पत्रकार महासंघ रुपन्देहीद्वारा बुटवल नगरको सहकार्यमा तीन पत्रकार पुरस्कृत



रुपन्देही
नेपाल पत्रकार महासंघ, रुपन्देहीले स्थापना गरेएको उत्कृष्ट पत्रकारिता पुरस्कार र सूर्यप्रसाद विकास पत्रकारिता पुरस्कारबाट रुपन्देहीका तीन जना पत्रकारहरुलाई पुरस्कृत गरिएको छ । बुटवल उपमहानगरपालिकाको सहकार्यमा स्थापना भएको पुरस्कार सोमबार एक कार्यक्रमको आयोजना गरि रुपन्देहीका तीन जना पत्रकारहरुलाई प्रदान गरिएको हो ।

नेपाल पत्रकार महासंघ, रुपन्देहीद्वारा स्थापना गरिएको उत्कृष्ट पत्रकारिता पुरस्कार-२०८२ बाट पत्रकार अमृत गिरी पुरस्कृत भएका छन् । गिरी नगद एक लाख रुपैयाँ पुरस्कार सहित पुरस्कृत भएका हुन् । यस्तै सूर्य प्रसाद विकास पत्रकारिता पुरस्कार-२०८२ बाट पत्रकार छवि पाण्डेय र माया केसी पुरस्कृत भएका छन् । उनीहरु दुबैले जनही नगद ५०/५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
बुटवल उपमहानगरपालिकाको सहयोगमा स्थापना गरिएको पुरस्कार सोमबार प्रदान गरिएको हो । पुरस्कृत पत्रकार गिरी मेचिकाली दैनिकमा, पाण्डेय गोरखापत्र दैनीकमा र केसी बुटवल टुडे दैनीकमा कार्यरत रहेका छन् ।

बुटवल उपमहानगर पालिकाका प्रमुख खेलराज पाण्डे र उपप्रमुख सावित्रादेवी अर्यालले उक्त पुरस्कार प्रदान गरेको अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष नितु पण्डीत, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल , बरिष्ठ पत्रकार डाक्टर वालकृष्ण चापागाईंलगायतले बधाई तथा शुभकामना दिएका थिए।
पुरस्कृत हुने पत्रकारहरुले वोल्दै पत्रकार महासंघ रुपन्देही र बुटवल उपमहानगरपालिकाले समग्र सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान गरीरहेको र आफ्नो योगदानको कदर गरी पुरस्कृत गरेकोमा आफुहरुलाई थप जिम्मेवार वनाएको धारणा राखेका थिए।
कार्यक्रमको सञ्चालन सचिव सिपी खनालले गरेका थिए ।

छुटाउनुभयो कि ?

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...
रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

बुटवलयातायात व्यवस्था कार्यालय, रुपन्देहीमा लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई गैरकानुनी रूपमा सवारी ...