लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवन निर्माणको ४५ प्रतिशत काम सम्पन्न



बुटवल
लुम्बिनी प्रदेश सरकारको गौरव आयोजनाको रूपमा निर्माणाधीन लुम्बिनी प्रादेशिक अस्पतालको भौतिक पूर्वाधार निर्माण कार्यले तीव्रता पाएको छ। यस आयोजनाको भौतिक प्रगति ४५ प्रतिशत पुगिसकेको लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छबिराज पोखरेलले बताए ।

कुल ७,७०० वर्गमिटर (१ बिघा २ कठ्ठा १४ धुर) क्षेत्रफलमा मुख्य १० तल्ला र २ तहको बेसमेन्टसहितको ७०० बेडको भवन तथा ५ तल्ला र १ तहको बेसमेन्ट भएको १०० बेडको क्यान्सर अस्पताल गरी दुवै अत्याधुनिक संरचनाको निर्माण कार्य एकसाथ अगाडि बढिरहेको छ। मुख्य भवनको बेसमेन्ट, जग तथा तल्ला ढलानको काम तीव्र रूपमा भइरहेको उनले बताए ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्रमार्फत छनोट भएको निर्माण कम्पनी क्यापासाइत-आशिष् रेलिगेशन जेभीसँग २०८० पुस २६ गते ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ७ अर्ब १५ करोड १४ लाख ७३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

निर्माणको गुणस्तर कायम राख्न काठमाडौं विश्वविद्यालयअन्तर्गतको टोलीलाई जी-टु-जी माध्यमबाट सुपरिवेक्षण कन्सल्टेन्टका रूपमा खटाइएको छ। भौतिक काम द्रुत गतिमा भए पनि आयोजनाको वित्तीय अवस्था भने चुनौतीपूर्ण र चिन्ताजनक बनेको छ। हालसम्मको वित्तीय प्रगति करिब २७.३३ प्रतिशत (करिब २ अर्ब ९ करोड रुपैयाँ) मात्र रहेको कार्यकारी प्रमुख पोखरेलले बताए ।
प्रदेश सरकारले सम्झौता अनुसारको बजेट वार्षिक रूपमा विनियोजन गर्न नसक्दा ठूलो दायित्व थपिँदै गएको छ। चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको १ अर्ब रुपैयाँ बजेटमध्ये ८५ करोड रुपैयाँ अघिल्लो वर्षकै बक्यौता भुक्तानीमा सकिएपछि निर्माण कम्पनीलाई ठूलो रकम भुक्तानी गर्न बाँकी रहेको छ। सरकारले समयमै महिना अनुसारको बिल भुक्तानी गर्न नसक्दा निर्माण कम्पनीले हाल आफ्नै स्रोत र उधारोमा काम अगाडि बढाइरहेको उनले बताए ।

यदि सरकारले आवश्यक बजेट समयमै निकासा गरी भुक्तानी सहजीकरण गर्ने हो भने ५ वर्षको तोकिएको समयसीमा अगावै यो अत्याधुनिक अस्पताल निर्माण सम्पन्न भई सञ्चालनमा आउन सक्ने उनले बताए ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...