नेकपा (माओवादी) रुपन्देहीले सार्वजनिक गर्यो चुनावी प्रतिवद्धतापत्र


बुटवल
नेकपा(माओवादी) रुपन्देहीले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी प्रतिवद्धतापत्र आज शुक्रबार सार्वजनिक गरेको छ । सो पार्टीले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी स्वाधिनता, आत्मनिर्भरता र समानताका लागि माओवादी उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा उत्रिएको जनाएको छ ।
प्रतिवद्धतापत्र सार्वजनिकको अवसरमा बोल्दै नेकपा (माओवादी) पोलिटव्यूरो सदस्य तथा रुपन्देही इन्चार्ज बसन्त श्रेष्ठले अहिले गर्ने भनिएको निर्वाचनले समेत मुलुकलाई निकाश दिनेमा संकाहरु उत्पन्न भएको चिन्ता व्यक्त गरे । नयाँ भनेर उदायकाहरुलेनै चुनावी अभियानमा देखाएको तडकभडक र अनावश्यक खर्चले भ्रष्टाचारलाई थप प्रसय दिएको उनको टिप्पणी छ । आगामी निर्वाचनबाट कुनै पनि दलको स्पष्ट बहुमत आउने संकेत नदेखिएकाले सत्ताका लागि स्वार्थपूर्ण साँठगाठ तथा सत्ता बनाउने र गिराउने खेल जारी रहने उनले बताए ।
नेकपा (माओवादी)ले शुक्रबार फागुन १ गते अर्थात जनयुद्ध दिवसको विशेष दिन आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेको बताउँदै उनले जनयुक्तको जगमा गणतन्त्र स्थापना र हालसम्मका राजनीतिक उपलब्धि प्राप्त भएको नेता श्रेष्ठले उल्लेख गरे । नेपाली राजनीतिक ईतिहासमा जनयुद्धलाई समावेश नगरे उक्त ईतिहासनै अपूरो हुने उनको बुझाई । नेकपा (माओवादी)ले रुपन्देहीबाट प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारलाई विजयी गराउनका लागि ‘गुलाफको फूल’ मा मतदानका लागि आह्वान गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि माओवादीको तर्फबाट रुपन्देही क्षेत्र नम्बर एकमा मदन थारु, क्षेत्र नम्बर २ मा विरेन्द्र वि.क., क्षेत्र नम्बर ३ मा शंकर ज्ञवाली, ४ मा बिस्णु प्रसाद तिवारी मुकेश र ५ मा बिष्णु भट्टराई विश्वास उम्मेदवार रहेका छन् । चुनावी प्रतिवद्धा सार्वजनिक कार्यक्रममा बोल्दै उम्मेदवारहरुले राजनैतिक स्थिरतका लागि, संविधान संशोधन, कृषि क्षेत्रको बिकास, मिटर व्याज पीडितहरुलाई न्याय, सहकारी पीडितहरुलाई न्याय तथा सरकारी कार्यालयहरुमा हुने ढिलासुस्ती र अनियमितता रोक्नका लागि आफ्नो उम्मेदवारी रहेको बताएका थिए ।

छुटाउनुभयो कि ?

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...
रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

बुटवलयातायात व्यवस्था कार्यालय, रुपन्देहीमा लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई गैरकानुनी रूपमा सवारी ...