Breaking news 2

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्था उत्कृष्ट ब्यवस्था: सभामुख घर्ती

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्था उत्कृष्ट ब्यवस्था: सभामुख घर्ती

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्था उत्कृष्ट ब्यवस्था भएकाले यस्को विकल्प अरु हुन नसक्ने बताउनु भएको छ । पाल्पाली समाज नेपालले नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान , पात्रो बिमोचन तथा जनस्वास्थ्य शिबिर कार्यक्रममा कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै सभामुख घर्ती मगरले यसमा प्रश्न चिन्ह उठाउनु अस्वभाबिक भएको बताउनु भयो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्थालाई प्रबर्द्धन र सुदृढीकरण जरुरी रहेको बताउनु भयो । उहाँले यो ब्यवस्था बिश्वकै उत्कृष्ट ब्यवस्था भएको बताउनु भयो ।" नेतृत्वको कार्य शैली परिवर्तन गर्नु पर्ला । " उहाँले भन्नू भयो- ब्यवस्था गलत होईन । यो ब्यवस्था सबै भन्दा राम्रो ब्यवस्था हो गणतन्त्रलाई सुदृढीकरण गर्नु पर्छ । त्यस तर्फ अग्रसर बनौ ।" पाल्पालीहरुको स्वाभिमानी र ईमान्दारीका कारण सबैको बिश्वास जित्न सफल भएक...
नयाँ बर्ष २०८२ सालको शुभकामना तथा भित्तेपात्रो बिमोचन ।।

नयाँ बर्ष २०८२ सालको शुभकामना तथा भित्तेपात्रो बिमोचन ।।

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
रुपन्देही ३१ चैत्र – रूपन्देहीमा क्रियाशील रेसुङ्गा–६ रूपन्देही सम्पर्क समाजले नयाँ वर्ष २०८२ को पावन अवसरमा आफ्नो संस्थाको तर्फबाट प्रकाशित भित्तेपात्रो एक विशेष कार्यक्रमका बीच हिजो शनिबार विमोचन गरेको छ। उक्त कार्यक्रममा भित्तेपात्रो विमोचनसँगै नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमसमेत सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी सबैले एकआपसमा शुभकामना साटासाट गर्दै नयाँ वर्ष २०८२ साल सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना व्यक्त गरे। संस्थाका अध्यक्ष यज्ञ प्रसाद मरासिनीले जानकारी दिएअनुसार, रेसुङ्गा–६ मा जन्म भई हाल रूपन्देही तथा आसपासका क्षेत्रमा बसोबास गरिरहेकाहरूलाई एकताबद्ध गरी आपसी सहयोग र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले संस्था स्थापना गरिएको हो। समाजले स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रही...
यूएईसँग पहिलो खेल खेल्दै नेपाल

यूएईसँग पहिलो खेल खेल्दै नेपाल

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ नेपालले आइतबार आईसीसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा यूएईसँग आफ्नो पहिलो खेल खेल्दै छ । यो खेल मूलपानीको तल्लो क्रिकेट मैदानमा हुनेछ । यस मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल हुन लागेको हो । अप्रिल १९ सम्म मूलपानीमा हुने प्रतियोगितामा नेपाल र यूएईसहित अफगानिस्तान, हङकङ र ओमानले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका सवै खेल मूलपानीको माथिल्लो र तल्लो क्रिकेट मैदानमा हुनेछ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिता विजेता २०२६ मा जिम्बावे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुनेछ । नेपालले अफगानिस्तान यू–१९ सँग तीन युथ एकदिवसीय खेल खेलेर प्रतियोगिताको तयारी गरेको थियो । त्यसमा नेपाल २–१ ले पराजित भएको थियो । ५ दिनअघि नै नेपाल आइपुगेको यूएई यू–१९ टिमले एक अभ्यास खेल खेल्नेक्रममा नेपाल यू–१९ को वैकल्पिक टोलीलाई पराजित गरेको छ । नेपाली ट...
चीनको हाइड्रोजन ड्रोनले तोड्यो विश्व कीर्तिमान, ३० घण्टा लगातार उडान

चीनको हाइड्रोजन ड्रोनले तोड्यो विश्व कीर्तिमान, ३० घण्टा लगातार उडान

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, विविध, समाचार, समाज
चीनले स्वदेशी प्रविधिमा विकसित हाइड्रोजन इन्धनबाट चल्ने ड्रोनले ३० घण्टा निरन्तर उडान भरेर नयाँ विश्व कीर्तिमान कायम गरेको छ। चीनको हवाइ उद्योग निगम (एभीआईसी) का अनुसार, यो ड्रोन चेङ्दु एअरक्राफ्ट उद्योग समूह र छिङह्वा विश्वविद्यालयको संयुक्त प्रयासमा निर्माण गरिएको हो। लगभग ५० किलोग्राम वजनको यो ड्रोनले हाइड्रोजनको उच्च ऊर्जा दक्षता उपयोग गरी प्राविधिक उत्कृष्टता हासिल गरेको छ। कीर्तिमानी उडान सिचुवान प्रान्तको दुज्याङयानमा सम्पन्न भएको थियो, जहाँ ड्रोनलाई गतिमा रहेको चालकविहीन सवारीको छतबाट सफलतापूर्वक उडाइयो। उडानका क्रममा ड्रोनले टाढाबाट स्थिर निगरानी र सञ्चालनको क्षमता प्रदर्शन गर्‍यो, जसले हाइड्रोजन ड्रोनको व्यावसायिक र रणनीतिक सम्भावनालाई उजागर गरेको छ। ...
दुर्गा प्रसाईंमाथि राज्यविरुद्धको कसुर : अनुसन्धान गर्न १२ दिनको म्याद

दुर्गा प्रसाईंमाथि राज्यविरुद्धको कसुर : अनुसन्धान गर्न १२ दिनको म्याद

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ — चैत १५ गतेको राजावादी समूहको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि अदालतले प्रहरीलाई १२ दिनको म्याद दिएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले राज्यविरुद्धको कसुरमा प्रसाईंमाथि अनुसन्धान गर्न १२ दिनको म्याद दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए । त्यस्तै प्रसाईंसँगै पक्राउ परेका उनका अंगरक्षक दीपक खड्काविरुद्ध पनि १२ दिनको म्याद थप भएको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार प्रसाईं क्यान्सरको बिरामी भएका कारण अदालतले प्रहरीलाई चिकित्सकको परामर्शमा उपचारको प्रबन्ध गर्न अदालतले आदेश दिएको छ। १५ चैतको प्रदर्शनका नाममा हिंसा भड्काएर उनी फरार रहेकोमा बिहीबार प्रहरीको विशेष ब्युरोले भारतमा प्रकाउ गरी आज बिहान उनलाई भद्रपुर ल्याएको थियो । त्यसपछि उनलाई जहाजबाट काठमा...
दुर्गा प्रसाईं भारतमा पक्राउ

दुर्गा प्रसाईं भारतमा पक्राउ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार उनलाई पक्राउ गरेर नेपाल ल्याइँदैछ । तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए । त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए । सामाजिक सञ्जालमा उनको तर्फबाट सन्देशहरु आइरहँदा समेत प्रहरीले ट्र्याक गर्न नसकेको भनेर आलोचना पनि भएको थियो । तीनकुनेमा भएको प्रदर्शन भाँडिएपछि प्रदर्शनकारीले लिएको उग्र शैलीका कारण दुई जनाको मृत्यु भएको थियो । निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो । सचिवालयको दाबी – आत्मसमर्पण हो प्रसाईंको सचिवालयले भने उनले आत्मसमर्पण गरेको दाबी गरेको छ । दुर्गा प्रसा...
म्यासेजमा पठाइएका लिङ्क नखोल्न साइबर ब्यूरोको अनुरोध

म्यासेजमा पठाइएका लिङ्क नखोल्न साइबर ब्यूरोको अनुरोध

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अपनाउन साइबर ब्यूरोले अनुरोध गरेको छ । ब्यूरोले आज सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा म्यासेजमा पठाइएका लिङ्क क्लिक गरी आफ्ना विवरण सेयर नगर्न र कुनै पनि सफ्टवेयर आफ्नो मोबाइल, ल्यापटपलगायत उपकरणमा ‘इन्स्टल’ नगर्न सूचित गरेको हो । पछिल्लो समय सामाजिक सञ्जालमार्फत अनलइन माध्यमबाट लोन भुक्तानी गर्ने, सेयर बजारसम्बन्धी तालिम लिन सकिने र सोका लागि उपलब्ध गराइएको लिङ्क खोलेर आवश्यक सफ्टवेयर इन्स्टल गर्नुपर्ने भनी अवैध लिङ्क पठाउने गरेको पाइएको ब्यूरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए । ...
देशका विभिन्न स्थानमा वर्षा, कस्तो रहला दिनभरको मौसम ?

देशका विभिन्न स्थानमा वर्षा, कस्तो रहला दिनभरको मौसम ?

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहनुको साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदलीको अवस्था रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।  आज दिउसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यो क्रम आज राति पनि जारी रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ। यसबाट हालसम्म देशव्यापी रहिरहेको तुवाँलो क्रमिक रूपमा कम हुने देखिन्छ ।  कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेकोल...
८ महिनामा साढे १० खर्ब माथि रेमिट्यान्स

८ महिनामा साढे १० खर्ब माथि रेमिट्यान्स

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना (साउन–फागुन) अवधिमा साढे १० खर्बमाथि रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार फागुन मसान्तसम्म १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गत आव २०८०/८१ को तुलनामा ९.४ प्रतिशत बढी हो । रेमिट्यान्स बढी भित्रिए पनि वृद्धिदरमा भने यस वर्ष कमी आएको छ । गत आव यसै महिना १८.३ प्रतिशतले विप्रेषण आप्रवाह बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स ६.९ प्रतिशतले बढेको छ । डलरमा ७ अर्ब ७४ करोड रेमिट्यान्स आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । यो अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने बढेको छ । राष्ट्र बैंकका अनुसार ८ महिनामा अन्तिम श्रम स्वीकृति लिनेको संख्या ३ लाख १७ हजार ६८ छ । गत वर्ष यो संख्या २...
रविन्द्र मिश्र र धवल शम्शेरलाई १५ दिन हिरासतमा राख्न म्याद थप

रविन्द्र मिश्र र धवल शम्शेरलाई १५ दिन हिरासतमा राख्न म्याद थप

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका रविन्द्र मिश्रसहित २० जनालाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले राज्यविरूद्धको कसुरमा पक्राउ परेका रविन्द्र मिश्र, सांसद धवलशम्शेर राणासहित २० जनालाई १५ दिनको म्याद थप भएको सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए। गोपाल मल्ल, गोपीकृष्ण खड्का, सन्तोष चौधरी, रामकुमार धिमाल, पशुपति खड्का, हरिहर चौलागाई, विष्णु पराजुली, धर्मगुरू बताउने पुस्कर खतिवडा, मुनिन्द्रराज भण्डारी, कुमार बस्नेत, अनिलकुमार थापा, तारानाथ बोहरा, दानबहादुर न्यौपाने, उमेश तामाङ, भानुभक्त पौडेल, विष्णुजंग बस्नेत, देवीप्रसाद संग्रौला र प्रेम थापा मगरमाथि राज्यविरूद्धको कसुरमा अनुसन्धान भइरहेको हो। उनीहरूसहित ५३ जनामाथि भने आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ। ...