जनउत्थान लघुवित्तले मिनादेविमा थप्दिएको खुशी


बुटवल,२९ साउन ।
मिनादेवि थापा घरायसी काम गर्दै बसेकी थिन् । त्यति वेला लघुवित्तका कर्मचारी उनको घरमा पुग्छन् । कर्मचारीसंग गाउँका केही मानिस पनि थिए । ऋण वापतको पैसा तिर्न नसकेको भनेर के भन्ने हुन् मनमा प्रश्न उठ्छ ।
घर नजिकिदै गरेका कर्मचारी र गाउँलेलाई उनले स्वागत गर्दछिन् । श्रीमान्को मृत्युको शोक ताजै थियो,ऋण वापतको किस्ता तिर्ने रकम थिएन् । गाउँले सहित घरमा कर्मचारी आउँदा मन अमिलो हुनु स्वभाविक नै थियो ।
तर कर्मचारी ऋणको पैसा तिर्न हैन्,ऋण मिनाह गर्न आएका थिए । यो सुन्दा मिनादेविको अनुहार केही खुशी देखिन्थ्यो ।
मिनमदेविको घर हो वाणगंगा–०४ मोतिपुर । उनले भैसी पालन गर्न भनि जनउत्थान लघुवित्त वित्तिय संस्थाबाट ऋण लिएकी थिन् । गत फागुनमा धितो राखेर ऋण लिएको थापाले बताइन् । फागुनमा ऋण लिए,जेठमा श्रीमानको असामयिक निधन भयो । अब ऋण तिर्न सकिदैन् धितो नै पच्ने चिन्तामा थिए उनले भनिन् । संस्थाका कर्मचारी देख्दा मन डराएको थियो । ऋण मिनाह हुन्छ भन्दा मन अलि खुशी भयो उनले थपिन् ।
हरेक सदस्यहरुले लिएको कर्जाको विमा गरिएको हुन्छ । त्यही विमा वापताको रकम हामीले मिनादेवीलाई दिएका हौँ संस्थाका कोलोनी इलाका संचालन कार्यलयका अधिकृत टोप बहादुर सुनारले भने । गत फागुन २५ गते बनगाई शाखामा धितो राखेर कर्जा लिनु भएको थियो । जेठ २९ गते श्रीमान्को असामयिक निधन भयो । कर्जा विमा वापतको रकम ४ लाख र काजक्रियाका लागि १५ हजार गरि ४ लाख १५ हजार हस्तान्तरण गरेको सुनारले भने ।
संस्थाले आफ्ना सदस्याहरुलाई कर्जा र वचत कारोबार संगै व्यवसायिक सिप विकास तालिम ,ग्राहक संरक्षण कोष मार्फत सेवा सुविधा, सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रम, भविष्यमा आइपर्ने जोखिम वहनको व्यवस्थापन,विना धितो वा धितोमा सामुहिक जमानीमा कर्जा लगानि गदै आएको छ ।

छुटाउनुभयो कि ?

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...