Breaking news 2

पत्रकार महासङ्घ रुपन्देहीको स्थापना दिवस: फुटसल प्रतियोगिताको आयोजना

पत्रकार महासङ्घ रुपन्देहीको स्थापना दिवस: फुटसल प्रतियोगिताको आयोजना

Breaking news 2, खेलकुद, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेपाल पत्रकार महासङ्घ रुपन्देहीले ७१औँ स्थापना दिवसका अवसरमा मिडिया कप र कर्पोरेट कप फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।महासङ्घ रुपन्देहीले यही चैत १६ र १७ गते दोस्रो मिडिया कप फुटसल प्रतियोगिता र दोस्रो कर्पोरेट कप फुटसल प्रतियोगिताको आयोजना गरेको कार्यक्रम संयोजक सुमन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बुटवल ८ सुख्खानगर नमूनापथ स्थित एडरिक फुटसल कोर्टमा आयोजना हुने फुटसल प्रतियोगिता अन्तर्गत मिडिया कप फुटसल प्रतियोगिताको पुरस्कार राशि प्रथम हुनेलाई रु। २० हजार र दोस्रो हुनेलाई १५ हजार, मेडल, कप र प्रमाणपत्र प्रदान गरिनेछ ।यस्तै, कर्पोरेट कप फुटसल प्रतियोगिताको विजेताले रु। ३० हजार र दोस्रो हुनेले २० हजार तथा मेडल, कप र प्रमाण पत्र प्राप्त गर्ने उनले बताए । विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र कर्पोरेट कपमा अनुशासित टिमलाई समेत पुरस्का...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री आचार्यसँग धरौटी माग

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री आचार्यसँग धरौटी माग

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँपोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रियामा भ्रष्टाचार मुद्दामा पूर्वपर्यटन मन्त्री भीम आचार्यलाई साढे २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश विशेष अदालतले दिएको छ। सोमबार न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले यो निर्णय गरेको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंसिर २१ गते उक्त विमानस्थल निर्माणसँग सम्बन्धित मुद्दा दायर गरेको थियो। मुद्दामा आचार्यसहित पाँच जना पूर्वमन्त्रीलाई प्रतिवादी बनाइएको थियो, जसमा पूर्वअर्थमन्त्री रामशरण महत, पूर्वपर्यटन मन्त्रीहरू रामकुमार श्रेष्ठ, दिपक अमात्य र पोष्टबहादुर बोगटी रहेका छन्। अभियोगपत्रअनुसार, मन्त्रिपरिषदले २०७० पुस ११ गते ‘अधिकारप्राप्त अधिकारीबाट प्रचलित कानुन बमोजिम निर्णय हुने विषयमा मन्त्रिपरिषदबाट केही गर्नु नपर्ने’ निर्णय गरेको थियो। तर आचा...
प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट वार्ता

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट वार्ता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्ण रूपमा निकास भएको भन्दै बधाइ ज्ञापन गरेका थिए। 'समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ। यो सामान्य कुरा होइन। यो सफलताका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको मन्त्रिपरिषद र सचिवालय टिमलाई बधाइ र धन्यवाद दिन चाहन्छु,' लामिछानेको सचिवालयद्वारा जारी विज्ञप्तिमा उनका भनाइ उद्धृत गरिएको छ। उनले थप भनेका छन्, 'यहाँको चट्टानी अडान र दृढताकै कारण मुलुकले निकास पायो। विगतका कुनै पनि निर्वाचनभन्दा शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय निर्वाचन सम्भव भएको छ। सानो टिम र छोटो समयमा विश्वलाई नै चकित पार्ने गरी निर...
नेपालको वर्तमान राजनीतिक अवस्था गम्भीर मोडमा छ: नेकपा मसाल- राजमो

नेपालको वर्तमान राजनीतिक अवस्था गम्भीर मोडमा छ: नेकपा मसाल- राजमो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलनेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान राजनीतिक अवस्थालाई गम्भीर मोडमा पुगेको बताएका छन् । चैत ५ र छ गते बुटवलमा भएको केन्द्री कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले अहिले आएको जनमत अमेरिकी डिजाइन र योजनामा आएको आरोप लगाए । उनले हालै सम्पन्न आम निर्वाचन, देशभर भएका आन्दोलन तथा हिंसात्मक घटनाबारे आफ्नो पार्टीको धारणा सार्वजनिक गर्दै यसलाई जनमत भन्न नमिल्ने दाबी गरे । उनले आम निर्वाचन नेपालको आवश्यकता, संविधानको मर्म र जनताको चाहनाअनुसार नभई बाह्य शक्ति, विशेषतः अमेरिकी रणनीतिअनुसार भएको आरोप लगाए । संसद् विघटनदेखि पुनः निर्वाचनसम्मको प्रक्रिया योजनाबद्ध रूपमा अघि बढाइएको दाबी गर्दै उनले त्यसबाट देशमा कठपुतली सरकार निर्माणको आधार तयार भएको टिप्पणी गरे । महामन्त्री सिंहल...
पाल्पामा टिपर दुर्घटना : मृतक संख्या चार पुग्यो

पाल्पामा टिपर दुर्घटना : मृतक संख्या चार पुग्यो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवलपाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा गम्भीर घाइते भएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। प्रहरीका सूचना अधिकारी डिएसपी होमप्रकाश चौधरीका अनुसार उनको भैरहवास्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। यसअघि दुर्घटनामा अर्घाखाँची शीतगङ्गा–४ सिद्धाराका चालक २६ वर्षीय चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देही देवदह–२ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको ज्यान गएको थियो। शनिबार बेलुका झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा चालकसहित चार जना पुरुष घाइते भएक...
वर्षाका कारण दाउन्ने सडक अवरुद्ध

वर्षाका कारण दाउन्ने सडक अवरुद्ध

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
बुटवलबुटवल-नारायणगढ सडक खण्ड अन्तरगत दाउन्नेमा गयरातीदेखि सडक अवरुद्ध भएको छ । वर्षासँगै सडक हिलाम्य भएपछि सवारीका साधनहरु उकालो चढ्न नसक्दा बीच बाटोमै रोकिएर सडक अवरुद्ध भएको हो ।राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार वर्षाले सडक चिप्लो भएपछि अवरुद्ध भएको हो । घाम लागेर वा सडक केही सुख्खा भएर सामान्य अवस्थामा नआउँदासम्म सुचारु हुन समस्या हुने देखिएको छ । सडक अवरुद्ध भएपछि सयौँ यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।शुक्रबारदेखिनै नेपालको मौसममा परिवर्तन आएपछि दाउन्ने क्षेत्रमा तीन दिनका लागि रातको समयमा ठूला मालबाहक सवारीलाई सञ्चालनमा रोक लगाइएको थियो । सडक बिस्तारको काम भैरहेको यस क्षेत्रमा वर्षात तथा सीतलहरको समयमा सडक चिप्लो भएर पटक-पटक अवरुद्ध हुँदै आएको छ । सडक आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिह...
लुम्बिनी,सुदूरपश्चिम र कर्णालीमा मेघगर्जन र चट्याङसहित वर्षा

लुम्बिनी,सुदूरपश्चिम र कर्णालीमा मेघगर्जन र चट्याङसहित वर्षा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँअहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लामा मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा भइरहेको छ । हुम्ला, कालिकोट, अछाम, सुर्खेत, बर्दिया, दाङ, बाँके र कपिलवस्तु लगायतका जिल्लामा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पछिल्लो एक घण्टामा सबैभन्दा धेरै वर्षा दाङको अम्मरपुरमा ३२.८ मिलिमिटर मापन भएको छ । त्यस्तै, रुपन्देहीमा पनि दिउँसोपछि मौसम बदली भएको छ । आज लुम्बिनी, मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा हावाहुरी करिब ५०–६० किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने सम्भावना रहेको छ । यसका कारण रुख ढल्ने, कमजोर संरचना तथा घरका छाना उड्ने, साथै विद्युत र सञ्चार सेवा प्रभावित हुन सक्ने जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । ...
कतारको ग्यास उत्पादन केन्द्रमा इरानको भिषण आक्रमणमा, विश्वव्यापी ऊर्जा संकट गहिरिने संकेत

कतारको ग्यास उत्पादन केन्द्रमा इरानको भिषण आक्रमणमा, विश्वव्यापी ऊर्जा संकट गहिरिने संकेत

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौँइरानको आक्रमणपछि कतारको तरलीकृत प्राकृतिक ग्यास उत्पादनमा ठूलो क्षति पुगेको छ । कतारको रक्षा मन्त्रालयका अनुसार इरानले पाँचवटा क्षेप्यास्त्र प्रहार गरेकोमा चारवटा आकाशमै रोकिने गरी नष्ट गरिएका थिए भने एउटा रास लाफान औद्योगिक क्षेत्रमा खसेको थियो । उक्त क्षेत्रमा राज्य स्वामित्वको ग्यास उद्योग, इन्धन प्रशोधन केन्द्र र ठूलो औद्योगिक संरचना रहेका छन् । घटनापछि आगलागी नियन्त्रण गर्न तत्काल उद्धार टोली परिचालन गरिएको कतार ऊर्जा कम्पनीले जनाएको छ। आक्रमणबाट ठूलो भौतिक क्षति पुगेको बताइएको छ । यो घटनाले पश्चिम एसियामा जारी युद्धलाई थप चर्काएको छ र विश्व ऊर्जा बजारमा गम्भीर असर पर्ने संकेत देखिएको छ। कतार विश्वकै दोस्रो ठूलो ग्यास निर्यातकर्ता देश हो र एसियामा सबैभन्दा ठूलो आपूर्तिकर्ता मानिन्छ । विश्लेषकहरूका अनुसार रास लाफान क्षेत्रबाट विश्वको करिब पाँचौँ हिस्सा ग्यास आपूर्...
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौंनेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । यसअघि काठमाडौं-४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही-४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा अमरेशकुमार सिंहले पराजित गरे ।रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा दोस्रो भएको कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ ।चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरुले राजीनामा नदिन सुझाव र दबाब दिँदै आएका थिए ।थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएका थिए । थापाले दिएको राजीनामाबारे पार्टीको आगामी बैठकले निर्णय लिनेछ । केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बोलाइएको छ । ...
नवनिर्वाचित पार्टीका सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

नवनिर्वाचित पार्टीका सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा जारी कार्यक्रममा आज सभापतिको सम्बोधनको तालिका छन् । मंगलबारबाट जारी अभिमुखीकरणमा सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी हुन पाएका थिएनन् ।आज सभापति लामिछाने र वरिष्ठ नेता शाह समापनमा सहभागी हुन लागेका हुन् । ...