आफन्तको तस्बिर वोकेर ‘शवगृह’बाहिर



चितवन
भरतपुरका ठाकुरप्रसाद कँडेल र लिलावती सापकोटा बिहीबार बिहानैदेखि भरतपुर अस्पतालको ‘पोस्टमार्टम घर’बाहिर छन् । उनीहरुले हातमा दुई युवकको फोटो देखिन्छ ।

ती दुई युवक हुन्– माधव न्यौपाने र सबिन न्यौपाने । उनीहरु लीलावतीका भाइ पर्छन् । तिब्बत हुँदै नेपालतर्फ बुधबार बिहान आएको बाढीमा परेर उनीहरु बेपत्ता छन् । अहिलेसम्म उनीहरुको अवस्थाबारे केही थाहा छैन ।

ठाकुरका अनुसार माधव चीन र नेपालतर्फ सामान आयात–निर्यातमा संलग्न छन् । सबिन बैंकका कर्मचारी हुन् ।
संकलन गरेर ल्याइएका शव पनि उनीहरुले हेरे । त्यहाँ दुवै भेटिएनन् । उनीहरुले संकलित शवको विक्षिप्त अवस्था पनि सुनाए । ‘केही शवको टाउको नै छैन । केही शव चिनियाँ नागरिकजस्तो देखियो,’ कहालीलाग्दो अवस्था सुनाउँदै ठाकुरले थपे, ‘हामीले खोजिरहेकाहरु यहाँ भेटिएनन् ।’

अस्पतालको शव गृहबाहिर अन्य बेपत्ताका परिवार र आफन्त पनि जम्मा भएका छन् । उनीहरुले फोटो प्रिन्ट गरेर र मोबाइलमा आफूले खोजी गरिरहेकाहरुको तस्बिर लिएर आएका छन् ।

छुटाउनुभयो कि ?

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...
रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

बुटवलयातायात व्यवस्था कार्यालय, रुपन्देहीमा लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई गैरकानुनी रूपमा सवारी ...