बुटवलमा एमालेको जागरण सभा: ५० हजार जनता उतार्ने दावी


रुपन्देही
नेकपा (एमाले)ले चैत २९ गते शुक्रबार बुटवलमा आयोजना गर्न लागेको जागरण सभामा ५० हजार जनता उतार्ने दावी गरेको छ । एमाले अध्यक्ष केपी ओलीसहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम बुटवल मण्डपभित्र गरिने भएको छ ।
एमाले पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेका अनुसार पार्टीको सम्पूर्ण शक्ति परिचालन गरी जागरण सभामा केन्द्रित गरिएको जानकारी दिए । “जनता अझै पनि एमालेको पक्षमा छन्, एमाले नेतृत्वको सरकारले गरेका कामलाई बुझेका छन्, २९ गतेको जनसभाले पनि यसको सन्देश दिने छ”–उनले भने ।
उनले एमालेको जनसभाले सुशासन, विकास र समृद्धिको पक्षमा सन्देश दिन खोजेको बताए । उनले भने, “लोकतन्त्र, विधिको शासन र कानुनी राजको पक्षमा नेकपा ९एमाले० दृढतापूर्वक उभिन्छ । कुनै पनि किसिमको अराजकता र अस्थिरतालाई अस्वीकार गर्छ भन्ने हाम्रो सन्देश हो ।”
मुलुकमा राजनीतिक अस्थिरता र प्रतिगामी तत्वहरु सल्वालाएकाले जनतालाई सचेत गराउन आवश्यक रहेको उनले बताए । एमालेको मिसन ०८४ र समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यलाई कमजोर बनाउन प्रतिगामीहरुले अराजक गतिविधि बढाइएको उनको दाबी छ ।
एमाले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले जनसभा सफल पार्न प्रचार संयन्त्रलाई प्रभावकारी र व्यवस्थित ढंगले परिचालन गरिएको बताए । “एमालेले लिएको नीति, कार्यक्रम र योजना राम्रा हुँदाहुँदै पनि नागरिकमा योजनावद्ध भ्रम फैलाएर पार्टीलाई कमजोर पार्न सकिन्छ कि भनेर केही स्वार्थ समूह लागेका छन्, यसविरुद्ध पनि जनसभाले सन्देश दिने छ”–उनले भने ।
एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले नागरिकमा नकारात्मक भ्रम फैलाएर स्वार्थको रोटी सेक्ने कोशिष भैरहेको भन्दै यसलाई चिर्न र पछिल्ला दिनमा लोकतन्त्रविरोधी गतिविधि हुन थालेको भन्दै त्यसका विरुद्ध जनतालाई जागरूक बनाउने मुख्य उद्देश्यका साथ जनसभा आयोजना हुन लागेको बताए । “सरकारले थुप्रै राम्रा कामहरु गर्दा पनि केही भएन भनेर भाष्य स्थापित गर्न खोजिएको र सामाजिक सञ्जालमा दलहरुप्रति नै वितृष्णा फैलाउने गरी सुनियोजित प्रचार भैरहेको भन्दै यसलाई चिर्न पनि जनसभा आयोजना गरिएको हो”–उनले भने ।
अध्यक्ष गैरेले भने, “चैत २९ गतेको जनसभाको अन्तिम तयारी पूरा भइसकेको छ । यो मूलतः हामीले लक्षित गरेको जनसमूहलाई उपस्थित गराएर जनतालाई जागरण गर्ने कार्यक्रम हो ।”
उनले जनसभामा ५० हजार कार्यकर्तालाई सडकमा उतार्ने योजना रहेको बताए । उनले भने, “त्यसका लागि रुपन्देहीका १६ वटै पालिका कमिटी, वडा कमिटी, जनसंगठनको बैठक गरेर पार्टीले आवश्यक जनपरिचालनको योजनालाई कार्यान्वयन गर्ने योजना छ । ५० हजार मानिसलाई सडकमा उतार्ने गरी कार्ययोजना अगाडि बढाएका छौँ ।”
एमाले रुपन्देहीका सचिव चित्रबहादुर कार्कीका अनुसार बुटवल मण्डपमा आयोजना हुने जनसभाको तयारी अन्तिम चरणमा पुगेको छ । जनसभालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संबोधन गर्ने पनि उनले बताए ।
जरा अभियान मार्फत वडा, टोलसम्म कार्यक्रम सञ्चालन गरिरहेको एमालेले प्रतिगामीलाई तह लगाउदै प्राप्त उपलब्धि रक्षाका लागि सक्षम रहेको धारणा उनले राखे । जनसभाको आवश्यक तयारी तथा जनपरिचालनका लागि एमाले रुपन्देहीले जिल्ला सचिव चित्रबहादुर कार्कीको संयोजकत्वमा जनपरिचालन कमिटी बनाएको छ ।

छुटाउनुभयो कि ?

बालबालिकामा लगानी-समृद्ध समाजको थालनी

बालबालिकामा लगानी-समृद्ध समाजको थालनी

श्रीराम ज्ञवालीबालबालिका देशका भविष्य मात्र होइनन्, उनीहरू वर्तमानका साझेदार र परिवर्तनका संवाहक पनि हुन्। समाजको चेतना, सभ्य...
देशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

देशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको ...
मुग्लिन-नारायणगढ र कालीगण्डकी करिडोर सडक सञ्चालनमा

मुग्लिन-नारायणगढ र कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बुटवलविभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केरा...
गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

काठमाण्डाै – काठमाण्डाैकाे त्रिपुरेश्वमार रहेकाे राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीका प...