रुपन्देहीको तिलोत्तमा-५ मा १८–४० वर्षका युवायुवतीका लागि ड्राइभिङ तालिम सुरु


बुटवल
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ को आयोजनामा १८ देखि ४० वर्षसम्मका युवायुवती लक्षित ड्राइभिङ तालिम कार्यक्रमको उद्घाटन गरिएको छ। मणिग्रामस्थित देउराली ड्राइभिङ इन्स्टिच्युटमा बुधबार कार्यक्रम सञ्चालन गर्दै तालिम सुरु गरिएको हो।

कार्यक्रम वडा अध्यक्ष रमेश डुम्रेको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष रमेश डुम्रेले युवाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले यस्तो सीपमूलक तालिमको आवश्यकता रहेको बताउँदै तालिमबाट रोजगारी र स्वरोजगारको अवसर सिर्जना हुने विश्वास व्यक्त गरे।

वडा सदस्य हरि पन्थले स्वागत मन्तव्य राख्दै यस्ता सीपमूलक तालिमले युवाहरूलाई व्यवहारिक ज्ञान र रोजगारीका अवसरसँग जोड्ने बताए।

वडा सदस्य हरि पन्थले भने,आजको समय सीप बिना अघि बढ्न गाह्रो छ। नगरपालिकाले ल्याएको यो ड्राइभिङ तालिमले युवायुवतीलाई आत्मनिर्भर बन्न सहयोग पुर्‍याउनेछ। सिकेको सीपलाई प्रयोग गरेर आफ्नै आम्दानीको बाटो खोल्न सकिन्छ, त्यसैले सबैले यसलाई गम्भीरताका साथ लिनु आवश्यक छ।

त्यस्तै, टोल विकास संजालका संयोजक हरि प्रसाद पाण्डेयले पनि तालिम सफलताको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रम सञ्चालन वडा सचिव हरि प्रसाद खतिवडाले गरेका थिए।
तिलोत्तमा नगरपालिका वडा नं. ५ को पहलमा सञ्चालन गरिएको उक्त तालिमले स्थानीय युवायुवतीलाई व्यावसायिक सीप प्रदान गर्दै स्वरोजगारतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...