Breaking news 3

बृहत् कम्युनिस्ट एकताको पहल गर्ने नेकपाको घोषणा:रुपन्देहीको पहिलो भेलाबाट ४५ सदस्यीय जिल्ला समिति गठन

बृहत् कम्युनिस्ट एकताको पहल गर्ने नेकपाको घोषणा:रुपन्देहीको पहिलो भेलाबाट ४५ सदस्यीय जिल्ला समिति गठन

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज, स्थानीय
विनोद खनाल, बुटवल विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट अलग भएको समूहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनर्गठन अभियानलाई तीव्र बनाउँदै रुपन्देहीमा पहिलो जिल्ला भेला सम्पन्न गरेको छ। बुटवलमा शनिबार सम्पन्न भेलाले ४५ सदस्यीय जिल्ला समिति गठन गर्नुका साथै बृहत् कम्युनिस्ट एकता र ध्रुवीकरणको अभियानलाई अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।तत्कालीन स्थायी समिति सदस्य असल सी, उमा सी लगायतका नेतामाथि पार्टी कारबाही भएपछि विकसित राजनीतिक घटनाक्रमसँगै देशभरका नेता–कार्यकर्ताहरू पुनर्गठित नेकपामा आबद्ध हुँदै आएका छन्। रुपन्देहीको भेला सोही पुनर्गठन अभियानअन्तर्गत आयोजना गरिएको हो।केन्द्रीय कार्यालय सदस्य भेषराज भुसालको प्रमुख आतिथ्यता तथा केन्द्रीय कार्यालय सदस्य बसन्त श्रेष्ठको विशिष्ट आतिथ्यतामा सम्पन्न भेलालाई सम्बोधन गर्दै भुसालले नेपालका कम्युनिस्ट शक्तिहरूबीच वैचारिक स्पष...
लायन्स क्लब अफ बुटवल एलिट र निरोग हेल्थ क्लिनिकबिच स्वास्थ्य उपचार संझौता

लायन्स क्लब अफ बुटवल एलिट र निरोग हेल्थ क्लिनिकबिच स्वास्थ्य उपचार संझौता

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज, स्थानीय
बुटवललायन्स क्लब अफ बुटवल एलिट र निरोग हेल्थ क्लिनिकबिच स्वास्थ्य उपचार संझौता भएको छ। बुटवलको पुष्पलाल पार्कमा रहेको निरोग हेल्थ क्लिनिक र लायन्स क्लब अफ बुटवल एलिटविच सहकार्य अन्तर्गत लायन सदस्यहरूले निरोग हेल्थ क्लिनिकमा निःशुल्क मधुमेह परीक्षण गराउन सक्नेछन्।साथै सम्पूर्ण ल्याब परीक्षण, डाक्टर ओपिडी सेवा तथा भिडियो एक्सरेमा २० प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुटको सुविधा प्राप्त गर्न सक्नेछन्। क्लब अध्यक्ष लायन सुभाष अर्याल, एमजेएफ को अध्यक्षता तथा डिष्ट्रिक्ट कन्भेन्सन कोर्डिनेटर एवं पिडिजी पिएमजेएफ लायन अर्जुन मान सैजुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिएसटी हेड लायन प्रकाश कुमार श्रेष्ठ, रिजन चियर पर्सन लायन कृष्ण आचार्य, एरिया चिफ लायन बैकुण्ठ श्रेष्ठ, जोन चियर पर्सन लायन अरुण कुमार ज्ञवाली लगायत क्लबका २५ जना सदस्यहरूको सहभागिता रहेको थियो। ...
बुटवलमा विद्युत समस्या समाधान गर्न एमालेको प्राधिकरणलाई ध्यानाकर्षण

बुटवलमा विद्युत समस्या समाधान गर्न एमालेको प्राधिकरणलाई ध्यानाकर्षण

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिका र आसपासका क्षेत्रमा पछिल्लो समय देखिएको अनियमित विद्युत आपूर्ति र न्यून भोल्टेजको समस्यालाई लिएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) बुटवल उपमहानगर कमिटीले नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ। कमिटीका अध्यक्ष शोभाखर पोखरेलको नेतृत्वमा मँगलबार कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाइएको हो । नेपाल विद्युत प्राधिकरण, वितरण केन्द्र बुटवलका ध्यानाकर्षण पत्र बुझाउँदै पोखरेलले केही मिनेटको अन्तरालमा बारम्बार विद्युत जाने-आउने, न्यून भोल्टेज (डिम आउने) र भोल्टेज उतारचढाव हुने कारणले आम उपभोक्ता अत्यन्तै मारमा परेको उल्लेख गर् । यस प्रकारको समस्याले सर्वसाधारणको घरायासी जीवन, उद्योग-व्यवसाय, कार्यालय, अस्पताल, विद्यार्थीको अध्ययनका साथै विद्युतीय उपकरणहरूको सुरक्षामा समेत प्रत्यक्ष नकारात्मक असर पुर्‍याएको र पछिल्ला दिनहरूमा उपभोक्ताहरूबाट व्यापक गुनासो उठे...
पत्रकार महासंघ रुपन्देहीद्वारा बुटवल नगरको सहकार्यमा तीन पत्रकार पुरस्कृत

पत्रकार महासंघ रुपन्देहीद्वारा बुटवल नगरको सहकार्यमा तीन पत्रकार पुरस्कृत

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीनेपाल पत्रकार महासंघ, रुपन्देहीले स्थापना गरेएको उत्कृष्ट पत्रकारिता पुरस्कार र सूर्यप्रसाद विकास पत्रकारिता पुरस्कारबाट रुपन्देहीका तीन जना पत्रकारहरुलाई पुरस्कृत गरिएको छ । बुटवल उपमहानगरपालिकाको सहकार्यमा स्थापना भएको पुरस्कार सोमबार एक कार्यक्रमको आयोजना गरि रुपन्देहीका तीन जना पत्रकारहरुलाई प्रदान गरिएको हो । नेपाल पत्रकार महासंघ, रुपन्देहीद्वारा स्थापना गरिएको उत्कृष्ट पत्रकारिता पुरस्कार-२०८२ बाट पत्रकार अमृत गिरी पुरस्कृत भएका छन् । गिरी नगद एक लाख रुपैयाँ पुरस्कार सहित पुरस्कृत भएका हुन् । यस्तै सूर्य प्रसाद विकास पत्रकारिता पुरस्कार-२०८२ बाट पत्रकार छवि पाण्डेय र माया केसी पुरस्कृत भएका छन् । उनीहरु दुबैले जनही नगद ५०/५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।बुटवल उपमहानगरपालिकाको सहयोगमा स्थापना गरिएको पुरस्कार सोमबार प्रदान गरिएको हो । पुरस्कृत पत्रकार गिरी ...
पर्यटन प्रवर्द्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

पर्यटन प्रवर्द्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र युवालाई पर्यटनसँग जोड्ने गरी समयानुकूल पर्यटन तथा युवा-मैत्री नीति निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीको २८औँ स्थापना दिवस तथा २५ औँ वार्षिक साधारणसभा-२०८३ को अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले पर्यटन क्षेत्रको विकासमा नीतिगत तथा कानुनी जटिलता प्रमुख बाधक बनेको उल्लेख गर्दै सरकार गम्भीर भएर समाधानतर्फ अग्रसर हुनुपर्ने धारणा राखे । कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको होटल व्यवसायको इतिहास खोजी गरी त्यसको दस्तावेजीकरण गर्नुपर्ने आवश्यकता औँल्याए । उनले बुटवललाई केन्द्रमा राखेर पहाडी क्षेत्रसँग जोडिने पर्यटन प्याकेज विकास गर्न, सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न तथा मौलिक पहिचान झल्किने कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ...
रोटरी क्लब अफ बुटवल चौतारीको नेतृत्वमा वासुदेव भुसाल

रोटरी क्लब अफ बुटवल चौतारीको नेतृत्वमा वासुदेव भुसाल

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल रोटरी क्लब अफ बुटवल चौतारीको आठौं पदस्थापन कार्यक्रममा वर्ष २०२६–२७ का लागि अध्यक्षको जिम्मेवारी वासुदेव भुसालले ग्रहण गरेका छन् । कार्यक्रमको उदघाटन रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का वर्ष २०२६–२७ का प्रेसिडेन्ट नोमिनी तथा रोटरी वर्ष २०२५–२६ का डिजीएनडी अमित गिरीले गरेका थिए । उद्घाटन गर्दै गिरीले रोटरीले समुदायमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र मानवीय सेवाका क्षेत्रमा पु¥याउँदै आएको योगदान उल्लेख गर्दै नयाँ नेतृत्वले सेवा, पारदर्शिता र सदस्यबिचको सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष वासुदेव भुसालले क्लबको सेवामूलक अभियानलाई अझ प्रभावकारी बनाउँदै शिक्षा, युवा सशक्तीकरण, वातावरण संरक्षण तथा समुदायको आवश्यकता अनुसारका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा मानार्थ सदस्यद्वय ताराचन्द केडिया र प्रेमप्रसाद पोखरेलको पन...
भन्सार छली ल्याइएका २४ लाखका ३८ थान आईफोन रुपन्देहीमा बरामद

भन्सार छली ल्याइएका २४ लाखका ३८ थान आईफोन रुपन्देहीमा बरामद

Breaking news 3, अपराध, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देही प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेका करिब २४ लाख रुपैयाँ बराबरका विभिन्न मोडेलका आईफोन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शुक्रबार राति करिब ९ः१० बजे ओमसतिया गाउँपालिका–४ सानो बालापुर क्षेत्रमा इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले लु ५३ प ३३९८ नम्बरको स्कुटरमा शंकास्पद रूपमा ल्याइँदै गरेका मोबाइल फोनहरू बरामद गरेको हो । प्रहरीका अनुसार चेकजाँचका क्रममा भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेका अनुमानित २३ लाख ९० हजार रुपैयाँ बराबरका ३८ थान एप्पल आईफोन फेला परेका हुन् । बरामद गरिएका मोबाइलहरूमा आईफोन १७ का २ थान, आईफोन १३ (२५६ जिवि) का ९ थान, आईफोन १३ (१२८ जिवि का १२ थान, आईफोन १४ प्रो का २ थान तथा आईफोन ११ (१२८ जिवि) का १३ थान रहेका छन् । साथै, सामान ओसारपसारमा प्रयोग गरिएको लु ५३ प ३३९८ ...
देशभर मनसुन सक्रिय, सोमबारसम्म भारी वर्षा र हावाहुरीको जोखिम

देशभर मनसुन सक्रिय, सोमबारसम्म भारी वर्षा र हावाहुरीको जोखिम

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंआउँदो सोमबार रातिसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबारभन्दा आइतबार पानी पर्ने गतिविधिहरू बढ्न सक्ने देखिएको छ। सोमबार पानी पर्ने क्रम झनै बढ्न सक्ने सम्भावना छ।सोमबार राति कोशी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। मधेश प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई र मधेश प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ। ...
रास्वपामा गुट र ‘टिके प्रथा’ रोक्न चुनाव लडेँ : मनीष झा

रास्वपामा गुट र ‘टिके प्रथा’ रोक्न चुनाव लडेँ : मनीष झा

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा पराजित भएका नेता मनीष झाले पार्टीभित्र गुटबन्दी र ‘टिके प्रथा’ (टीका लगाएर पद बाँड्ने प्रवृत्ति) स्थापित नहोस् भन्नका लागि आफूले चुनावी मैदान रोजेको बताएका छन्।चार जनाबीचको प्रतिस्पर्धामा विपिनकुमार आचार्यसँग पराजित भएपछि प्रतिक्रिया दिँदै झाले निर्वाचन परिणामलाई सहज रूपमा स्वीकार गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘मेरो लागि निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो। रास्वपामा गुट र टिके राजनीतिक अभ्यास नहोस् भनेर गरिएको एउटा प्रयास थियो। नेतृत्वले मेरो त्यो प्रयासलाई स्वीकार गरेर निर्वाचन प्रक्रिया अगाडि बढाइदिनुभयो, आभारी छु।’ पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन आफूले उम्मेदवारी दिएको प्रष्ट पार्दै उनले नवनिर्वाचित महामन्त्री आचार्यलाई बधाई दिएका छन्। ‘म यो परिणाम स्वीकार गर्छु। मेरो मित्र विपिनलाई बधा...
शान्ति समाज रुपन्देहीद्वारा यातना उन्मूलन र लागुऔषध दुव्र्यसनविरुद्ध कार्यक्रम सम्पन्न

शान्ति समाज रुपन्देहीद्वारा यातना उन्मूलन र लागुऔषध दुव्र्यसनविरुद्ध कार्यक्रम सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलमानव अधिकार तथा शान्ति समाज, जिल्ला शाखा रुपन्देहीको आयोजनामा राष्ट्रसंघीय यातना पीडितहरूको सहायतार्थ दिवस तथा लागुऔषध दुव्र्यसनविरुद्ध अन्तर्राष्ट्रिय दिवस को अवसरमा विशेष सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। बिहीबार बुटवल स्थित स्कोलर्सहोम कलेज, इट्टाभट्टीमा आयोजित कार्यक्रममा यातना उन्मुलन र लागू औषध दुव्र्यसनविरुद्ध शान्ति समाजको अवधारणा प्रस्तुत गरिएको थियो। सो सम्बन्धमा रहेर मानव अधिकार संरक्षण, यातना उन्मूलन तथा लागुऔषध एवं मदिरा दुव्र्यसन न्यूनीकरणका विषयमा छलफल गरिएको थियो।कार्यक्रममा स्कोलर्स कलेजका विद्यार्थी, शिक्षक, मानव अधिकारकर्मी, सामाजिक अभियन्ता, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले मानव अधिकारको संरक्षण, यातनामुक्त समाज निर्माण तथा लागुऔषध दुव्र्यसनविरुद्ध सामूहिक अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद...