेत्रमा रहेको मालिका गाउँपालिका अन्तर्गत सिलादी–घमिर–अर्खाबाङ सडक एक हप्ताका लागि बन्द भएको छ । मालिका गाउँपालिकाले सूचना निकालेर सिलादी–घमिर–अर्खाबाङ सडक खण्डमा कालोपत्र गर्ने काम शुरू भएको हुँदा एक हप्ताका लागि पूर्णरुपमा बन्द गरिएको जनाएको छ । गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालका अनुसार पालिकाले काम सम्पन्न नहुँदासम्म आजदेखि यही २७ गतेसम्म यो सडकमा गाडी चलाउन रोकेको हो । सडक बन्द भएपछि वैकल्पिक सडकको रुपमा मालिका गाउँपालिका–६ फुलवारी र ७ को अर्चेङ हुँदै बरारुखको सडक प्रयोग गर्न आग्रह गरिएको छ । ...
यातायात व्यवसायीको आन्दोलन फिर्ता, निर्वाधरुपमा सार्वजनिक गाडी चल्ने

यातायात व्यवसायीको आन्दोलन फिर्ता, निर्वाधरुपमा सार्वजनिक गाडी चल्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं यातायात व्यवसायीहरुले आन्दोलन फिर्ता लिएका छन् । यससँगै अब गाडी चल्ने भएका छन्। गण्डकी प्रदेशको निर्णय प्राप्त भएकाले अहिले बेलुकैबाट गाडी चलाउने गरी आन्दोलन फिर्ता लिएको सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका अध्यक्ष विजय बहादुर स्वारले स्पेस फोरके टेलिभिजनलाई जानकारी दिएका छन् । ‘गण्डकी सरकारले एक महिनाका लागि राइड शेयरिङसम्बन्धी नियमावली स्थगन गरेको खबर औपचारिकरूपमा पायौं । अहिलेलाई हामीले आन्दोलन फिर्ता लिएका छौं । अहिले त फाटफुट चल्ला । भोलि बिहानदेखि गाडीहरू निर्वाध चलाउँछौं ।’ स्वारले स्पेस फोरके टेलिभिजनसँगको कुराकानीका क्रममा भने । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ एपको बारेमा ल्याएको नियमावलीको विरोध गर्दै यातायात व्यवसायीले आन्दोलन गर्दै आएका थिए । मंगलबार साँझ गण्डकी सरकारले उक्त नियमावली एक महिनाका लागि स्थगित गरेपछि भने यातायात व्यवसायील...
काठमाडौं नगर प्रहरीका निमित्त प्रमुख बने विष्णु जोशी

काठमाडौं नगर प्रहरीका निमित्त प्रमुख बने विष्णु जोशी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं काठमाडौं महानगरपालिकामा निमित्त नगर प्रहरी प्रमुखको जिम्मेवारी एसपी विष्णु जोशीलाई दिइएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले प्रमुखमा वरिष्ठ उपरिक्षक (एसएसपी) राजुनाथ पाण्डेलाई निलम्बित गर्दै जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएका हुन् । महानगर स्रोतका अनुसार जोशीलाई अर्को निर्णय नहुने बेलासम्मका लागि प्रहरी निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो । काठमाडौं महानगरको विपद् व्यवस्थापन विभागमा कार्यरत एसपी जोशीले यसबारे आफूलाई अनौपचारिक जानकारी मात्रै आएको सुनाए । ...
सेयर बजारमा गिरावट, नेप्से ३५ अंकले घट्यो

सेयर बजारमा गिरावट, नेप्से ३५ अंकले घट्यो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं मंगलबारको सेयर बजारमा तीव्र गिरावट देखिएको छ। नेप्से परिसूचक ३५.७३ अंकले घट्दै २६५८.९३ मा अडिएको छ, जुन १.३२ प्रतिशतको गिरावट हो। बजारमा देखिएको यो गिरावटसँगै कुल कारोबार रकम पनि घटेको छ। अघिल्लो दिनको ९ अर्ब २२ करोडको तुलनामा आजको कारोबार ६ अर्ब ६७ करोडमा सीमित रह्यो। आज सबै सेक्टरका सूचकहरू ओरालो लागे। बैंकिङ क्षेत्र सबैभन्दा धेरै प्रभावित रहँदै २.३४ प्रतिशतले घट्यो। विगत दुई सातामा तीव्र रूपमा बढेको बैंकिङ सूचकमा आज नाफा बुक गर्ने प्रवृत्तिका कारण गिरावट आएको बताइएको छ। अन्य घट्ने सूचकहरूमा विकास बैंक १.१४, फाइनान्स ०.८३, होटल तथा पर्यटन २.१२, हाइड्रोपावर ०.९६, जीवन बीमा ०.७४, माइक्रोफाइनान्स १.२७, निर्जीवन बीमा ०.६८ र व्यापार समूह १.३७ प्रतिशतले घटेका छन्। यद्यपि केही कम्पनीहरूमा उल्लेखनीय वृद्धि पनि देखियो। ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य ...
पत्रकारकाे क्षमता अभिबृद्दिले पत्रकारिता संगै समाजकाे स्तराेन्नतीमा याेगदान पुर्याउंछ

पत्रकारकाे क्षमता अभिबृद्दिले पत्रकारिता संगै समाजकाे स्तराेन्नतीमा याेगदान पुर्याउंछ

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल पत्रकारहरूको क्षमता अभिवृद्धि गरी उत्कृष्ट पत्रकारिताबाट समाजको स्तराेन्नतिमा महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यले प्रेस चौतारी नेपाल रुपन्देही शाखाले बुटवल उपमहानगरपालिकाको समन्वयमा क्षमता विकास तालिम शुरु गरेको छ। बुटवलमा जारी दुई दिने तालिमको पहिलो दिन मङ्गलबार उद्घाटन सत्रमा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले समग्र बुटवलको विकासका लागि पत्रकारहरूमा थप सशक्त र रचनात्मकता सृजना गरी स्तर उन्नतिमा सहयोग पुग्ने उद्देश्यले आयोजना भएको प्रेस चौतारीको पहले थप टेवा पुग्ने अपेक्षा गरे। पाण्डेले अहिले समाजमा राम्रा पक्षहरूलाई भन्दा नराम्रा पक्षहरूको पछि लाग्ने एक खालको विकृति देखिएकोले यसलाई निरुत्साहित गरी राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनी रचनात्मक आलोचना गर्न आवश्यक रहेको धारणा राखे। उनले उपमहानगरले नगर र नगरवासीलाई सबल बनाउने गरी अगाडि बढेकोले ...
उत्कृष्ट प्रदर्शनसँगै स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित

उत्कृष्ट प्रदर्शनसँगै स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल करण केसीको विष्फोटक ब्याटिङको सहयोगमा आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो राउण्डको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डमाथि नेपालले रोमाञ्चक जित निकालेको छ ।स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोलीमाथि नेपालले १ विकेटको रोमाञ्चक जित हात पार्यो । २ सय ९७ रनको लक्ष्य नेपालले १ बल बाँकी रहँदा ९ विकेट गुमाएर पूरा गर्याे । अन्तिम बलमा नेपालको जितका लागि १ रन आवश्यक रहेको थियो । अन्तिम बल मार्क वाटले वाइड गरेपछि नेपालले रोमाञ्चक जित हासिल गरेको हो ।नेपालको जितमा करण केसीले ४१ बलमा ३ चौका र ४ छक्काको सहयोगमा अविजित ६५ रन जोडे । ओपनर कुशल भुर्तेलले उत्कृष्ट अर्धशतक बनाए । कुशलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३ रन जोडे ।कुशलले अर्का ओपनर आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए । आसिफ ३३ बलमा २ चौकाको सहयोगमा २० रनमा आउट भए । गुल्शन कुमार झा ३...
पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभावले आज यी प्रदेशमा हुनेछ वर्षा

पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभावले आज यी प्रदेशमा हुनेछ वर्षा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउसो  देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका ‍ थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक...
मानव अधिकार तथा शान्ति समाजले विविध कार्यक्रम गरी मनायो स्थापना दिवस

मानव अधिकार तथा शान्ति समाजले विविध कार्यक्रम गरी मनायो स्थापना दिवस

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाले सोमबार २९औ स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ। समाजले वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा आमनागरिकको आधारभूत अधिकार हुन् भन्ने विषयमा नागरिक संवाद कार्यक्रम सम्पन्न गरेको छ भने सन्ध्याकालीन समयमा दीप प्रज्वलन गरी शान्तिपूर्ण समाजको कामना गरेको छ। सोमबार साँझ रूपन्देहीको तिलोत्तमा योगीकुटीमा अधिकारकर्मीहरूले सञ्चारकर्मीको साथमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेका छन्। शान्ति समाज रूपन्देहीका अध्यक्ष अर्जुन ज्ञवाली [अर्जुन-दृष्टि]को अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै समाजका पूर्व केन्द्रीय अध्यक्ष गोविन्द खनालले आम नागरिकको मानव अधिकारको पूर्ण उपयोग हुन सकेमा मात्र समाजमा शान्ति स्थापना हुने हुनाले समाजमा रहेको विभिन्न विकृति हटाई शान्ति स्थापना गर्ने अभियानमा सबै लाग्न आवश्यक रहेको बताए। खनालले सोही ...
संसद्को अवरोध खुलाउन बसेको तीन दलको बैठकमा जुटेन सहमति

संसद्को अवरोध खुलाउन बसेको तीन दलको बैठकमा जुटेन सहमति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ संसद्को अवरोध खुलाउन बसेको तीन दलका शीर्ष नेताको बैठक विना निष्कर्ष सकिएको छ । गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट प्रतिपक्ष पछि नहटेपछि बैठकमा सहमति जुट्न नसकेको हो । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा करिब २ घण्टा बसेको बैठकमा संसद् खोल्न प्रतिपक्ष सहमत नभएपछि बैठक विना निष्कर्ष सकिएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उनका अनुसार तीन दलको बैठकमा सत्तापक्षले गृहमन्त्रीको राजीनामा होइन,संसद् खोल्न आग्रह गरेका थिए । ‘हामीले सुशासनलाई जोड दियौँ । हामीले जो विषयवस्तु राखेका छौ त्यो यथावत रहेको छ’, उनले भने,  ‘भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ ।’ जवाफमा सत्तापक्षले कर्मचारीको कुरा भएकाले गृहमन्त्रीले राजीनामा दिनुनपर्ने बताएको थियो । यसैबिच शीर्ष बैठकमा सहभागी प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले संसद् अ...