नागढुंगा-नौबिसे सडक आजदेखि थप पाँच दिन बन्द हुने


त्रिभुवन राजपथको नागढुंगा–नौबिसे सडक स्तरोन्नतिको काम भइरहेको छ।

बर्खाअघि नै सडक स्तरोन्नति सक्न दिउँसोको समयमा पनि यातायात बन्द गरेर काम भइरहेको छ।

यसअघि जेठ ६ गतेदेखि २५ गते सम्मका लागि दिउँसोको समयमा यातायात बन्द गरिएको थियो। त्यो भन्दा अगाडि रातिको समयमा मात्रै यातायात बन्द गरेर स्तरोन्नतिको काम हुँदै आएको थियो। 

तर स्तरोन्नितको काम अझै बाँकी भएकाले थप पाँच दिन सडक बन्द गरिने विभागले जनाएको छ।

आइतबार विभागले सूचना जारी गरेर शुक्रबारसम्म सडक बन्द हुने जनाएको छ। 

दिउँसोको समयमा उक्त सडक खण्ड बन्द हुने भएकाले साना सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ। 

सीतापाईला-रामकोट -धार्के सडक र सामाखुसी-टोखा-छहरे-त्रिशुली (विदुर)-गल्छी सडक वैकल्पिक रूट प्रयोग गर्न भनिएको छ। 

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...