दाङ विद्युतीय व्यवसायी सङ्घमा नयाँ नेतृत्व
दाङदाङ विद्युतीय व्यवसायी संघको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशनले विष्णु ढकालको अध्यक्षतामा सर्वसहमत नयाँ कार्यसमिति चयन गरेको छ।शनिबार दाङमा सम्पन्न कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथि नेपाल विद्युत व्यवसायी महासङ्घका तृतीय उपाध्यक्ष प्रकाश चन्द्र पाण्डेयले देशभर का विद्युतीय सामग्री उत्पादन गर्ने आयात गर्ने निर्यात गर्ने सबैको छाता सङ्घ नेपाल विद्युतीय व्यवसायी महासङ्घ हो। संस्थाले व्यवसायीहरूका आफ्नो सक्षमताका लागि र व्यवसाय प्रवर्द्धनको लागि नेतृत्व विकास , ट्याक्स सम्बन्धी ट्रेडिङ, साथै व्यवसायीहरूका सामूहिक समस्याका समाधानका लागि सदैव तत्पर रहेको वताएका थिए।जिल्ला नगर सङ्घसंग महासंघले टाढा भएर होइन नजिक भएर सदैव जिल्ला संघहरूको अभिभावकत्व निर्वाह गरेर अगाडि बढ्ने धारणा राखेका थिए।उनले उज्यालोको व्यवसाय व्यवसाय मात्र नभई समृद्ध नेपाल निर्माणको निम्ति पनि ठूलो योगद...








