Breaking news 3

बुटवलको बुद्धनगरमा युवतीमाथि गोली प्रहार

बुटवलको बुद्धनगरमा युवतीमाथि गोली प्रहार

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल बुटवलमा एक युवतीमाथि गाेली प्रहार भएकाे छ। ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल-११ बुद्ध नगरमा बस्ने टिका बिष्ट क्षेत्रीमाथि गाेली प्रहार भएकाे हाे । उनकाे कम्मर माथि गाेली लागेको छ। रैनादेवि छहरा घर भई हाल बुटवल ११ बुद्ध नगरबस्ने  बिष्टमाथि गाेली प्रहार भएकाे र उनकाे लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले बताए । ...
बुटवलमा एमालेको जागरण सभा: ५० हजार जनता उतार्ने दावी

बुटवलमा एमालेको जागरण सभा: ५० हजार जनता उतार्ने दावी

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
रुपन्देही नेकपा (एमाले)ले चैत २९ गते शुक्रबार बुटवलमा आयोजना गर्न लागेको जागरण सभामा ५० हजार जनता उतार्ने दावी गरेको छ । एमाले अध्यक्ष केपी ओलीसहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम बुटवल मण्डपभित्र गरिने भएको छ ।एमाले पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेका अनुसार पार्टीको सम्पूर्ण शक्ति परिचालन गरी जागरण सभामा केन्द्रित गरिएको जानकारी दिए । “जनता अझै पनि एमालेको पक्षमा छन्, एमाले नेतृत्वको सरकारले गरेका कामलाई बुझेका छन्, २९ गतेको जनसभाले पनि यसको सन्देश दिने छ”–उनले भने ।उनले एमालेको जनसभाले सुशासन, विकास र समृद्धिको पक्षमा सन्देश दिन खोजेको बताए । उनले भने, “लोकतन्त्र, विधिको शासन र कानुनी राजको पक्षमा नेकपा ९एमाले० दृढतापूर्वक उभिन्छ । कुनै पनि किसिमको अराजकता र अस्थिरतालाई अस्वीकार गर्छ भन्ने हाम्रो सन्देश हो ।”मुलुकमा राजनीतिक अस्थिरता र प्रतिगामी तत्वहरु सल्वालाएकाले जनताल...
शंकरनगर सामुदायिक वनको विशेष साधारण सभा : मेडिकल कलेजलाई ५० विगाहा जग्गा उपलब्ध गराउने प्रस्ताव पारित

शंकरनगर सामुदायिक वनको विशेष साधारण सभा : मेडिकल कलेजलाई ५० विगाहा जग्गा उपलब्ध गराउने प्रस्ताव पारित

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
तिलोत्तमा रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित शंकरनगर सामुदायिक  वन उपभोक्ता समूहको विशेष साधारण सभाले सामुदायिक वन क्षेत्रमा निर्माण हुने बुटवल मेडिकल कलेजका लागि ५० विगाहा जग्गा उपलब्ध गराउने प्रस्ताव पारित गरेको छ । समुदायले संरक्षण गरेको जंगल भएको र बुटवल मेडिकल कलेजलाई उक्त जग्गा भोगाधिकारका लागि सामुदायिक वनको शिफारिस आवश्यक पर्ने भएकाले सामुदायिक वनले विशेष साधारणसभाको आयोजना गरी मेडिकल कलेजलाई ५० विगाहा जग्गा उपलब्ध गराउने प्रस्ताव सर्वसम्मत पारित गरेको हो । विशेष साधारणसभामा बोल्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले शंकरनगर सामुदायिक वन क्षेत्रमा निर्माण हुने मेडिकल कलेज यस क्षेत्रको गौरवको आयोजना भएकाले कलेज स्थापनाका लागि सामुदायिक वन समूहले जग्गा उपलब्ध गराउने प्रस्ताव पारित गरेर सह्रानिय कार्य गरेको वताउनु भयो । उहांले मेडिकल कलेज स्थानीयको ला...
रूपन्देही विद्युतीय व्यवसायी संघद्वारा भित्तेपात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान

रूपन्देही विद्युतीय व्यवसायी संघद्वारा भित्तेपात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज, स्थानीय
रूपन्देही रूपन्देही विद्युतीय व्यवसायी संघले नयाँ वर्ष २०८२ को टेबल तथा भित्तेपात्रो विमोचन तथा नववर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। संघले सोमबार तिलोत्तमा ७ भलबारी संघको सचिवालयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो। पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा संघका अध्यक्ष शान्तराज खरालले सबैतिर उज्यालो प्रवाह गर्ने विद्युत र विद्युतीय सामग्रीको व्यवसाय गर्नेहरूको पनि भविष्य उज्यालो भएको भन्दै विगतका केही वर्षहरूबाट ओरालो लागेको व्यवसाय स्वस्थ प्रतिस्पर्धाबाट निराश नभई अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरे। विद्युतीय व्यवसायी महासंघ लुम्बिनी प्रदेशका सचिव दीपक पौडेलले व्यवसायमा उपयुक्त मुनाफा राखी स्वस्थ प्रतिस्पर्धामा व्यवसाय गर्नु व्यावसायको धर्म रहेको र विकृतिमा सचेत र संयम हुन आवश्यक रहेको बताए। उनले प्रदेशलाई आर्थिक ,भौगोलिक हिसाब...
लागुपदार्थ नियन्त्रणमा सबैको सहकार्य आवश्यक

लागुपदार्थ नियन्त्रणमा सबैको सहकार्य आवश्यक

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
बुटवल मानिसमा लत सिर्जना गरी दुव्र्यसनी तुल्याउने लागुपदार्थ दुव्र्यसनी नियन्त्रणमा ल्याउनका लागि समाजका सबै संयन्त्रहरु सक्रिय हुनुपर्ने एकजना लागूऔषधविरुद्धको अभियान सञ्चालन गरिरहेका अभियन्ताले बताएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले नार्कोनन् नेपालको सहयोगमा आइतबार बुटवलमा आयोजना गरेको ड्रग्स नियन्त्रण र पत्रकारको भूमिका विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै लागूऔषधको नियन्त्रणका क्षेत्रमा काम गरिरहेको संस्था नार्कोनन् नेपालका कार्यकारी निर्देशक तथा नेपाल प्रहरीका पूर्व एसएसपी वसन्त कुँवरले प्रहरीले मात्रै लागूऔषध नियन्त्रण गर्न नसक्ने बताउनुभयो ।  उहाँले समाजका सबै संयन्त्रहरु मिलेर मात्रै लागूऔषधको दुव्र्यसन नियन्त्रण गर्न सकिने भएकाले पत्रकारिता क्षेत्रबाट पनि सक्रियताको खाचो औल्याउनुभयो । उहाँले लागूऔषधको प्रयोगले मानिसको जीवनलाई समाप्त पार्ने भएका सचेतना फैलाउनका ल...
नेपाल बारको अध्यक्षमा वरिष्ठ अधिवक्ताद्वय मिश्र र श्रेष्ठबीच प्रतिस्पर्धा

नेपाल बारको अध्यक्षमा वरिष्ठ अधिवक्ताद्वय मिश्र र श्रेष्ठबीच प्रतिस्पर्धा

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं नेपाल बार एशोसिएशनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ । बारको आज बिहान ८ बजेदेखि सुरु हुने कार्यसमिति निर्वाचनमा वरिष्ठ अविधक्ताद्वय प्राडा मिश्र र श्रेष्ठ फरक–फरक प्यालन नै बनाएर चुनावमा प्रतिस्पर्धा गर्दै छन् । न्यायालयको सुधारका लागि दुवैले आ–आफ्नो प्रतिबद्धतासमेत सार्वजनिक गरिसकेका छन् । अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा मिश्रको समूहले आफ्नो उम्मेदवारी नेपाल बारको संस्थागत, संरचनागत र नीतिगत सुधार गर्नका लागि आवश्यक कदम चाल्न, सशक्त, प्रभावकारी एवं कार्यमुखी बार निर्माण गर्न भनेको छ । ‘न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउ...
जाजरकोट पैंक क्षेत्र आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का

जाजरकोट पैंक क्षेत्र आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
जाजरकोट केन्द्रबिन्दु भएर आज (शुक्रबार) साँझ ८ बजेर ७ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो । यसको तीव्रता ५.२ म्याग्निच्युड रहेको छ । भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस भएको थियो । यसअघि बिहीबार अपराह्न दार्चुलामा भूकम्प गएको थियो। भूकम्पको केन्द्रबिन्दु अपी हिमाल आसपास रहेको थियो । यसको तीव्रता म्याग्निच्युडमा ४ मापन गरिएको थियो । त्यस्तै चैत १३ गते हुम्ला कालिका भएर भूकम्प गएको थियो । भूकम्पको तीव्रता ४.५ म्याग्निच्युड रहेको थियो । ...
मेडिटेक हस्पिटलको सहयोगमा दुरदर्शी सहकारीले गर्‍यो सहकारी दिवसमा निःशुल्क स्वास्थ्य शिविर

मेडिटेक हस्पिटलको सहयोगमा दुरदर्शी सहकारीले गर्‍यो सहकारी दिवसमा निःशुल्क स्वास्थ्य शिविर

Breaking news 3, कृषि, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल दूरदर्शी महिला कृषि सहकारी संस्था लिमिटेड वुटवलले ६८ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा मेडिटेक हस्पिटल बुटवलको प्राविधिक सहयोगमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शनिबार बुटवलको वडा नम्बर ११ बुद्धनगर मा रहेको सहरी स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन भएको हो। उक्त स्वास्थ्य शिविरले सहकारीका सदस्य तथा स्थानीयलाई स्वास्थ्य परीक्षण गर्ने र रोग लुकाउँदा पछि बढी जोखिम हुन्छ भन्ने प्रशिक्षणका गराउनका लागि स्वास्थ्य शिविरको आयोजना गरिएको हो। करिब २ हजार महिला मात्र सदस्य रहेको दूरदर्शी महिला तथा कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष मीनाकुमारी कार्कीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा बोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले सहकारीको योजनानै सदस्य लगायत सबै नागरिकलाई आर्थिक रुपमा, सामाजिक रुपमा र स्वास्थ्यको हिसाबले अब्बल बनाउने रहेको हुनाले रा...
चैत ९ र १० गते एकिकृत समाजवादी रूपन्देहीको जिल्ला अधिवेशन, तयारी पूरा

चैत ९ र १० गते एकिकृत समाजवादी रूपन्देहीको जिल्ला अधिवेशन, तयारी पूरा

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
बुटवल नेकपा (एकिकृत समाजवादी) रूपन्देहीको  यहि चैत ९ र १० गते हुने १० औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । पार्टी जिल्ला कमिटिले विहिबार बुटवलमा पत्रकार सम्मेलन गरी अधिवेशनको तयारी पूरा भएको जनाएको हो ।  २०७८ साल भदौं ९ गते तत्कालीन नेकपा (एमाले) बाट विद्रोह गरी स्थापना भएको नेकपा एसले गत असारमा सम्पन्न दशौ राष्ट्रिय महाधिवेशनले पारित गरेको नीति कार्यक्रम र विधान अनुसार जिल्ला अधिवेशनको तयारीमा जुटेको सो पार्टीले जनाएको छ ।  पत्रकार सम्मेलनमा नेकपा एसका पोलिटब्यूरो सदस्य तथा रुपन्देही इन्चार्ज नन्दलाल बन्जाडेले महाविधेशनको कार्यदिशा, कार्यक्रम, संगठनात्मक सिद्धान्त र विधान अनुसार अधिवेशनमा होमिएको बताए । उनले रुपन्देहीमा जिल्लाको नेतृत्वमा आउन चाहनेहरु प्रतिनिधि अनिवार्य हुनुपर्ने प्रावधानलाई कार्यान्वयन गरिएको बताए । उनले जिल्ला अधिवेशनका लागी रुपन्देही जिल...
राज्यकोष र निजीबाट तलब खानेको २ प्रतिशत रकम स्वास्थ्य बीमामा जम्मा गरौँ: स्वास्थ्यमन्त्री

राज्यकोष र निजीबाट तलब खानेको २ प्रतिशत रकम स्वास्थ्य बीमामा जम्मा गरौँ: स्वास्थ्यमन्त्री

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राज्यकोष तथा निजी क्षेत्रबाट तलब खानेहरुको तलबको २ प्रतिशत रकम कट्टा गरेर स्वास्थ्य बिमा कोषमा जम्मा गर्ने प्रणालीको विकास गर्ने प्रस्ताव अघि सारेका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा स्वास्थ्य बिमासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै यस्तो प्रस्ताव गरेका हुन्। राष्ट्रपतिदेखि कार्यालय सहयोगीसम्म सबैले तलवको २ प्रतिशत रकम स्वास्थ्य बिमा कोषमा योगदान गर्ने प्रणालीको विकास गर्नु जरुरी रहेको बताए। मन्त्री पौडेलले नागरिकको आर्थिक हैसियतको आधारमा प्रगतिशील प्रिमियम लागू गर्न जरुरी रहेको समेत बताए। गरिबीको रेखामुनि रहेका नागरिकको प्रिमियम सरकारले तिरेर स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । उनले सामाजिक सुरक्षा कोषले बीमासम्बन्धी दायित्वलाई थेग्न नसकेको भन्दै यसको लागि अलग्गै...