रुपन्देहीमा ठूलो परिमाणको लागुऔषधसहित एक युवक पक्राउ


बुटवल
रुपन्देहीको सैनामैना नगरपालिका बाट प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ ।बिहीबार इलाका प्रहरी कार्यालय सालझण्डी बाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत वडा नं. ११ बनकट्टी क्षेत्रमा चेकजाँच गर्ने क्रममा दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी २८ वर्षीय रबिन बुढा लाई पक्राउ गरेको हो ।

बुटवलबाट दाङतर्फ जाँदै गरेको लु १ ज ४९३६ नम्बरको ईभी गाडीमा सवार उनलाई शंका लागेपछि प्रहरीले खानतलासी गरेको थियो । सो क्रममा उनले पछाडि भिरेको कालो झोलाभित्र लुकाइछिपाइ राखिएको लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही का अनुसार पक्राउ परेका युवाको साथबाट सेराज्याक २ एमएलका ९० एम्पुल, फेनेरागनका ९० एम्पुल, आईपीपीएल इन्जेक्सनका ९० एम्पुल तथा डाइजापामका ९० एम्पुल बरामद गरिएको छ । साथै उनको साथबाट iPhone 12 मोबाइल पनि बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेका बुढाविरुद्ध जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।

छुटाउनुभयो कि ?

व्यापार संघको वार्षिक साधारणसभा सम्पन्न,देशको अर्थतन्त्र चलायमान हुन नसक्दा निजी क्षेत्र निराश बनेको वक्ताहरुको गुनासो

व्यापार संघको वार्षिक साधारणसभा सम्पन्न,देशको अर्थतन्त्र चलायमान हुन नसक्दा निजी क्षेत्र निराश बनेको वक्ताहरुको गुनासो

बुटवलनेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले देशको अर्थतन्त्र चलायमान हुन नसक्दा निजी क्षेत्र निराश बनेको बताएक...
चीनको दबाबबीच अमेरिकाले ताइवानलाई पठायो दुइटा एफ–१६भी लडाकु विमान

चीनको दबाबबीच अमेरिकाले ताइवानलाई पठायो दुइटा एफ–१६भी लडाकु विमान

काठमाडौंचीनसँग बढ्दो सैन्य तनावबीच अमेरिकाले ताइवानलाई उपलब्ध गराउन लागेको ६६ वटा एफ–१६भी ब्लक ७० लडाकु विमानमध्ये पहिलो दुईव...
चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं: प्रधानमन्त्री कार्यालय

चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं: प्रधानमन्त्री कार्यालय

काठमाडौंनजिकिँदै गरेका चाडपर्व र मनसुनलाई ध्यानमा राख्दै सरकारले सडक यातायात अवरुद्ध हुन नदिने तथा अत्यावश्यक सार्वजनिक सेवा ...
लुम्बिनी प्रादेशिक अस्पतालमा एकै महिनामा ७४१ जनाको शल्यक्रिया

लुम्बिनी प्रादेशिक अस्पतालमा एकै महिनामा ७४१ जनाको शल्यक्रिया

बुटवललुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एक महिनाको अवधिमै ७४१ जनाको शल्यक्रिया गरिएको छ । अस्पतालमा गएको भाद्र महिनामा नियमित...