जनउत्थान लघुवित्तले मिनादेविमा थप्दिएको खुशी


बुटवल,२९ साउन ।
मिनादेवि थापा घरायसी काम गर्दै बसेकी थिन् । त्यति वेला लघुवित्तका कर्मचारी उनको घरमा पुग्छन् । कर्मचारीसंग गाउँका केही मानिस पनि थिए । ऋण वापतको पैसा तिर्न नसकेको भनेर के भन्ने हुन् मनमा प्रश्न उठ्छ ।
घर नजिकिदै गरेका कर्मचारी र गाउँलेलाई उनले स्वागत गर्दछिन् । श्रीमान्को मृत्युको शोक ताजै थियो,ऋण वापतको किस्ता तिर्ने रकम थिएन् । गाउँले सहित घरमा कर्मचारी आउँदा मन अमिलो हुनु स्वभाविक नै थियो ।
तर कर्मचारी ऋणको पैसा तिर्न हैन्,ऋण मिनाह गर्न आएका थिए । यो सुन्दा मिनादेविको अनुहार केही खुशी देखिन्थ्यो ।
मिनमदेविको घर हो वाणगंगा–०४ मोतिपुर । उनले भैसी पालन गर्न भनि जनउत्थान लघुवित्त वित्तिय संस्थाबाट ऋण लिएकी थिन् । गत फागुनमा धितो राखेर ऋण लिएको थापाले बताइन् । फागुनमा ऋण लिए,जेठमा श्रीमानको असामयिक निधन भयो । अब ऋण तिर्न सकिदैन् धितो नै पच्ने चिन्तामा थिए उनले भनिन् । संस्थाका कर्मचारी देख्दा मन डराएको थियो । ऋण मिनाह हुन्छ भन्दा मन अलि खुशी भयो उनले थपिन् ।
हरेक सदस्यहरुले लिएको कर्जाको विमा गरिएको हुन्छ । त्यही विमा वापताको रकम हामीले मिनादेवीलाई दिएका हौँ संस्थाका कोलोनी इलाका संचालन कार्यलयका अधिकृत टोप बहादुर सुनारले भने । गत फागुन २५ गते बनगाई शाखामा धितो राखेर कर्जा लिनु भएको थियो । जेठ २९ गते श्रीमान्को असामयिक निधन भयो । कर्जा विमा वापतको रकम ४ लाख र काजक्रियाका लागि १५ हजार गरि ४ लाख १५ हजार हस्तान्तरण गरेको सुनारले भने ।
संस्थाले आफ्ना सदस्याहरुलाई कर्जा र वचत कारोबार संगै व्यवसायिक सिप विकास तालिम ,ग्राहक संरक्षण कोष मार्फत सेवा सुविधा, सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रम, भविष्यमा आइपर्ने जोखिम वहनको व्यवस्थापन,विना धितो वा धितोमा सामुहिक जमानीमा कर्जा लगानि गदै आएको छ ।

छुटाउनुभयो कि ?

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...
बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...