बुटवल नगरको निर्णय : विपद् प्रभावित पाँच घरलाई तीन महिनासम्म मासिक १५ हजार राहत
बुटवलबुटवल उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठक नगर प्रमुख खेलराज पाण्डेको उपस्थितिमा सम्पन्न भएको छ। बैठकले बुटवल–११ टप मजुवामा विपद्का कारण पूर्ण तथा आंशिक क्षति भएका घरपरिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ।
बैठकले पूर्ण क्षति भएका तीन घर र आधा क्षति भएका दुई घरलाई मासिक १५ हजार रुपैयाँका दरले तीन महिनासम्म राहत उपलब्ध गराउने निर्णय गरेको हो।
नगर प्रमुख खेलराज पाण्डेले विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउनु स्थानीय सरकारको प्राथमिकता भएको बताउँदै जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय गरेर काम अघि बढाइने बताए।
यस्तै, टप मजुवा क्षेत्रमा पक्की ढलान गरिएको पर्खाल निर्माणको काम छिटोभन्दा छिटो अघि बढाउन जनताको तटबन्ध कार्यालयलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ। जोखिमयुक्त क्षेत्रमा थप क्षति हुन नदिन आवश्यक संरचन...








