Breaking news 3

नेपाल शैक्षिक परामर्श संघ ‘इक्यान’को अधिवेशन सम्पन्न

नेपाल शैक्षिक परामर्श संघ ‘इक्यान’को अधिवेशन सम्पन्न

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार
बुटवलनेपाल शैक्षिक परामर्श संघ इक्यानको २०औँ अधिवेशन सम्पन्न भएको छ। लक्ष्मण पौडेलको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो।जसको उपाध्यक्षहरूमा बासुदेब दाहाल ,विकल्प राज पोखरेल ,गीता शिवाकोटी ,महासचिवमा भवनाथ हुमागाईं , सचिवहरुमा सुरज सिलवाल,आशिक कार्की ,कोषाध्यक्षमा साधना पुडासैनी,सह–कोषाध्यक्षमा गोविन्द खनाल तथा कार्यसमिति सदस्यहरूमा अनन्तराज घिमिरे,उद्धव बन,विवेक बस्नेत,दामोदर शर्मा,अशोक कुमार हाथी,दिनेश पौडेल,सन्जीव पाण्डे ,शिवप्रसाद अर्याल,कमलप्रसाद तिमल्सिना निर्वाचित भएका हुन्।नव–निर्वाचित नेतृत्वले इक्यानलाई अझ सशक्त, पारदर्शी र विश्वसनीय संस्थाको रूपमा अगाडि बढाउने विश्वास सम्वद्ध व्यवसायीको रहेको छ। ...
ललितपुरमा बोरा भित्र शव : औंठी लुट्न ८३ वर्षीय वृद्धको हत्या

ललितपुरमा बोरा भित्र शव : औंठी लुट्न ८३ वर्षीय वृद्धको हत्या

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंतीन तोलाको सुनको औठी लुट्न ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या भएको छ । इलाम घर भएका वयोवृद्ध गर्जमान थापाको हत्यामा सुनको औंठी लुट्ने नियत रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।ललितपुर महानरपालिका-१७ प्रसिद्ध टोल बस्ने गर्जमान २६ पुस दिउँसो २ बजेतिर हराएका थिए । गर्जमान हराएपछि उनका आफन्तले दिउँसोभर टोल वरपर खोजबिन गरे । तर फेला परेनन् ।गर्जमान फेला नपरेपछि साँझ ७ बजेतिर प्रहरी वृत्त सातदोबाटोमा आफन्तले उजुरी दिए । आफन्तले बेपत्ता गर्जमानको खोजी गरिदिन उजुरी दिएको दुई दिनपछि सातदोबाटो प्रहरीले उनको अवस्था पत्ता लगायो ।गहुँगोरो वर्णका अन्दाजी ४ फिट अग्ला गर्जमान बेपत्ता हुने बेलामा नर्थफेस लेखेको कालो रङको ज्याकेट र कालै रङको जिन्सको पाइन्ट, कालो रङको जुत्ता र क्रिम रङको टोपी लगाएका थिए ।आफू बस्ने ठाउँबाट करिब ८०० मिटर उत्तरपूर्वमा पर्ने वृत्त सातदोबाटोबाट वृद्धबारे दुई दिनसम्म...
नेपाल टेलिकम र ओमसतिया गाउँपालिका बिच सेवा विस्तार संगै व्यापार प्रवर्द्धन सम्झौता

नेपाल टेलिकम र ओमसतिया गाउँपालिका बिच सेवा विस्तार संगै व्यापार प्रवर्द्धन सम्झौता

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, स्थानीय
रुपन्देही नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवा रूपन्देही र ओमसतिया गाउँपालिका बिच सेवा विस्तार संगै व्यापार प्रवर्द्धन सम्वन्धि सम्झौता सम्पन्न भएको छ।सोमबार सोही गाउँपालिकामा कार्यालय रहेको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवा र ओमसतिया गाउँपालिका रुपन्देही बिच स्थानीय तहसँग सहकार्य गर्दै दूरसञ्चार सेवा विस्तारलाई थप प्रभावकारी बनाउने विषयम छलफल र सोही अवसरमा दुई पक्षहरु बिच सम्झौता भएको छ ।सम्झौतामा कम्पनी द्वारा उक्त गाउँपालिकामा तीन चरणमा एफटिटिएच इन्टरनेट सेवा विस्तार गर्ने योजना तथा प्रतिबद्धता रहेको छ भने गाउँ पालिकाले क्रमशः आफ्ना मातहतका संस्थाहरुमा कम्पनीको सेवा जडान गर्दै जाने प्रतिबद्धता जनाएको छ ।पहिलो चरणमा गाउँपालिकामा १ जिपिएस क्षमताको इन्टरनेटसेवा जडान गरिनेछ। दोस्रो चरणमा वडा कार्यालय तथा स्वास्थ्य चौकीहरूमा इन्टरनेट सेवा पुर्‍याइने योजना रहेको छ। संस...
समाजवादी युवा जगरण अभियान बुटवलमा :राष्ट्र रक्षाकालागी हरेक नागरिक राष्ट्रिय मुक्ति सेना बन्न तयार – बसन्त श्रेष्ठ

समाजवादी युवा जगरण अभियान बुटवलमा :राष्ट्र रक्षाकालागी हरेक नागरिक राष्ट्रिय मुक्ति सेना बन्न तयार – बसन्त श्रेष्ठ

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
विनोद खनाल, बुटवलनेकपा (माओवादी) का पोलिटब्युरो सदस्य तथा प्रमुख अतिथि बसन्त श्रेष्ठ ले नेपालको राष्ट्रिय स्वाधीनता गम्भीर खतरामा परेको बताउँदै त्यसको रक्षाका लागि हरेक नागरिक राष्ट्रिय मुक्ति सेना बन्न तयार हुनुपर्ने कडा चेतावनी दिएका छन्। उनले भ्रष्टाचारीहरूको सम्पत्ति छानबिन गरी कारबाही गर्दै सम्पत्ति राष्ट्रियकरण गर्नु आजको ऐतिहासिक आवश्यकता भएको स्पष्ट पारे।शनिबार बुटवलमा सम्पन्न समाजवादी युवा जागरण सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले राष्ट्रपति समक्ष बुझाइएका मागहरू राज्यसत्ताले बेवास्ता गरे सडक, संसद र सरकार तीनै मोर्चाबाट निर्णायक संघर्ष चर्काइने बताए।नेकपा (माओवादी) ले पौष ९ गते राष्ट्रपति समक्ष पेस गरेको १३ बुँदे मागपत्र माथि १० दिने अल्टिमेटम दिइएको थियो। अल्टिमेटम पूरा नहुँदा पौष २० गतेदेखि समाजवादी युवाहरूको नेतृत्वमा समाजवादी युवा जागरण अभियान सुरु गरिएको हो। पश्चिमको गड...
विप्लप नेतृत्व नेकपा माओवादीको जागरण अभियान रुपन्देहीमा,कार्की नेतृत्वको सरकार भङ्ग गरेर सर्वपक्षीय सरकार गठन सहितका मुद्दा उठान

विप्लप नेतृत्व नेकपा माओवादीको जागरण अभियान रुपन्देहीमा,कार्की नेतृत्वको सरकार भङ्ग गरेर सर्वपक्षीय सरकार गठन सहितका मुद्दा उठान

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को मेची-महाकाली समाजवादी जागरण अभियान रुपन्देही आइपुगेको छ । अभियान अन्तरगत माओजादीले शनिबार रुपन्देहीका ३ ठाउँमा जागरणसभा आयोजना गर्न लागेको अभियानका संयोजक प्रेम दर्नालले जानकारी दिए । देशका विभिन्न तीन ठाउँबाट एकसाथ सुरु गरिएको जागरण अभियान अन्तरगत पश्चिमको कञ्चनपुरबाट सुरु भएको जागरण यात्रा रशनिबार रुपन्देही आइपुगेको संयोजक दर्नालले जानकारी दिए । रुपन्देहीको सैनामैना, बुटवल र देवदहमा आज एकै दिन ३ वटा सभाको आयोजना गरिने उनले बताए । अभियान बारे जानकारी गराउन शनिबार बिहान बुटवलमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको वर्तमान सरकार भङ्ग गरेर सर्वपक्षीय सरकार गठन गर्नु पर्ने मागसहितका १३ वटा मुद्दालाई उठाउँदै आएको बताए । मुलुकमा वैदेशिक हस्तक्षपको खतरनाक खेलहरु भैरहेको बताउँदै उनल...
सहिद बेपत्ता स्मृति प्रतिष्ठानको आयोजनामा बुटवलमा बृहत् सरसफाइ अभियान

सहिद बेपत्ता स्मृति प्रतिष्ठानको आयोजनामा बुटवलमा बृहत् सरसफाइ अभियान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
विनोद खनालबुटवल‘स्वच्छ बुटवल–हरित बुटवल, ऐतिहासिक बुटवल–पर्यटकीय बुटवल’ भन्ने मूल नारासहित सञ्चालन भइरहेको बुटवल बृहत् सरसफाइ अभियान–२०८२ दोस्रो दिन शुक्रबार पनि व्यापक सहभागिताका साथ सम्पन्न भएको छ।पौष १८ गते बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले अभियानको औपचारिक उद्घाटन गरेका थिए। सहिद बेपत्ता स्मृति प्रतिष्ठान नेपाल, रुपन्देहीको आयोजनामा तथा बुटवल उपमहानगरपालिकाको सहकार्यमा सञ्चालन भइरहेको अभियान अन्तर्गत आज दोस्रो दिनको सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो।दोस्रो दिनको कार्यक्रम अक्सफोर्ड माध्यमिक विद्यालय, बुटवलका प्रधानाध्यापक दिनेश भुसालको संयोजकत्वमा सुरु गरिएको हो। कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पाण्डेले बुटवललाई स्वच्छ, हरित र सुन्दर सहर बनाउन यस्ता अभियानलाई निरन्तरता दिनुपर...
लगानीको सुरक्षा राज्यको जिम्मेवारी होः मुख्यमन्त्री आचार्य

लगानीको सुरक्षा राज्यको जिम्मेवारी होः मुख्यमन्त्री आचार्य

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले व्यवसायमैत्री वातावरण बनाउने जिम्मेवारी राज्यको भएको बताउनुभएको छ । भदौ २४ गते आन्दोलनको नाममा उद्योग, व्यवसाय तथा होटलहरूमा आगजनी गरी व्यवसायीको मनोबल गिराएको घटनाले प्रदेशको व्यावसायिक वातावरण समेत प्रभावित बनेको भन्दै उहाँले यसमा संलग्नलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभएको हो । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको ९ औं वार्षिक साधारणसभाको बिहिवार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले शान्ति सुरक्षा र लगानीको संरक्षण व्यवसायिक वातावरणको आधार भएको बताउनुभयो । ‘नियतवश होटल, क्याटरिङ व्यवसाय, उद्योग तथा पसलहरूमा आगो लगाइयो । यस्तो अपराध गर्नेलाई अविलम्ब कारबाही गर्नैपर्छ’उहाँले भन्नुभयो,‘लगानीको सुरक्षा राज्यको जिम्मेवारी हो । राज्य कमजोर हुन हुँदैन ।’उहाँका अनुसार र...
लुम्बिनी प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यको सपथ

लुम्बिनी प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यको सपथ

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यले सपथ ग्रहण गर्नुभएको छ । नव नियुक्त अध्यक्ष हरिप्रसाद बस्यालले बिहिवार प्रदेश प्रमुख कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती, मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगर, मुख्य न्यायाधिवक्ता यमलाल खनालको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारी समक्ष सपथ ग्रहण गर्नुभएको छ । यस्तै नव नियुक्त सदस्य ताराप्रसाद भुसालले नव नियुक्त लोक सेवा आयोगका अध्यक्ष हरिप्रसाद बस्याल समक्ष सपथ ग्रहण गर्नुभएको हो ।नेपालको संविधानको धारा २४४ तथा प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा ३ बमोजिम नियुक्त आयोगका अध्यक्षले दफा ७ अनुसार कार्यभार सम्हाल्नु अघि प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश समक्ष सपथ ग्रहण गर्नुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार नवनियुक्त अध्यक्ष बस्यालले सपथ ग्रहण...
१०औं देवदह महोत्सव सुरु, उद्घाटन र्यालीमा २२५ संघसंस्थाको सहभागिता

१०औं देवदह महोत्सव सुरु, उद्घाटन र्यालीमा २२५ संघसंस्थाको सहभागिता

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
देवदहदेवदहमा १० औं देवदह महोत्सव सुरु भएको छ । 'राष्ट्रिय स्वाधीनताको लागी राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागी राष्ट्रिय औद्योगिककरण तथा व्यापार विविधकरण' भन्ने मूल नारासहित उद्योग व्यापार संघ देवदहको आयोजना रहेको मेलाको एक कार्यक्रम बिच देवदह नगरपालिकाका नगरप्रमुख ध्रुवप्रसाद खरेलले बुधवार उद्घाटन गरे । , देवदह नगरपालिका, नेपाल उद्योग व्यापार महासंघ काठमाडौ र उद्योग व्यापार महासंघ लुम्बिनी प्रदेशको सह-आयोजनामा बुधबारदेखी देवदह-९ स्थित प्रस्तावित मण्डपमा मेला सुरु भएको हो। महोत्सवको उद्घाटन गर्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले देवदहलाई पर्यटनमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने उल्लेख गरे । 'देवदहको समृद्धिको आधार नै पर्यटन हो ।' नगर प्रमुख खरेलले भने, 'बुद्ध मावली स्थलको रुपमा रहेको देवदहमा रहेका ऐतिहासिक तथा पुरातात्त्विक क्ष...
मिग तथा टिग वेल्डिंग तालिमको बुटवलमा समापन

मिग तथा टिग वेल्डिंग तालिमको बुटवलमा समापन

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, स्थानीय
बुटवलरुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको सहयोग र बुटवल टेक्निकल इन्स्टिच्युटको आयोजनामा रूपन्देही आसपासका क्षेत्रमा मेकानिकल सँग सम्बन्धित उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागि मङ्सिर२१ गतेदेखि सञ्चालन भएको २४ दिने (९६ घण्टे) मिगतथा टिग वेल्डिंग तालिमको बुटवलमा समापन गरिएको छ ।रूपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले तालिम सफलतापूर्वक सम्पन्न भएकोमा सहभागीहरूलाई बधाई र शुभकामना व्यक्त गर्नुहुँदै, अहिलेको यो आधुनिक प्रविधिमा आधारित सिप आजको निर्माण क्षेत्रमा अत्यन्तै आवश्यक भएको बताउँदै, यस्तो सीपले युवाहरूलाई रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्न ठूलो सहयोग पु¥याउने कुरा उल्लेख गर्नुभयो । रुपन्देही उद्योग संघले विभिन्न तालिम प्रदायक संस्थासँग सहकार्य गरेर विभिन्न विषयमा तालिमको आयोजना गर्दै आएको र यस कार्यक्रमले के...