मतदाता नामावलीको त्रुटी सच्याउन र दाबि विरोधका लागि मङ्सिर २६ सम्मको समय


काठमाडौँ
निर्वाचन आयोगले फागुन २१ हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मतदान गर्न मतदाता नामावलीमा नाम दर्ता गरेका मतदाताले मङ्सिर २६ गतेसम्म त्रुटी सच्याउने समय दिएको छ ।
आयोगले मङ्सिर २६ गतेसम्म मतदाताले नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र नाम कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने लगायतका मतदाता नामावली अद्यावधिक (दाबी विरोध) कार्यक्रममा उल्लिखित कार्यहरू गर्ने गरी कार्यक्रम निर्धारण गरिएको जानकारी दिएको छ ।
आयोगले सूचना बमोजिम मतदाता नामावली अद्यावधिक प्रक्रिया पूरा भएपछि अन्तिम मतदाता नामावली प्रकाशित हुने जनाएको छ ।
साथै मतदाताको सहजताका लागि तोकिएको मापदण्ड र प्रक्रिया बमोजिम जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको सिफारिससमेतका आधारमा आयोगबाट केही मतदान स्थलहरू पुनरावलोकन गरिएको हुँदा आफूले मतदान गर्ने मतदान स्थल यकिन गरी आफ्नो वडाभित्र रहेका मतदान स्थलमध्ये आफूलाई पायक पर्ने मतदान स्थल छनोटका लागि अनलाइन https://applyvr.election.gov.np वा प्रदेश/जिल्ला निर्वाचन कार्यालयमार्फत निवेदन गर्न सकिने आयोगले जनाएको छ ।

त्यस्तै मतदाता नामावली अद्यावधिक (दाबी विरोध) कार्यक्रम अन्तर्गत मतदाता नामावलीलाई त्रुटिरहित र थप शुद्ध तुल्याउन आम मतदाता तथा सबै सरोकारवालाको सहभागिता अपरिहार्य रहेकोले मङ्सिर २६ सम्म त्रुटि सच्याउन अनलाइन प्रणालीबाट निवेदन, सूचना एवम् उजुरी दिने कार्यमा सबै सरोकारवालाहरूको सक्रिय सहभागिताको लागि आयोगले अपिल गरेको छ ।

आयोगले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्दा आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट मिति (कट अफ डेट) निर्धारण गरी मङ्सिर ५ गतेसम्म देशभरबाट सङ्‍कलित मतदाताको विवरणलाई अद्यावधिक गर्ने गरी आयोगबाट मङ्सिर २० गते निर्णय गरेको छ ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...