दाङ विद्युतीय व्यवसायी सङ्घमा नयाँ नेतृत्व


दाङ
दाङ विद्युतीय व्यवसायी संघको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशनले विष्णु ढकालको अध्यक्षतामा सर्वसहमत नयाँ कार्यसमिति चयन गरेको छ।
शनिबार दाङमा सम्पन्न कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथि नेपाल विद्युत व्यवसायी महासङ्घका तृतीय उपाध्यक्ष प्रकाश चन्द्र पाण्डेयले देशभर का विद्युतीय सामग्री उत्पादन गर्ने आयात गर्ने निर्यात गर्ने सबैको छाता सङ्घ नेपाल विद्युतीय व्यवसायी महासङ्घ हो। संस्थाले व्यवसायीहरूका आफ्नो सक्षमताका लागि र व्यवसाय प्रवर्द्धनको लागि नेतृत्व विकास , ट्याक्स सम्बन्धी ट्रेडिङ, साथै व्यवसायीहरूका सामूहिक समस्याका समाधानका लागि सदैव तत्पर रहेको वताएका थिए।
जिल्ला नगर सङ्घसंग महासंघले टाढा भएर होइन नजिक भएर सदैव जिल्ला संघहरूको अभिभावकत्व निर्वाह गरेर अगाडि बढ्ने धारणा राखेका थिए।
उनले उज्यालोको व्यवसाय व्यवसाय मात्र नभई समृद्ध नेपाल निर्माणको निम्ति पनि ठूलो योगदान रहेकोले आउंदा दिनमा विद्युतीय व्यवसायमा नयाँ उत्साह जागेको वताएका थिए। पाण्डेयले भने” इलेक्ट्रिकल्स सामान नभई देशको दिगो विकास असम्भव रहेको छ समृद्ध नयाँ नेपाल निर्माणको लागि व्यवसायीले ढुक्क भएर विद्युतीय सामग्रीको व्यवसायमा लगानी गर्ने दिन आएको छ।”
उनले इलेक्ट्रोटेक २०२६ आउँदो जेष्ठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँमा हुँदैछ,यो केवल महासङ्घको कार्यक्रम मात्रै नभई केवल यो कार्यक्रम महासंघले आयोजना मात्रै गरेको हो ‌सम्पूर्ण विद्युतीय व्यवसायीहरूको कार्यक्रम भएको हुँदा सम्पूर्ण साथीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरेका छन्।
उनले एउटा मेला मात्र नभई छिटै उद्योगी र उपभोक्ता भेटघाट हुने स्थल भनेकै इलेकट्रोटेक भएकोले यसले सबैलाइ फाइदा हुने भन्दै सबैको उपस्थितिलेनै इलेक्ट्रोटेक २०२६ भव्य र सभ्य रूपमा सुसम्पन्न हुने कुरा बताएका हुन्।


सङ्घका अध्यक्ष डुल्लुराम पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै विशिष्ट अतिथि लुम्बिनी प्रदेश संयोजक दीपक पौडेलले बोल्दै प्रदेशमा भएका समस्या समाधानका लागि सदैव तत्पर रहेको बताएका थिए।
संघमा आबद्ध ८५ जना सदस्यको उपस्थिति रहेको कार्यक्रम सचिव सन्तोष खड्काको सञ्चालनमा भएको थियो ।

छुटाउनुभयो कि ?

व्यापार संघको वार्षिक साधारणसभा सम्पन्न,देशको अर्थतन्त्र चलायमान हुन नसक्दा निजी क्षेत्र निराश बनेको वक्ताहरुको गुनासो

व्यापार संघको वार्षिक साधारणसभा सम्पन्न,देशको अर्थतन्त्र चलायमान हुन नसक्दा निजी क्षेत्र निराश बनेको वक्ताहरुको गुनासो

बुटवलनेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले देशको अर्थतन्त्र चलायमान हुन नसक्दा निजी क्षेत्र निराश बनेको बताएक...
चीनको दबाबबीच अमेरिकाले ताइवानलाई पठायो दुइटा एफ–१६भी लडाकु विमान

चीनको दबाबबीच अमेरिकाले ताइवानलाई पठायो दुइटा एफ–१६भी लडाकु विमान

काठमाडौंचीनसँग बढ्दो सैन्य तनावबीच अमेरिकाले ताइवानलाई उपलब्ध गराउन लागेको ६६ वटा एफ–१६भी ब्लक ७० लडाकु विमानमध्ये पहिलो दुईव...
चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं: प्रधानमन्त्री कार्यालय

चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं: प्रधानमन्त्री कार्यालय

काठमाडौंनजिकिँदै गरेका चाडपर्व र मनसुनलाई ध्यानमा राख्दै सरकारले सडक यातायात अवरुद्ध हुन नदिने तथा अत्यावश्यक सार्वजनिक सेवा ...
लुम्बिनी प्रादेशिक अस्पतालमा एकै महिनामा ७४१ जनाको शल्यक्रिया

लुम्बिनी प्रादेशिक अस्पतालमा एकै महिनामा ७४१ जनाको शल्यक्रिया

बुटवललुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एक महिनाको अवधिमै ७४१ जनाको शल्यक्रिया गरिएको छ । अस्पतालमा गएको भाद्र महिनामा नियमित...