Breaking news 2

आज गाईजात्रा पर्व मनाइदै

आज गाईजात्रा पर्व मनाइदै

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज
काठमाडौँ प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ ।एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प...
कैलाली कारागारमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन, परिस्थिति नियन्त्रणमा

कैलाली कारागारमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन, परिस्थिति नियन्त्रणमा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
सुदूरपश्चिम धनगढीस्थित कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले कारागारको परिस्थिति प्रहरी प्रशासनको नियन्त्रणमा रहेको बताए । “कारागारमा उत्पन्न परिस्थितिलाई सामान्य बनाइराख्न कारागार परिसरमा ५० जना सुरक्षाकर्मी परिचालन गरेका छौँ”, उनले भने,“झडपको घटनापछि कैदीबन्दीका आफन्त भेट्न पुगिरहेकाले उहाँहरूलाई भेटघाटको व्यवस्थापन गरिरहेका छौँ ।”  घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा आजै बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा घटनाको छानबिनका लागि समिति गठन गरेको छ ।  कारागारमा कैदीबन्दीबीच शुक्रबार राति भएका झड्पका घाइते धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको उपचारका क्र...
मदन-आश्रित स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रदिप ज्ञवाली

मदन-आश्रित स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रदिप ज्ञवाली

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौमदन-आश्रित स्मृति प्रतिष्ठानकाे ३१औं साधारणसभाबाट नेकपा एमालेका उपमहासचिव तथा पुर्वमन्त्रि प्रदिप ज्ञवाली अध्यक्षमा सर्वसहमत निर्बाचित भएका छन्।जिम्मेवारी लिए पश्चात् ज्ञवालीले सामाजिक सञ्जाल मार्फत संस्थालाई वैचारिक अनुष्ठान, प्राविधिक -प्राज्ञिक ज्ञान एवं अध्यायन-अनुसन्धान - रुपान्तरण अभियानकाे केन्द्र वनाउने धारणा रहेकाे वताएका छन्।उनले अभियानमा सबैको सहयोग र सद्भावकाे अपेक्षा गरेकाे वताएका छन्।ज्ञवाली वैचारिक ,कुटनैतिक एवं कम विवादमा आउने नेता मध्येमा पर्दछन्। ...
रवि लामिछानेमाथि कुनै किसिमको मानव अधिकार हनन भएको छैन – कारागार कार्यालय

रवि लामिछानेमाथि कुनै किसिमको मानव अधिकार हनन भएको छैन – कारागार कार्यालय

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
भैरहवा जिल्ला कारागार कार्यालय भैरहवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि कुनै किसिमको मानव अधिकार हनन नभएको बताएको छ। कारागार कार्यालयले एक बिज्ञप्ती जारी गर्दै रास्वपा सभापति लामिछानेप्रति कुनै फरक व्यवहार नगरिएको बताएको हो।  कारागार कार्यालयले निकालेको बिज्ञप्तीमा समय समयमा लामिछानेलाई भेट गरी समस्या तथा आवश्यकताका सम्बन्धमा सोधपुछ गर्ने गरेको र देखिएका समस्या समाधानसमेत गरेको उल्लेख छ।  कारागार प्रशासक सुरेश भण्डारीले जारी गरेको बिज्ञप्तीमा कारागारमा रहेका अन्य कैदीबन्दी सरह पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहनुभएका लामिछानेलाई व्यवहार गरिएको र लामिछानेंको सुरक्षाका लागि अलग्गै बस्ने ब्यवस्था मिलाईएको उल्लेख छ।   कारागार प्रशासक भण्डारीले लामिछानेलाई भेटघाटका लागि आउनेहरुको भिडभाड हुने भएकोले त्यसको ब्यवस्थापन र पुर्व उ...
झलनाथलाई माधव नेपालले भनेः ओलीजीको सेवा गरेर बस

झलनाथलाई माधव नेपालले भनेः ओलीजीको सेवा गरेर बस

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
बुटवल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सेवा गरेर बस्न सल्लाह दिएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन्। उनले विद्रोह गरेर नयाँ पार्टी बनाउने अनि अहिले विद्रोह गरेको औचित्य छैन भन्ने कुरा गर्न पार्टीको अनुशासन विपरीत रहेको तर्क गरे। उनले विद्रोहको औचित्य छैन भने एमालेमा गएर अध्यक्ष ओलीको सेवा गर्न सल्लाह दिए। पार्टीको हित र पक्षमा मात्रै प्रचार प्रसार गर्न र सञ्चारमाध्यममा अभिव्यक्ति दिन उनको निर्देशन छ। संविधान मिच्ने, संसद विघटन गर्नुको कारण नै एमालेबाट विद्रोह गरेर नयाँ राजनीतिक दल बनाएको उनको स्पष्टोक्ति छ। अध्यक्ष नेपालले भने, ‘पार्टीको हित र पक्षमा प्रचार प्रसार गर्नुपर्छ। पार्टीको प्रतिष्ठा बढाउनका लागि, पार्टी हितक...
सुनौली नाका हुँदै भारतबाट खाडी मुलुक लैजान लागिएका ४० महिलाको उद्धार

सुनौली नाका हुँदै भारतबाट खाडी मुलुक लैजान लागिएका ४० महिलाको उद्धार

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं नेपालबाट भारतहुँदै विभिन्न खडी मुलुकमा लैजान लागिएका महिलालाई उद्धार गरिएको छ । सुनौली नाकाबाट ४० जना नेपालीको उद्धार गरिएको हो । विदेशमा काम लगाइदिने भन्दै गैरकानुनी रुपमा उनीहरुलाई त्यहाँ पुर्‍याइएको थियो ।   उनीहरुलाई घरेलु कामदारका रुपमा कुवेत, साउदी, ओमान र दुबइलगायतका खाडी मुलुकहरूमा लैजान लागिएको खुलेको छ । उनीहरूलाई नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा ‘किन इन्डिया’ले उद्धार गरेको हो । उनीहरूलाई आज काठमाडौं ल्याइँदैछ । ...
विद्यालय शिक्षा विधेयकमा सहमति खोजिँदै, परामर्श उपसमितिको प्रस्ताव प्रस्तुत

विद्यालय शिक्षा विधेयकमा सहमति खोजिँदै, परामर्श उपसमितिको प्रस्ताव प्रस्तुत

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अहिले बसिरहेको छ। बैठकमा परामर्श उपसमितिले तयार पारेको सहमतिको प्रस्ताव समितिका सभापति अम्मरबहादुर थापाले प्रस्तुत गरेका छन् । उपसमितिले शिक्षक बढुवा प्रक्रिया तीनवटा आधारमा गर्ने प्रस्ताव अघि सारेको छ। साथै, शिक्षकको कार्यसम्पादन मूल्याङ्कनका लागि आवश्यक न्यूनतम अंक घटाएर ८० बनाउने सुझाव पनि सोही प्रस्तावमा समावेश गरिएको छ । शिक्षक महासंघसँग सम्बन्धित व्यवस्थामा पनि परामर्श उपसमितिले स्पष्ट सन्देश दिएको छ । महासंघको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा तिनीहरूको सदस्यता प्रधानाध्यापक रहेसम्म स्वतः निष्क्रिय हुने प्रस्ताव गरिएको छ। यस्तै, महासंघको सदस्यताका आधारमा कुनै अतिरिक्त सेवा-सुविधा वा जिम्मेवारीबाट छुट नपाउने व्यवस्था पनि प्रस्तावमा उल्लेख छ । न...
विद्यालय शिक्षा विधेयकमा छलफल गर्न समितिको बैठक बस्दै

विद्यालय शिक्षा विधेयकमा छलफल गर्न समितिको बैठक बस्दै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौं शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आजका लागि बोलाइएको छ । दिउसो २ बजे बस्ने बैठकले बहुचर्चित विद्यालय शिक्षा विधेयक सम्बन्धि उपसमितिको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । यस अघि पटक पटक बसेको बैठक अनिर्णित हुदा समिति निष्कर्षमा पुग्न सकेको थिएन । यस अघि गत असर २२ गतेनै समितिबाट विधेयक पारित गर्ने तयारी गरिएको भएपनि अन्तिम समयमा शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमा केही विषयमा सहमति हुन बाँकी रहेकाले बैठक स्थगित गर्न आग्रह गरेपछि समितिको बैठक कुनै निर्णय नगरी स्थगित गरिएको थियो । सरकारले आन्दोलनरत शिक्षकहरुसँग असार १५ गतेसम्म विधेयक पारित गर्ने सहमति गरेको भएपनि सो समयमा समितिमै यो विधेयक टुंगोमा पुग्न सकेको छैन । ...
विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध साउन ३० गते प्रदर्शन गर्ने

विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध साउन ३० गते प्रदर्शन गर्ने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकन सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोध गर्ने भएको छ ।  अमेरिकन सहयोग एमसिसी परियोजनाविरुद्ध देशभर नेकपाले विरोध प्रदर्शन गर्ने भएको हो । नेकपाको एमसिसी सरोकार समितिका संयोजक भरत सीले साउन ३० गते देशका मुख्य सहरमा एमसिसी विरुद्ध जनप्रदर्शन गर्न लागेको जनाएका छन्।   ‘एमसिसी विरुद्ध नेकपासँगै स्वाभिमानी नेपाली जनता आन्दोलनरत छन् । परिमार्जनबिना जबरजस्ती पुनः एमसिसी लाद्नु घातक छ । एमसिसी विरुद्धको न्यायोचित देशभक्तिपूर्ण जनसङ्घर्ष अघि बढाउन र सफल पार्न सम्पूर्ण देशभक्त, वामपन्थी, कम्युनिस्ट, समाजवादी र गणतन्त्रवादी शक्तिलाई हार्दिक अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ। ...
असोज १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

असोज १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार
काठमाडौं सवारी साधनमा अब इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेश मन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको छ । मंगलबार सम्पन्न बैठकले २०८२ असोज १ गतेदेखि अनिवार्य रूपमा ईम्बोस्ड नम्बर जडान गर्ने/गराउने निर्णय गरेको हो। सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरूबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा २०८२ असोज १ गते देखि लागू हुने गरी अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने र सोको कार्यान्वयनका लागि प्राविधिक सहयोग विभागले उपलब्ध गराउने र गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरी समेत परिचालन गरी प्रभावकारी नियमन गर्ने बैठकको निर्णय गरेकाे छ। यसै गरी सुरक्षण मुद्रण सम्बन्धी ऐन, २०८१ को दफा ९ अनुसार सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच छ...