देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा


काठमाडौँ

प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेस पनि सर्वोच्च अदालत पुगेको छ। शुक्रबार नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटे लगत्तै आइतबार सर्वोच्चमा रिट दायर गरिएको हो।
प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको विघटित प्रतिनिधि सभामा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताए। ‘वारेसमार्फत सर्वोच्च अदालतमा रिट दिएका छौँ,’ घिमिरेले भने।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभा विघटनलाई असंवधौनिक भनेको थियो। यसअघि नेकपा (एमाले)ले पनि प्रतिनिधि सभा विघटनविरुद्ध मंसिर ९ मा सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालत गएपछि एमालेले अन्य पार्टीको पनि साथ खोजिरहेको थियो। त्यसकै क्रममा एमाले अध्यक्ष ओलीले शुक्रबार कांग्रेस सभापति देउवालाई भेटेका थिए।

जेनजी आन्दोलनपछि देउवा र ओलीबीच पहिलो पटक भेटवार्ता भएको थियो। भेटवार्तापछि कांग्रेस पनि एमालेकै ‘लाइन’मा देखिएको छ।

आन्दोलनअघि कांग्रेस–एमालेले सत्ता साझेदारी गरेका थिए। कांग्रेसको समर्थनमा ओलीले सरकारको नेतृत्व गरिरहेका थिए।

जेनजी आन्दोलनपछि ओलीले राजीनामा दिएका थिए। त्यसलगत्तै भदौ २७ गते बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले संसद् विघटन गर्ने निर्णय गरेको थियो। सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरी आउँदो फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरेका थिए।

प्रतिनिधि सभा विघटनलाई सबै राजनीतिक दलले असंवैधानिक भनेका छन्। अन्य दलले चुनावमा जानुपर्ने निर्णय गरे पनि एमाले भने संसद् पुनःस्थापनको मुद्दा लिएर सर्वोच्च अदालत पुगेको थियो।

अहिले आएर कांग्रेसले पनि एमालेकै बाटो पछ्याउँदै प्रतिनिध सभा पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा रिट दिएको हो। प्रतिनिधि सभा विघटनविरुद्ध १८ वटा रिट सर्वोच्च अदालतमा विचाराधिन छन्।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...