Breaking news 3

उद्योगी व्यवसायीद्वारा बुटवलको भविष्य बारे पूर्व अर्थमन्त्री रुपन्देही २ का उम्मेदवार पौडेलसमक्ष चिन्ता व्यक्त

उद्योगी व्यवसायीद्वारा बुटवलको भविष्य बारे पूर्व अर्थमन्त्री रुपन्देही २ का उम्मेदवार पौडेलसमक्ष चिन्ता व्यक्त

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलका उद्योगी तथा व्यवसायीहरुले यहाँको भविष्य बारे पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष चिन्ता व्यक्त गरेका छन् । पूरानो बुटवल बजारलाई गुल्जार बनाउँदै पुन: जीवन दिने र अमरपथ, हाटबजार लाइन लगायत अहिलेको बजार क्षेत्रलाई व्यवस्थित बनाउने गरि आगामी दिनमा योजना निर्माण गरि अघि बढ्न व्यवसायीहरुले सुझाब प्रस्तुत गरेका छन् ।यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको तर्फबाट रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार समेत रहेका पौडेल समक्ष व्यवसायीहरुले यहाँको आधुनिक बिकास तथा निजी क्षेत्रलाई लगानीको वातावरण बनाउने गरि नीति निर्माणमा लाग्न आग्रह गरेका हुन् । पटक-पटक यस क्षेत्रबाट निर्वाचित हुँदै आएका पौडेलले रुपन्देहीको समग्र बिकास निर्माणमा खेलेको भूमिकाप्रति प्रशङ्सा व्यक्त गर्दै उनीहरुले निजी क्षेत्रले सधै साथ दिने प्रतिवद्धता समेत गरेका छन् । बुटवल बजार क्षे...
नेकपा (माओवादी) रुपन्देहीले सार्वजनिक गर्यो चुनावी प्रतिवद्धतापत्र

नेकपा (माओवादी) रुपन्देहीले सार्वजनिक गर्यो चुनावी प्रतिवद्धतापत्र

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलनेकपा(माओवादी) रुपन्देहीले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी प्रतिवद्धतापत्र आज शुक्रबार सार्वजनिक गरेको छ । सो पार्टीले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी स्वाधिनता, आत्मनिर्भरता र समानताका लागि माओवादी उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा उत्रिएको जनाएको छ ।प्रतिवद्धतापत्र सार्वजनिकको अवसरमा बोल्दै नेकपा (माओवादी) पोलिटव्यूरो सदस्य तथा रुपन्देही इन्चार्ज बसन्त श्रेष्ठले अहिले गर्ने भनिएको निर्वाचनले समेत मुलुकलाई निकाश दिनेमा संकाहरु उत्पन्न भएको चिन्ता व्यक्त गरे । नयाँ भनेर उदायकाहरुलेनै चुनावी अभियानमा देखाएको तडकभडक र अनावश्यक खर्चले भ्रष्टाचारलाई थप प्रसय दिएको उनको टिप्पणी छ । आगामी निर्वाचनबाट कुनै पनि दलको स्पष्ट बहुमत आउने संकेत नदेखिएकाले सत्ताका लागि स्वार्थपूर्ण साँठगाठ तथा सत्ता बनाउने र गिराउने खेल जारी रहने उनले बताए ।नेकपा (माओवा...
बदलिएको काँग्रेस चुनावबाट पहिलो दल बन्छ : उपसभापति विश्वप्रकाश शर्मा

बदलिएको काँग्रेस चुनावबाट पहिलो दल बन्छ : उपसभापति विश्वप्रकाश शर्मा

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज, स्थानीय
बुटवलनेपाली काँग्रेसका उपसभापति विश्व प्रकाश शर्माले बदलिएर आएको काँग्रेस पार्टी आगामी निर्वाचनबाट बहुमतका साथ देशकै पहिलो र ठूलो दल बन्ने दाबी गरेका छन् ।फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबाट सबैभन्दा ठूलो र पहिलो दलको रुपमा आउने उनको भनाइ छ । उनले देशका विभिन्न स्थानमा पुग्दा र प्राप्त गरिएको विभिन्न ठाउँको सूचनाबमोजिम काँग्रेस पहिलो पार्टी बन्ने बताए । काँग्रेस रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पार्टी सदस्य भेटघाट कार्यक्रममा उपसभापति शर्माले काँग्रेस फेरी ठूलो दलको रुपमा देशको नेतृत्व गर्ने गरी बहुमतको दिशातर्फ अग्रसर भइरहेको बताए । ‘काँग्रेसले धेरै निर्वाचनहरु जितेको छ । जित्ने कुरा हाम्रा लागि नौलो कुरा होइन, कयौं निर्वाचन हामी हारेका छौं । हार्ने कुरा पनि काँग्रेसको जिन्दगीमा नौलो कुरा होइन । तर, यो निर्वाचन कुन दल ...
नेपाली कांग्रेसले फागुन २ गतेसम्म प्रतिज्ञापत्र सार्वजनिक गर्ने

नेपाली कांग्रेसले फागुन २ गतेसम्म प्रतिज्ञापत्र सार्वजनिक गर्ने

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो प्रतिज्ञापत्र फागुन २ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले बुधबार पत्रकारहरूसँग कुरा गर्दै ढिलोमा फागुन २ गतेसम्म प्रतिज्ञापत्र सार्वजनिक गरिने जानकारी दिए ।उनका अनुसार प्रतिज्ञापत्र सार्वजनिक गर्ने प्राथमिक तयारी फागुन १ गतेकै लागि गरिएको छ । “हाम्रो तयारी फागुन १ गतेका लागि छ, ढिलोमा २ गते सार्वजनिक गर्छौँ,” उनले भने । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूलाई फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न मंगलबार निर्देशन दिएको थियो । सोही समयसीमालाई ध्यानमा राख्दै कांग्रेसले आफ्नो प्रतिज्ञापत्र अन्तिम चरणमा पुर्‍याएको जनाएको छ । कांग्रेसले यसपटक परम्परागत घोषणापत्रलाई ‘प्रतिज्ञापत्र’का रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ । पार्टीले उक्...
भोट कसलाई दिउँ? प्यारो छोरा

भोट कसलाई दिउँ? प्यारो छोरा

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
टिकाराम न्यौपानेभोट कसलाई दिउँ? प्यारो छोरा,सधैंको माया र आशीर्वाद।तिम्रो सन्देश पढेँ। केही नलेखी बस्न सकिनँ। देशमा चुनाव आउँदैछ, भोट हाल्न नबिर्सिनू भनेर तिमीले सम्झायौ—त्यसैले मन छोयो। टाढा बसेर पनि देशप्रतिको चिन्ता हराएको छैन भन्ने बुझ्दा गर्व लाग्यो।छोरा, म आफूलाई राजनीतिमा जान्ने मान्छे ठान्दिनँ। पार्टीका नारा, ठूला भाषण र रंगीन पोस्टरहरू मेरा लागि सबै उस्तै लाग्छन्। तर मान्छेको बानी, व्यवहार र कामचाहिँ म चिन्न सक्छु भन्ने लाग्छ।यहाँ उम्मेदवारहरू गाउँ–टोल डुलिरहेका छन्।कोही बिरामीलाई गाडी खोजिदिन्छ,कोही समस्यामा परेकालाई कान थापेर सुन्छ,कोही मीठो बोल्दै सबैसँग सल्लाह गर्छ।यस्ता मान्छे देख्दा लाग्छ—भोट चिन्हमा होइन, मान्छेलाई दिनुपर्छ।तिमी देश छोडेको धेरै भयो।तिमी पढ्न जाँदा खोलामा डुंगा चढेर पार भएको सम्झना अझै ताजा छ। आज त्यही ठाउँमा पक्की पुल उभिएको छ।हाम्रो पालाको झुपडी स्कुल...
बुटवल उपमहानगरको ६७औँ स्थापना दिवस: सप्ताहव्यापी बृहत् सरसफाइ अभियान सुरु

बुटवल उपमहानगरको ६७औँ स्थापना दिवस: सप्ताहव्यापी बृहत् सरसफाइ अभियान सुरु

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवसको अवसरमा बृहत् सरसफाइ अभियान सुरु गरेको छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत नगर प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्याल झाडु बोकेर सरसफाइमा सहभागी भएका छन् ।अभियानको दोस्रो दिन सोमबार योगीकुटीदेखि कालिका विद्यालय क्षेत्रसम्म सडक सरसफाइ गरिएको हो । बिहानैदेखि सुरु गरिएको कार्यक्रममा विद्यार्थी, टोल विकास संस्थाका प्रतिनिधि, कर्मचारी तथा जनप्रतिनिधिको उल्लेख्य सहभागिता रहेको थियो ।सरसफाइ अभियानलाई औपचारिकतामा सीमित नगरी निरन्तरता दिनुपर्नेमा जोड दिँदै नगर प्रमुख पाण्डेयले सफा शहर निर्माण सबैको साझा जिम्मेवारी भएको बताए । उपप्रमुख अर्यालले बुटवललाई स्वच्छ, हरियाली र व्यवस्थित शहरका रूपमा विकास गर्ने उपमहानगरपालिकाको लक्ष्य रहेको उल्लेख गरिन् । नियमित सरसफाइ अभियानमार्फत स्वस्थ र आकर्षक शहर निर्माणमा सबैको सहकार्य आवश्यक रहे...
अण्डाको मूल्यमा भारी गिरावट, प्रतिक्रेट ३ सय ७५ रुपैयाँ

अण्डाको मूल्यमा भारी गिरावट, प्रतिक्रेट ३ सय ७५ रुपैयाँ

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
चितवनअण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल लेयर्स कुखुरा पालक सङ्घले सोमबारदेखि लागू हुने गरी तोकेको नयाँ समर्थन मूल्यअनुसार अब ठूलो अण्डा प्रतिक्रेट रु. ३७५ र मध्यम अण्डा रु. ३३५ कायम भएको छ । यसअघि गत मङ्सिरमा अण्डाको मूल्य अहिलेसम्मकै उच्च प्रतिक्रेट रु. ५६५ पुगेको थियो । सङ्घका अनुसार नेपालमा उत्पादन बढेको र भारतबाट समेत सस्तो सेतो अण्डा भित्रिएका कारण मूल्यमा गिरावट आएको हो ।हाल अण्डाको लागत मूल्य प्रतिक्रेट करिब ५७४ रुपैयाँ पर्ने भए पनि लागतभन्दा धेरै कम मूल्यमा अण्डा बिक्री गर्नुपर्ने बाध्यता आएपछि किसानहरू निराश बनेको संघले जनाएको छ । संघले भारतीय अण्डाको आयात रोक्न सरकारसँग माग गरेको छ । ...
बुटवलमा पहिलो पटक म:म महोत्सव हुने, सिद्धार्थ कटेजको महोत्सवमा भेजदेखि ननभेजका २ सय प्रकारका म:म पाइने

बुटवलमा पहिलो पटक म:म महोत्सव हुने, सिद्धार्थ कटेजको महोत्सवमा भेजदेखि ननभेजका २ सय प्रकारका म:म पाइने

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलस्थित सिद्धार्थ कटेजले पहिलो पटक म:म महोत्सव आयोजना गर्दैछ।भ्यालेन्टाइन डेको अवसर पारेर माघ २९ गतेदेखि फागुन २ गतेसम्म म:म महोत्सव हुने भएको हो। महोत्सवमा विभिन्न २ सयभन्दा बढी प्रकारका म:म को स्वाद चाख्न पाउने सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय प्रबन्धक महेन्द्र न्यौपानेले जानकारी दिए। सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीले यसअघि नेपालगन्ज र धनगढीमा म:म महोत्सव आयोजना गरेको भए पनि बुटवलमा भने पहिलो पटक आयोजना गरिएको न्यौपानेले बताए। महोत्सवमा नन भेजमा चिकेन, मटन, फिस, अण्डा, अस्ट्रिज र हाँस सँगै भेजमा पालक, गाजर, भुटुक, सिस्नो, खोले साग, तरुल, इस्कुस, अकबरे खुर्सानी, सिपचना, चकलेट, नट्स, कर्न चिज, चुकन्दर, पनिर, फलफूल, पिजा, सखरखण्ड लगायतका म:म हरू फ्राई, साँधेको, तारेको, स्टिम, डामेको, पोलेको र कुकरमा पकाएको म:मको स्वाद लिन पाइने छ।त्यसको साथै बटुक, सेल रोटी, चु...
इलाम केन्द्रविन्दु भएर गयो भूकम्प

इलाम केन्द्रविन्दु भएर गयो भूकम्प

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँइलामको नयाँ बजार आसपास केन्द्र विन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार साँझ ६ बजे ५० मिनेट जादा ५ रेक्टर स्केलको भूकम्प गएको हो ।
विद्युतिय व्यवसायी संघले गर्यो व्यवसायीविचको भातृत्व वढाउन वनभोज

विद्युतिय व्यवसायी संघले गर्यो व्यवसायीविचको भातृत्व वढाउन वनभोज

Breaking news 3, खेलकुद, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, राेचक जानकरी, विविध, शिक्षा, समाचार, स्थानीय
रुपन्देहीरुपन्देही विद्युतिय व्यवसायी संघले व्यवसायीहरु विचको भातृत्व संगै मनोरञ्जनको उद्देश्य राखेर ११औं वनभोज कार्यक्रम सम्पन्न गरेको छ।शनिबार रुपन्देहीको तिलोत्तमा पार्कमा सम्पन्न कार्यक्रममा वोल्दै नेपाल विद्युतिय व्यवसायी महासंघका तृतिय उपाध्यक्ष तथा पुर्व जिल्ला अध्यक्ष प्रकाश चन्द्र पाण्डेयले व्यवसायीहरु आ-आफ्नो व्यस्तताले गर्दा आपसमा जमघटहुने भलाकुसारी गर्ने , सुखदुःख साटासाट गर्ने समय नहुने हुनाले जमघट संगै मनोरञ्जनको उद्देश्यले आयोजना गरिएको वनभोज अत्यन्त उपयोगी रहेको धारणा राखेका थिए।उनले उज्यालोको व्यवसाय गर्ने विद्युतिय व्यवसायीको जिवन पनी उज्यालो रहेको भन्दै नेपालमा विद्युत उत्पादनको प्रसस्त आधार रहेकोले व्यवसायको महत्व वढ्दै जाने धारणा राखेका थिए।उनले महासंघको मुल्यांकनमा जिल्ला शाखाहरुमै उत्कृष्ट हुंदै आएकोमा गर्भ लागेको वताए। उनले महासंघको २०८३ जेष्ठमा इलेक्ट्रोटेक गर...