पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभावले आज यी प्रदेशमा हुनेछ वर्षा


काठमाडौँ

हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ।

जसको प्रभावले कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउसो  देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका ‍ थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

आज राति  लुम्बिनी  प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

कोशी, गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेश लगायत  देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

छुटाउनुभयो कि ?

लुम्बिनीका १ हजार २ सय ६ पत्रकारको दुर्घटना बीमा, ५ लाख ६५ हजारको जोखिम बहन

लुम्बिनीका १ हजार २ सय ६ पत्रकारको दुर्घटना बीमा, ५ लाख ६५ हजारको जोखिम बहन

बुटवललुम्बिनी प्रदेशमा कार्यरत १ हजार २०६ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको छ । पत्रकारको पेशागत जोखिमलाई मध्यनजर गर...
भोटेकोशी विपत्ति अपडेट – थुनिएको नदी फुट्दा बाढी, अझै पूरा खुल्न बाँकी: बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी विपत्ति अपडेट – थुनिएको नदी फुट्दा बाढी, अझै पूरा खुल्न बाँकी: बाढी पूर्वानुमान महाशाखा

काठमाडौँभोटेकोशी नदीमा ठूलो मानवीय तथा भौतिक क्षति गराउने गरी एकाएक बाढी आउनुको कारण के हो भन्ने अहिले चासोको विषय बनेको छ। ...
इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्मजयन्ती आज मनाइँदै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्मजयन्ती आज मनाइँदै

काठमाण्डौ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजन...
आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् । मंगलबार स्थगि...