रिहा भएकै दिन पत्रकार किशोर श्रेष्ठविरुद्ध उपसभामुख रुविकुमारी ठाकुरको जाहेरी



काठमाडौँ
सर्वोच्च अदालतको आदेशपछि रिहा भएकै दिन पत्रकार तथा जनआस्थाका सम्पादक किशोर श्रेष्ठविरुद्ध अर्को जाहेरी दर्ता भएको छ। उपसभामुख रुविकुमारी ठाकुरले श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी हुन्।
उपसभामुख ठाकुरले जनआस्थाको फेसबुक पेज तथा अनलाइन माध्यमबाट आफ्नो व्यक्तिगत तस्बिर प्रयोग गरी चरित्र, प्रतिष्ठा, सामाजिक मर्यादा र संवैधानिक पदको गरिमामा आँच पुर्‍याउने उद्देश्यले भ्रामक, असत्य र निन्दनीय सामग्री प्रकाशन तथा प्रसारण गरिएको आरोप लगाएकी छन्।

जाहेरीमा प्रकाशित सामग्रीका कारण आफ्नो व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा गम्भीर असर परेको उल्लेख गरिएको छ। समाचारमा आफूसँग जोडेर उल्लेख गरिएका पुरुष आफूले रक्षाबन्धन बाँधेका दाजु रहेको ठाकुरको दाबी छ।

उक्त व्यक्तिसँग अनैतिक सम्बन्ध रहेको आशयको समाचार प्रकाशन गरेर आफ्नो चरित्र हत्या तथा बेइज्जती गर्ने प्रयास गरिएको उनले जाहेरीमा उल्लेख गरेकी छन्। ठाकुरले जाहेरीसँगै जनआस्थामा प्रकाशित समाचार तथा तस्बिरका प्रतिलिपिसमेत प्रहरीसमक्ष पेस गरेकी छन्।

यसअघि पनि अर्को समाचारको विषयलाई लिएर श्रेष्ठ पक्राउ परेका थिए। एक युवतीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई जोडेर प्रकाशित समाचारका कारण उनी वैयक्तिक गोपनीयता हननको आरोपमा पक्राउ परेका थिए।

सोमबार सर्वोच्च अदालतले श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो। अदालतको आदेशपछि उनको कार्यालय तथा घरबाट बरामद गरिएका सामग्रीसमेत फिर्ता गरिएको छ।

काठमाडौँ प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले श्रेष्ठ रिहा भइसकेको जानकारी दिएका छन्।

छुटाउनुभयो कि ?

जेनजी आन्दोलनका १७ सयको मुद्दा फिर्ता चाहन्थ्यो सरकार, समितिले सिफारिस गर्‍यो ३ सय मात्र

जेनजी आन्दोलनका १७ सयको मुद्दा फिर्ता चाहन्थ्यो सरकार, समितिले सिफारिस गर्‍यो ३ सय मात्र

काठमाडौँजेनजी प्रदर्शनमा सहभागीमाथि लगाइएका फौजदारी मुद्दा फिर्ता लिन सकिने–नसकिनेबारे अध्ययन गर्न गठित समितिले २४ भदौको विध्...
अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौंअर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय द्विपक...
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरि...
मन्त्रिपरिषद्का पाँच निर्णय

मन्त्रिपरिषद्का पाँच निर्णय

काठमाडौँसरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब रु १...