Breaking news 2

सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी : मुख्यमन्त्री आचार्य

सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी : मुख्यमन्त्री आचार्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी रहेको बताएका छन् । ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले राप्ती उपत्यका (देउखुरी)मा शुक्रबार आयोजना गरेको उत्कृष्ट सहकारी संस्था पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी रहेको बताएका हुन् ।उनले नियत खराब राखेर सहकारी संस्था सञ्चालन गरेका केही सहकारीका कारण सहकारी क्षेत्र बदनाम भइरहेकोतर्फ संकेत गर्दै त्यस्ता सहकारी संस्थाहरूलाई नियमन गर्ने काम भइरहेको बताए । ‘गलत उद्देश्य बोकेर आएका सहकारीहरूले गर्दा सहकारी क्षेत्र अहिले कताकता शंकाको घेराभित्र पर्न गइरहेको छ । बाहिरबाट आएर पैसा कुम्ल्याएर गएका उदाहरणहरू पनि छन्,’ उनले भने, ‘बुटवलमा सुप्रिम सहकारी संस्थामा आवद्ध भएकाहरू अहिले अलपत्र परिरहेको अवस्था छ । त्यहाँक...
सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि नमुना आवासीय विद्यालय स्थापना गर्ने सरकारको घोषणा

सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि नमुना आवासीय विद्यालय स्थापना गर्ने सरकारको घोषणा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले अटिजम भएका बालबालिकाका लागि सातै प्रदेशमा नमुना आवासीय विद्यालय स्थापना गर्ने निर्णय गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले आवासीय विद्यालय स्थापना गर्नका लागि सातै प्रदेशमा अटिजम विद्यालय कार्यान्वयन समिति गठन गरिएको जानकारी दिएका छन् ।कार्यक्रम प्रभावकारी बनाउन अन्तर मन्त्रालय समन्वय र प्राविधिक समिति गठन गरी कार्यान्वयन तीव्र बनाएको उनले बताएका छन् । ...
रास्वपाको उपसभापति डीपी अर्याललाई सभामुख बनाउने निर्णय

रास्वपाको उपसभापति डीपी अर्याललाई सभामुख बनाउने निर्णय

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुख बनाउने निर्णय गरेको छ । रास्वपाको आज बसेको संसदीय दलको बैठकले अर्याललाई सभामुख बनाउने निर्णय गरेको हो । संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले गरेको प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो । “संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले उपसभापति डीपी अर्याललाई सभामुख बनाउन गरेको प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ,” रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । अर्याल काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचित सांसद हुन् । ...
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने तयारी

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने तयारी

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विदेश, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीगौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित उडान विस्तार र अन्तरराष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्ने नयाँ रणनीति अघि सारिएको छ ।विमानस्थल व्यवस्थापनले आगामी हिउँदे तालिकादेखि अन्तरराष्ट्रिय उडान सङ्ख्यामा उल्लेख्य वृद्धि गर्ने तयारी थालिएको जनाएको हो । विमानस्थलका महाप्रबन्धक श्यामकिशोर साहका अनुसार हाल सीमित रूपमा सञ्चालन भइरहेको अन्तरराष्ट्रिय उडानलाई व्यवस्थित गर्दै नियमितता दिन विशेष पहल भइरहेको छ ।“हामी गर्मीयामको तालिकादेखि उडान सङ्ख्या बढाउने लक्ष्यसहित वायुसेवा कम्पनीहरूसँग समन्वय गरिरहेका छौँ”, उनले भने । हालसम्म थाई एयर एसियाको उडानमार्फत बौद्ध धर्मावलम्बीलाई लक्षित सेवा दिँदै आइएको थियो । पछिल्लो हिउँदे तालिकामा सातामा दुई दिन सञ्चालन गरिएको उक्त उडानलाई आगामी याममा थप विस्तार गर्ने तयारी भइरहेको विमानस्थल प्रशासनले जनाएको छ...
आज अप्रिल १-फूल अर्थात मुर्ख बनाउने दिन, कसरी शुरु भयो मूर्ख बनाउन ?

आज अप्रिल १-फूल अर्थात मुर्ख बनाउने दिन, कसरी शुरु भयो मूर्ख बनाउन ?

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
रुपन्देहीआज अप्रिल महिनाको पहिलो दिन अर्थात् अप्रिल १ तारीक। संसारभर आज मूर्ख दिवस मनाइन्छ । प्रत्येक वर्ष अप्रिल १ मा मनाइने यो दिन विशेष गरी ठट्टा, मजाक र रमाइला झुटा समाचारमार्फत मनाउने परम्परा रहेको छ।अप्रिल फूल’ को उत्पत्तिबारे विभिन्न धारणा प्रचलित छन्। यद्यपि संसारको कुनै पनि मुलुकमा औपचारिक रूपमा भने यो दिवस मनाइँदैन । तैपनि यो दिन मानिसहरू एक–अर्कालाई मूर्ख बनाएर मनोरञ्जन गर्छन् अर्थात् १ अप्रिललाई ख्यालठट्टा गर्ने दिन रूपमा लिएको पाइन्छ ।अप्रिल फूल किन र कहिलेदेखि मनाउन थालियो भन्ने कुराको कुनै आधिकारिक तथ्य उपलब्ध छैन। मध्यकालमा युरोपका धेरै सहरमा २५ मार्चका दिन नयाँ वर्ष मनाइन्थ्यो जुन अप्रिल १ मा अन्त्य हुन्थ्यो । इतिहासकारहरूका अनुसार अप्रिल फूलको सुरुवात १६औँ शताब्दीमा फ्रान्सबाट भएको मानिन्छ। सन् १५८२ मा Pope Gregory XIII ले Gregorian पात्रो लागू गरेपछि नयाँ वर्ष जन...
आगामी बजेटमा सुरु भइसकेका योजना प्राथमिकतामा, नयाँ योजनाको लाभ–लागत विश्लेषण अनिवार्य

आगामी बजेटमा सुरु भइसकेका योजना प्राथमिकतामा, नयाँ योजनाको लाभ–लागत विश्लेषण अनिवार्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँहाल काम सुरु भइसकेका तथा क्रमागत प्रकृतिका आयोजनालाई चाँडो सक्नेगरी पर्याप्त बजेट विनियोजन गर्ने र नयाँ योजना तथा कार्यक्रम प्रस्ताव गर्दा लाभ–लागत विश्लेषणसहित पूर्वतयारी गरिसकेर तत्काल कार्यान्वयनमा जान सक्नेलाई मात्रै बजेट प्रस्ताव गर्नेगरी मन्त्रालयहरुसँग प्रारम्भिक छलफल सुरु भएको छ ।आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमा प्रक्रियालाई थप अनुशासित, परिणाममुखी र यथार्थपरक बनाउने उद्देश्यले राष्ट्रिय योजना आयोगले बजेट तर्जुमा ‘चेकलिस्ट’ तयार पारेको हो । आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने योजना तथा कार्यक्रमबारे आयोगले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको आयोगका सहायक प्रवक्ता डा दिवाकर लुइँटेलले जानक...
प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा ६३ उपसचिव खटाइयो

प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा ६३ उपसचिव खटाइयो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
काठमाडौंसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा ६३ जना उपसचिव खटाउने निर्णय गरेको छ।मन्त्रालयका अनुसार सोमबार गरिएको निर्णयअनुसार उपसचिव वा सो सरहका कर्मचारीहरूलाई लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत खाली रहेका स्थानीय तह तथा जिल्ला समन्वय समितिहरूमा खटाइएको हो।खटाइएका कर्मचारीमध्ये केहीलाई सरुवा गरिएको छ भने अधिकांशलाई सम्बन्धित स्थानीय तहमा कामकाज गर्न पठाइएको मन्त्रालयले जनाएको छ।स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण सेवा प्रवाहमा समस्या देखिँदै आएको अवस्थामा मन्त्रालयले उक्त निर्णय गरेको बताइएको छ। मन्त्रालयका अनुसार यसबाट स्थानीय तहको प्रशासनिक कार्यसम्पादनमा सुधार आउने अपेक्षा गरिएको छ। ...
सन नेपाल लाइफ इन्स्योरेन्सका सिइओ अर्याल पक्राउ

सन नेपाल लाइफ इन्स्योरेन्सका सिइओ अर्याल पक्राउ

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँसन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्याल पक्राउ परेका छन् ।अर्याललाई धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गतको कसूरमा पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले जानकारी दिएको छ ।कर्मचारीका लागि छुट्याइएको सेयर बाँडफाँटसम्बन्धी कागजातमा अनियमितता देखिएको आरोपमा अर्याललाई पक्राउ गरिएको सिआईले जनाएको छ ।नियामक निकायलाई पेश गरिएका सक्कल आवेदन र प्रतिलिपिबीच विवरण फरक देखिएपछि अनुसन्धान अघि बढाइएको थियो । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक प्रतिवेदनका आधारमा धितोपत्र ऐनको दफा १०० विपरीत कसूर भएको देखिएको जनाइएको छ ।जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएपछि अर्याललाई काठमाडौँ महानगरपालिका–२९ पुतलीसडकस्थित न्यूप्लाजाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । ...
लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवललुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई काठमाडौँको धुम्बाराहीबाट आइतबार मध्यराति पक्राउ गरेको हो ।नेकपा एमालेकाे तर्फबाट लुम्बिनी प्रदेश सभाकाे निर्वाचित सांसद रहेकी रेखा शर्मालाई ८ वर्षदेखि एक बालिकालाई बन्दी बनाई घरेलु कामदारका रूपमा हिंसा र दैनिक कुटपिट गर्दै आएको अभियोगमा पक्राउ गरिएको हो।उनीमाथि नाबालिकालाई घरेलु कामदार राखेर कुटपिट गरेको भन्दै महानगरपालिकाले प्रहरीमा उजुरी दिएको थियो । राजनीतिक प्रभावका कारण उनीमाथिको मुद्दा अघि बढ्न सकेको थिएन । महानगरले मुुलुकी फौजदारी संहिता ऐन २०७४ को दास बनाउन नहुने कसुर अन्तर्गत कारबाही लागि प्रहरीमा उजुरी दिएको थियो । शर्मालाई गिरफ्तारीका लागि अदालतले पक्राउ पुर्जी नदिएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थिएन । महानगरले उजुरी दिँदा पनि प्रहरी कारबाही अघि नबढाएपछ...
२०६२ सालयताका उच्चपदस्थको सम्पत्ति छानबिन गरिने, १५ दिनभित्र समिति गठन गरिने

२०६२ सालयताका उच्चपदस्थको सम्पत्ति छानबिन गरिने, १५ दिनभित्र समिति गठन गरिने

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसरकारले २०६२/६३ देखि हालसम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको सङ्कलन, प्रमाणीकरण तथा छानबिन १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने भएको छ ।शुक्रबारको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धि एक सय कार्यसूचीमा पहिलो चरणमा २०६२/६३ देखि हालसम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति गर्न समिति बनाउने भएको हो ।सो निर्णयमा भनिएको छ- 'देशमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा दण्डहीनताको अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहने गरी १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने । सो समितिमा कानुन, अर्थ, राजस्व तथा अनुसन्धान क्षेत्रका विज्ञ तथा सम्बन्धित निकायका प्रतिनिधिहरू समावेश गर्न...