सेवालाई थप सुदृढ बनाउँदै ब्रोडलिङ्क बुटवल शाखा नयाँ स्थानमा स्थानान्तरण


बुटवल
१८ वर्षको भरोसा, इन्टरनेटमा उत्कृष्ट परिभाषा’ भन्ने नाराका साथ विगत १८ वर्षदेखि निरन्तर गुणस्तरीय इन्टरनेट तथा टिभी सेवा प्रदान गर्दै आएको ब्रोडलिङ्क नेटवर्क एण्ड कम्युनिकेशन लिमिटेडले बुटवलस्थित आफ्नो शाखा कार्यालय स्थानान्तरण गरेको छ।
ग्राहकहरूलाई थप सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले कार्यालय नयाँ स्थानमा सारिएको कम्पनीले जनाएको छ।ब्रॉडलिङ्क बुटवलको कार्यालय अब बुटवल कालिका चोकबाट सञ्चालनमा आएको छ। कार्यालय स्थानान्तरणबारे जानकारी दिँदै कम्पनीका बिजनेस हेड सन्तोष कार्कीले ग्राहकहरूको सहज पहुँच, छिटो सेवा प्रवाह तथा उत्कृष्ट सेवा विस्तार गर्ने उद्देश्यले नयाँ स्थानबाट कार्य प्रारम्भ गरिएको बताए।स्थापनाकालदेखि नै विश्वसनीय इन्टरनेट, डिजिटल टिभी सेवा र ग्राहक सन्तुष्टिलाई मुख्य प्राथमिकतामा राख्दै आएको ब्रोडलिङ्कले बुटवल र आसपासका क्षेत्रमा हजारौँ सेवाग्राहीहरूको मन जित्न सफल भएको छ। कम्पनीले आगामी दिनमा अझ उच्च गतिको इन्टरनेट, भरपर्दो नेटवर्क र प्रभावकारी ग्राहक सहायता (Customer Support) मार्फत सेवालाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।यसै अवसरमा ब्रोडलिङ्क बुटवलका सञ्चालक कृष्ण पौडेलले आगामी दिनमा पनि आधुनिक प्रविधिको प्रयोग गर्दै ग्राहकहरूको विश्वासलाई कायम राख्ने र थप उत्कृष्ट सेवा प्रदान गर्ने बताए।

छुटाउनुभयो कि ?

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्बभन्दा बढी घाटा

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्बभन्दा बढी घाटा

काठमाडौँनेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ। भारतबाट पेट्रोल र डिजेलको खरिद मूल्य प्रतिलि...
बुटवलको रारा मसला उद्योग बन्द नगर्न उच्च अदालतको अन्तरिम आदेश

बुटवलको रारा मसला उद्योग बन्द नगर्न उच्च अदालतको अन्तरिम आदेश

बुटवलउच्च अदालत तुलसीपुर, बुटवल इजलासले बुटवलस्थित बुटवल रारा मसला उद्योग बन्द गराउने घरेलु तथा साना उद्योग कार्यालय रुपन्देह...
प्रधानमन्त्री मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

प्रधानमन्त्री मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाह बालेनको पहिलो औपचारिक विदेश भ्रमण भारत हुने भएको छ । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भ...
४ दशमलव ८२ अंकले घट्यो सेयर कारोबार

४ दशमलव ८२ अंकले घट्यो सेयर कारोबार

काठमाडौंधितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४ दशमलव ८२ अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्स...