सेयर बजारमा गिरावट, नेप्से ३५ अंकले घट्यो


काठमाडौं

मंगलबारको सेयर बजारमा तीव्र गिरावट देखिएको छ। नेप्से परिसूचक ३५.७३ अंकले घट्दै २६५८.९३ मा अडिएको छ, जुन १.३२ प्रतिशतको गिरावट हो। बजारमा देखिएको यो गिरावटसँगै कुल कारोबार रकम पनि घटेको छ। अघिल्लो दिनको ९ अर्ब २२ करोडको तुलनामा आजको कारोबार ६ अर्ब ६७ करोडमा सीमित रह्यो।

आज सबै सेक्टरका सूचकहरू ओरालो लागे। बैंकिङ क्षेत्र सबैभन्दा धेरै प्रभावित रहँदै २.३४ प्रतिशतले घट्यो। विगत दुई सातामा तीव्र रूपमा बढेको बैंकिङ सूचकमा आज नाफा बुक गर्ने प्रवृत्तिका कारण गिरावट आएको बताइएको छ।

अन्य घट्ने सूचकहरूमा विकास बैंक १.१४, फाइनान्स ०.८३, होटल तथा पर्यटन २.१२, हाइड्रोपावर ०.९६, जीवन बीमा ०.७४, माइक्रोफाइनान्स १.२७, निर्जीवन बीमा ०.६८ र व्यापार समूह १.३७ प्रतिशतले घटेका छन्।

यद्यपि केही कम्पनीहरूमा उल्लेखनीय वृद्धि पनि देखियो। ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै, उपकार लघुवित्त ५.५८ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंक ३ प्रतिशतले बढे।

अर्कोतर्फ, सप्तकोशी विकास बैंकको मूल्य सबैभन्दा धेरै ४.३८ प्रतिशतले घट्यो। बाराही हाइड्रोपावर, प्राइम कमर्सियल बैंक, र लक्ष्मी सनराइज बैंकको मूल्य पनि करिब ४ प्रतिशतले घटेको छ।

आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा राधि विद्युत्, युनिभर्सल पावर, ङादी ग्रुप, ओम मेगाश्री फर्मास्युटिकल्स र बुटवल पावर रहेका छन्। राजनीतिक अन्योल र नाफा बुक गर्ने मानसिकताले बजारमा नकारात्मक प्रभाव पारेको विश्लेषकहरूको भनाइ छ।

छुटाउनुभयो कि ?

लुम्बिनीका १ हजार २ सय ६ पत्रकारको दुर्घटना बीमा, ५ लाख ६५ हजारको जोखिम बहन

लुम्बिनीका १ हजार २ सय ६ पत्रकारको दुर्घटना बीमा, ५ लाख ६५ हजारको जोखिम बहन

बुटवललुम्बिनी प्रदेशमा कार्यरत १ हजार २०६ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको छ । पत्रकारको पेशागत जोखिमलाई मध्यनजर गर...
भोटेकोशी विपत्ति अपडेट – थुनिएको नदी फुट्दा बाढी, अझै पूरा खुल्न बाँकी: बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी विपत्ति अपडेट – थुनिएको नदी फुट्दा बाढी, अझै पूरा खुल्न बाँकी: बाढी पूर्वानुमान महाशाखा

काठमाडौँभोटेकोशी नदीमा ठूलो मानवीय तथा भौतिक क्षति गराउने गरी एकाएक बाढी आउनुको कारण के हो भन्ने अहिले चासोको विषय बनेको छ। ...
इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्मजयन्ती आज मनाइँदै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्मजयन्ती आज मनाइँदै

काठमाण्डौ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजन...
आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् । मंगलबार स्थगि...