ताजा अपडेट

नागढुंगा-नौबिसे सडक आजदेखि थप पाँच दिन बन्द हुने

नागढुंगा-नौबिसे सडक आजदेखि थप पाँच दिन बन्द हुने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
त्रिभुवन राजपथको नागढुंगा–नौबिसे सडक स्तरोन्नतिको काम भइरहेको छ। बर्खाअघि नै सडक स्तरोन्नति सक्न दिउँसोको समयमा पनि यातायात बन्द गरेर काम भइरहेको छ। यसअघि जेठ ६ गतेदेखि २५ गते सम्मका लागि दिउँसोको समयमा यातायात बन्द गरिएको थियो। त्यो भन्दा अगाडि रातिको समयमा मात्रै यातायात बन्द गरेर स्तरोन्नतिको काम हुँदै आएको थियो।  तर स्तरोन्नितको काम अझै बाँकी भएकाले थप पाँच दिन सडक बन्द गरिने विभागले जनाएको छ। आइतबार विभागले सूचना जारी गरेर शुक्रबारसम्म सडक बन्द हुने जनाएको छ।  दिउँसोको समयमा उक्त सडक खण्ड बन्द हुने भएकाले साना सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ।  सीतापाईला-रामकोट -धार्के सडक र सामाखुसी-टोखा-छहरे-त्रिशुली (विदुर)-गल्छी सडक वैकल्पिक रूट प्रयोग गर्न भनिएको छ।  ...
नेपालमै पहिलो पटक लिंग परिवर्तन शल्यक्रिया सफल

नेपालमै पहिलो पटक लिंग परिवर्तन शल्यक्रिया सफल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ नेपालमा पहिलो पटक लिंग परिवर्तनसम्बन्धी शल्यक्रिया सफल भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा जनकपुरकी २५ वर्षीया ‘ट्रान्सजेन्डर’ व्यक्तिमा पुरुषको तन्तुलाई उपयोग गरेर महिलाको जनेन्द्रिय निर्माण गरिएको डा. जयमान श्रेष्ठले बताए । प्लास्टिक सर्जरी विभाग प्रमुख डा. श्रेष्ठका अनुसार शल्यक्रिया गरेको एक सातामै ती व्यक्ति अस्पतालबाट डिस्चार्ज भइसके पनि साधारण अवस्थामा आउन भने ४ देखि ६ महिनासम्म लाग्नेछ । अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले यो सफलतासँगै अब नेपालमै सस्तो शुल्कमा लिंग परिवर्तनजस्तो जटिल शल्यक्रियासमेत गर्न सकिने अवस्था बनेको बताए । ‘लिंग परिवर्तनजस्तो जटिल र संवेदनशील शल्यक्रिया नेपालमा पहिलो पटक सफल भएको छ,’ उनी भन्छन्, ‘यस्तो शल्यक्रिया विदेशमा निकै महँगो हुने हुन्छ तर नेपालमा सुलभ मूल्यमै गर्न सकिने भएकाले ट्रान्सजेन्डर समुदायलाई अब सहज हुनेछ ।’ य...
आजदेखि अनेरास्ववियुको २४ औँ महाधिवेशन

आजदेखि अनेरास्ववियुको २४ औँ महाधिवेशन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदै छ । जेठ २८ गतेसम्म चल्ने राष्ट्रिय महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्दै छन् । आज बिहान ११ बजे त्रिवि स्मृति भवनमा महाधिवेशनको उद्घाटन गर्ने कार्यसूची रहेको अनेरास्ववियुका अध्यक्ष समिकुमार बडालले जानकारी दिए। बन्द सत्र पनि सोही हलमा हुनेछ। उनकाअनुसार महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। महाधिवेशनमा करिब १५ सय प्रतिनिधि सहभागी हुनेछन्। महाधिवेशनले अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव चार सचिवसहित १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। ३२ वर्षे उमेरहद लागेकाले वर्तमान १७ सदस्यीय पदाधिकारीमध्ये अधिकांश बिदा हुनेछन्। पाँच जना सचिवहरू प्रकाश पौडेल, दीपक धामी, डा. सुजन कडरिया, अञ्जना शिवाकोटी र आरती भण्डारी मात्रै ३२ वर्षमुनिका छन्। अध्यक्षका...
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ   सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने छ ।  प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । भिजिट भिसा’ प्रकरणमा बदमासी भएको भन्दै विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै लगातार बैठक अवरुद्ध गर्दै आएक...
अर्थदृष्टि अल्पविकासको अर्थ–राजनीतिको बुटवलमा विमर्श

अर्थदृष्टि अल्पविकासको अर्थ–राजनीतिको बुटवलमा विमर्श

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, लेख रचना, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल, जेठ २४ अर्थशास्त्री विश्लेषक एवम् लेखक मनिकर कार्कीको नयाँ पुस्तक ‘अर्थदृष्टि  अल्पविकासको अर्थ–राजनीति’ को बुटवलमा विमर्श भएको छ ।नेपालको आर्थिक विकासको स्वरुप, समाज र अर्थतन्त्रको चरित्र एवम् त्यसका जटिलता र चुनौतीहरूलाई गहन रूपमा विश्लेषण गरिएको सो पुस्तकको शनिवार बुटवलमा विमर्श गरिएको हो ।विमर्श कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अर्थराजनीति समाज रुपान्तरणका लागि आवश्यक रहेको बताए । साथै उनले उक्त पुस्तकले नेपालको अर्थराजनीतिको सम्रग विषय समेटेको बताउँदै राजनीतिज्ञदेखि विद्यार्थी वर्गसम्मका लागि उपयोगि रहेको बताए ।लुम्बिनी बौद्ध विश्वविद्यालयका परीक्षा नियन्त्रक इन्द्र काफ्लेले पुस्तक इतिहासलाई गहिरोसम्म अध्ययन गरी तथ्यमा आधारित रहेर लेखिएको बताए । यस्तै युवाहरुलाई  सन्देश समेत दिएको र नीतिनिर्माता तथा राजनीतिज्ञहरुले उक्त पुस्तकको अध्ययन गर्...
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ: शिक्षामन्त्री पन्त

असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ: शिक्षामन्त्री पन्त

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’ आगामी असार १५ गतेसम्ममा सङ्घीय संसद, प्रतिनिधिसभाबाट पास हुने दाबी गरेका छन् । प्रारम्भिक बालविकासका लागि सङ्घीय सांसदहरुको सहकार्य र  समन्वय समूहले यहाँ आज आयोजना गरेको ‘प्रारम्भिक बालविकाससम्बन्धी परामर्श कार्यक्रम’मा उनले विधेयक पारित गर्न तीव्रताका साथ काम गरिरहेको उल्लेख गरे । शिक्षामन्त्री पन्तले भने, “शिक्षा विधेयकमा सबैका जायज माग सम्बोधन हुन्छन्, सोहीअनुसार काम भइरहेको छ, आगामी असार १५ गतेसम्म प्रतिनिधिसभाबाट विधेयक पारित हुन्छ ।” उनले विधेयकमा शिक्षकका माग सम्बोधन गर्न दरबन्दी मिलान र विद्यालय गाभ्ने विषयमा मन्त्रालयले काम गरिरहेको पनि जानकारी दिए ।  सरकार र शिक्षकबीचमा विगतमा भएका सहमतिलाई पनि सम्भव भएसम्म विधेयकमा समावेश गर...
रूस र युक्रेनलाई केही समय लड्न दिनु उचित हुन्छ -डोनाल्ड ट्रम्प

रूस र युक्रेनलाई केही समय लड्न दिनु उचित हुन्छ -डोनाल्ड ट्रम्प

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनलाई केही समय लड्न दिनु उचित हुने बताएका छन्। जर्मनीका चान्स्लर फ्रेडरिक मर्जसँग रूस-युक्रेन युद्धको विषयमा कुराकानी क्रममा ट्रम्पले दुवै देशलाई केही समय लड्न दिन उचित हुने बताएका हुन्। मर्जले युद्ध रोक्नका लागि रूसी राष्ट्रपति पुटिनमाथि दबाब बढाउन ट्रम्पलाई आग्रह गरेका थिए। तर ट्रम्पले अहिलेलाई छाडिदिनुपर्ने बताएका हुन्। 'मैले नकारात्मक रूपमा भनेको होइन। तर यी दुई देशलाई केही समय लड्न दिनु उपयुक्त हुन्छ,' ओभल अफिसमा मर्जसहितको छलफलमा ट्रम्पले भने। उनले दुई देशबीचको युद्धलाई केटाकेटीको झगडासँग पनि तुलना गरे। 'केटाकेटी झगडा गर्दा कहिलेकाँही उनीहरूलाई केही समय लड्न दिनुपर्छ। दुवैले कष्ट भोगेपछि मात्रै उनीहरूलाई छुट्याउन सकिन्छ, नत्र सकिँदैन,' ट्रम्पले भने। हक्की र अन्य खेलमा पनि रेफ्रीले खेलाडीलाई केही समय लड्न दिएर मात्र छु...
गुल्मी र गुल्मेलीको पहिचान

गुल्मी र गुल्मेलीको पहिचान

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, फिचर, लेख रचना, शिक्षा, समाचार, सम्पादकिय
श्रीराम ज्ञवाली, गुल्मी नेपालको मध्यपश्चिम भागमा पर्ने लुम्बिनी प्रदेशका १२ जिल्ला मध्येको हरेक हिसाबले अग्रभागमा आउने पहाडी जिल्ला हो गुल्मी। तत्कालीन ७९ गाविसलाई संघीयता पश्चात परिमार्जन गरी १२ स्थानीय तहमा व्यवस्थित गरिएको छ। जिल्लामा दुई रेसुङ्गा र मुसिकोट नगरपालिका रहेका छन् भने अन्य १० गाउँपालिकाहरूमा रुरुक्षेत्र गाउँपालिका ,छत्रकोट गाउँपालिका, गुल्मीदरबार गाउँपालिका ,कालीगण्डकी गाउँपालिका ,चन्द्रकोट गाउँपालिका ,सत्यवती गाउँपालिका ,मालिका गाउँपालिका ,धुर्कोट गाउँपालिका ,मदाने गाउँपालिका र इस्मा गाउँपालिका रहेका छन्। जिल्ला सदरमुकाम रेसुङ्गा नगरपालिकाको तम्घासमा अवस्थित छ। प्रत्येक पालिकाका आआफ्नै विशेषता र पालिकावासीको आफ्नै पहिचानबाट सिंगो गुल्मी जिल्लाको गरिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रख्यात छ। जिल्ला र जिल्लावासीका धेरै पहिचान छन्। सबै पहिचानहरू १ हजार शब्द...
मौसम पूर्वानुमान : आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान : आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ आज शनिबार पनि देशभर विभिन्न स्थानमा मौसम बदली वर्षा र हिमपात हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार, आज दिउँसो: कोसी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोसी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। आज राति: कोसी प्रदेशलगायत देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी ठाउँमा भूभागमा मुख्यतया सफा रहनेछ। कोसी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी...
अमेरिकमा एकै परिवारका ४ नेपाली गोली लागेको अवस्थामा मृत फेला

अमेरिकमा एकै परिवारका ४ नेपाली गोली लागेको अवस्थामा मृत फेला

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौं अमेरिकाको भर्जिनियामा एकै परिवारका चार नेपाली मृत भेटिएका छन्। मनाससपार्क प्रहरीका अनुसार घरको तल्लो तलामा भाडामा बस्ने नेपाली परिवारका चारजना मृत अवस्थामा फेला परेका हुन्। स्थानीय समयअनुसार बिहीबार राति १०स्४० बजे घरधनीले प्रहरीलाई आफ्नो घरमा भाडामा बसेका व्यक्तिहरूको अवस्था बुझ्न अनुरोध गरेका थिए। त्यसपछि घटनास्थल पुग्दा तलको अपार्टमेन्टमा चार जनालाई मृत अवस्थामा फेला पारिएको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ। मृतकमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीय बालिका छन्। प्रारम्भिक अनुसन्धानमा सबैको मृत्यु गोली लागेर भएको देखिएको छ। घटनास्थलमा हतियार पनि फेला परेको प्रहरीले जनाएको छ। अनुसन्धान जारी छ। विस्तृत जानकारी आइसकेको छैन। ...