Breaking news 2

रेसुङ्गा क्याम्पसको अवस्था सुधारको लागी कर्मचारी हेरफेर गरिदै ।

रेसुङ्गा क्याम्पसको अवस्था सुधारको लागी कर्मचारी हेरफेर गरिदै ।

Breaking news 2, ताजा अपडेट, शिक्षा, समाचार
गुल्मी । आर्थिक रुपमा थला पर्दै गएको गुल्मीको रेसुंगा बहुमुखी क्याम्पस भित्रको वेथिती अन्त्य गर्न क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामी निर्मम बन्ने संकेत देखाएका छन् । उनले मंगलबार पत्रकार सम्मेलन गर्दै त्यस्तो संकेत देखाएका हुन् । भलामीले राजनीतिक नियुक्ती जस्तो गरि प्राध्यापक र कर्मचारी भर्ना हुने , सञ्चालक समिति पनि राजनैतिक भागबण्डा मै चुनिने भएकोले क्याम्समा बेतिथी आएको धारणा राखे ।उनले भने– ‘यहाँ भित्रका बेथिती र अनुत्तरदायि प्रबृत्ति देखिएको पाईयो, त्यसको अन्त्य गर्दै क्याम्पसलाई पुरानै लयमा होईन, नयाँढंगबाट सञ्चालन गर्नका लागि हामी निर्मम बन्न तयार छौं र हामी भन््न चाहन्र्छा कि राजनीतिक कोट र जुत्ता गेट बाहिरै निकालेर विद्यार्थी पढाउन क्याम्पस छिर्नुस ।” ७ महिना देखिको प्राध्यापक कर्मचारीहरुको झण्डै डेढ करोड रुँपैयाँ तलव खुवाउन नसकेको कारण देखाउँदै गत साउन २...
३० अर्बको गौतमबुद्ध विमानस्थलमा अनपेक्षित सन्नाटा

३० अर्बको गौतमबुद्ध विमानस्थलमा अनपेक्षित सन्नाटा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, फिचर, माैसम, विदेश, स्थानीय
१८ भदौ, भैरहवा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिकका कारण बिहीबार विहान ९ बजे उड्नुपर्ने यति एयरलाइन्सको विमान आधा घण्टा ढिला साढे नौ बजे गन्तव्यतर्फ जान पायो । अवतरण हुँदा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भने सुनसान थियो । २ जेठ २०७९ बाट सञ्चालनमा आएको गौतमबुद्ध विमानस्थलमा हप्तामा जम्मा ३ वटा अन्तर्राष्ट्रिय उडान हुन्छ, त्यो पनि कुवेतबाट आउने जजिरा एयरको मात्र । शनिबार, सोमबार र बुधबार विहान जजिरा एयरको विमान यात्रु लिएर आउँछ र एकाध घण्टामा यात्रु भरेर फर्किन्छ । यो अन्तर्राष्ट्रिय विमानस्थलको साख त्यही जजिराका साप्ताहिक ३ उडानले थेगेको छ । त्यसबाहेकको बेला विमानस्थल सुस्ताउँछ । जमिनको मुआब्जासहित ३० अर्ब रुपैयाँभन्दा बढी लागतको यो विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलभित्र र अगाडि पार्किङ क्षेत्रमा कमिला दौडने गरेको भैरहवाका व्यवसायीहरु बताउँछन् । ...
७० जिल्लामा डेङ्गीको सङ्क्रमण : ललितपुरमा सबैभन्दा धेरै, ८० प्रतिशतलाई लक्षण नै देखिँदैन

७० जिल्लामा डेङ्गीको सङ्क्रमण : ललितपुरमा सबैभन्दा धेरै, ८० प्रतिशतलाई लक्षण नै देखिँदैन

Breaking news 2, ताजा अपडेट, समाचार
काठमाण्डाै - ७० जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिएको पाइएको छ । अहिलेसम्म ७० जिल्लाका २ हजार ५ सय ३९ जनालाई सङ्क्रमण पुष्टि भएको छ । विगतका वर्षमा भन्दा यसपालि डेङ्गीको सङ्क्रमण फैलिएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार वाग्मती, लुम्बिनी र प्रदेश-१ का १० जिल्लामा डेङ्गीको सङ्क्रमण धेरै फैलिएको छ । दाहालका अनुसार डेङ्गीको सङ्क्रमण भए पनि ८० देखि ८५ प्रतिशतलाई लक्षण देखिँदैन । त्यसैले सामान्य लक्षण देखिनासाथ उपचारमा जान उहाँको सुझाव छ । सबैभन्दा धेरै वाग्मती प्रदेशको ललितपुरमा डेङ्गीका बिरामी धेरै छन् । अहिलेसम्म ललितपुरमा ८ सय ५८ जना सङ्क्रमित भएका छन् । अहिले काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल टेकुमा  दैनिक ७० जनासम्म उपचारका लागि पुग्ने गरेका ...
सरकारलाई एमालेको प्रश्न : मौका नपाएर मात्र मण्डले नभएको हो ?

सरकारलाई एमालेको प्रश्न : मौका नपाएर मात्र मण्डले नभएको हो ?

Breaking news 2, समाचार, स्थानीय
१३ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले त्रिभुवन विश्वविद्यालयमा सरकार संरक्षित गुण्डागर्दी भएको बताएको छ । विश्वविद्यालयमा बैठक नै बस्ने अवस्था नभएपछि होटलमा गएर छलफल गर्दा समेत माइन्युट च्यातिएको भन्दै एमालेले प्रधानमन्त्रीमाथि नै प्रश्न गरेको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले विश्वविद्यालय गुण्डागर्दीले त्रसित भएको बताए । सत्ता निकट विद्यार्थी संगठनले नै विश्वविद्यालयमा ताला लगाएको र बैठक बस्ने अवस्था नभएपछि होटलमा जाँदा माइन्युट खोसिएको भन्दै उनले आपत्ति जनाए । ‘आज देशको प्रधानमन्त्री कुनै बेला नेपाल विद्यार्थी संगठनको नेतृत्व गर्नुहुन्थ्यो । आजका गृहमन्त्री कुनै बेला त्यो संगठनको नेतृत्व गर्नुहुन्थ्यो । युनिभर्सिटीमा पढ्दा तत्कालीन पञ्चायतका गुण्डाहरुले आक्रमण गर्दा उहाँहरु पनि पर्नु भएको होला भन्ने ठान्...
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज प्रधानमन्त्रीले उद्घाटन गर्दै

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज प्रधानमन्त्रीले उद्घाटन गर्दै

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
११ भदौ, बुटवल । बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज (शनिबार) उद्घाटन गरिंदैछ । सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । एक अर्ब ११ करोड रुपैयाँको लागतमा बनेको सम्मेलन केन्द्रको बिहान १० बजे उद्घाटन गर्ने आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए । उद्घाटन कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकास मन्त्री मेटमणि चौधरी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको पन्थीले बताए । पूर्वपश्चिम राजमार्गसँग जोडिएको बुटवल उपमहानगरपालिका-१० रामनगरस्थित बुटवल मण्डपको साढे ९ बिघा क्षेत्रफलमा सम्मेलन केन्द्र बनेको छ ।एमालेको बुटवलमा सम्पन्न आठौं महाधिवेशनले बुटवलमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र आवश्यक रहेको एजेण्डा पारित गर...
नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चले गरेयो पुण्यकाम

नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चले गरेयो पुण्यकाम

Breaking news 2, समाचार, स्थानीय
भाद्र १० , बुटबल पछिल्लो समय राजनिती प्रति नागरिकको वितृष्णा बढिरहेको बेला नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चलले पुण्य काम गरेर सबैको प्रसंसाको पात्र बनेको छ । राजनैतिक दल र भातृसंगठनहरु भाषण र कुरा गर्ने काम नगर्ने भन्ने सोच बढिरहेको बेला मञ्चले बृहत रक्तदान कार्यक्रम संचालन गरेर सबैको मन जितेको छ ।मञ्चले शुक्रबार रक्तसञ्चार सेवा केन्द्र बल्ड बैंक बुटवलमा कार्यक्रम सञ्चालन गरेको छ । पछिल्लो समय रुपन्देहीको बुटवल लगायत विभिन्न स्थानमा डेंगु रोगको प्रकोप बढिरहेको र रगत अभाव भइरहेको अवस्थामा समस्यालाई केहि हद सम्म न्युनिकरणको लागी सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरेकोे मञ्चका अध्यक्ष हेम थापाले जानकारी दिनुभएको छ ।तीजको अवसर पारी तीज विशेष शुभकामना आदानप्रदान तथा बृहत रक्तदान कार्यक्रम गरिएको पुण्यकार्यमा प्रदेश सांसद खड्क केसिको प्रमुख आतिथ्यतारहेको थियो । प्र...
गुल्मी  सेवा समाज युएइद्धारा सामाजिक अभियान्ता क्षेत्री सम्मानित

गुल्मी सेवा समाज युएइद्धारा सामाजिक अभियान्ता क्षेत्री सम्मानित

Breaking news 2, ताजा अपडेट, समाज, स्थानीय
८ भदौ, बुटबल ।। सहयोगी शब्दको पर्यावाची जस्तै बनेका छन् गुल्मीका भरत जंग क्षेत्री । क्षेत्री सानै उमेरदेखि सामाजिक कार्यमा रुचि राख्दथे गुल्मी जिल्ला धुर्कोट गाउँपालिका वाड न ६ मा जन्मिएका क्षेत्री विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर सामाजिक कार्यमा सक्रिय बनेका छन् । .समाजमा विभिन्न किसिमका बालबालिकादेखि बृद्ध बुबा आमा लक्षित विभिन्न अभियानमा उनी व्यस्त रहने गर्दछन् । गुल्मीको धुर्कोट गाउँपालिका स्थायी घर भएका क्षेत्रीको अहिलको बसाई बुटवलमा रहेको छ । विभिन्न दुःखमा परेका, समस्या भएका र अभावमा छट्पटिएका नागरिकहरूका लागि मलम बनिरहेका क्षेत्री आफू सक्दो सहयोग सबैलाई गर्नुपर्छ भन्ने धारणा राख्छन् । व्यक्तिगत रुपमा पनि कसैले आफु प्रति सहयोगको अपेक्षा राख्छ भने उसलाई निराश बनाउनुहुँदैन भनेर उनी सकेको सहयोग गर्ने गर्दछन् ।. त्यसो त उनीे विभिन्न विकृति विसंगति र चित्त नबुझेका कुरामा स्...
बुटवल लेडि जेसिज सामाजिक कार्यमा सक्रिय , लैङ्गिक अल्पसँख्यक सँग तिज मिलन सगै क्यान्सर पिडीतलाई सहयोग

बुटवल लेडि जेसिज सामाजिक कार्यमा सक्रिय , लैङ्गिक अल्पसँख्यक सँग तिज मिलन सगै क्यान्सर पिडीतलाई सहयोग

Breaking news 2, ताजा अपडेट, समाज, स्थानीय
कृष्ण अन्जान७ भदौ ,बुटवलबुटवल लेडि जेसिज दुखिको सहाराको रुपमा स्थापित भएको छ भन्दा फरक पर्दैन । हरेक तह र तप्काका अप्ठ्यारोमा परेका हरुको सहारा बन्दै शसक्तिकरणका बुलन्द आवाज सहित बुटवल लेडि जेसिजले मानवियताका अभियान हरु सन्चालन गर्दै आईरहेको छ ।मानवियताको यहि अभियानमा क्यान्सर रोगबाट पीडित लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायकी अधिकारकर्मी, साहसी कदम नेपाल रुपन्देहीकी अध्यक्ष एवं सञ्चारकर्मी आनिक राना मगरलाई सहयोगवापतको रकम हस्तान्तरण गरेको हो । बुटवल लेडि जेसिजले हरितालिका तिजलाई लक्षित गरेर तिज मिलन कार्यक्रम समेत सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशका महाशाखा प्रमुख शारदा बस्याल बेल्बासेले तीजको नाममा भइरहेका विकृति हटाइ मौलिकतामा रमाएर तीज मनाउन सुझाव दिइन् । ुुउनले तीजमा हुने रमझम र भेटघाटले ...
नेपाल बन्दको पुर्व सन्ध्यामा ठाउँ-ठाउँमा मसाल जुलुस

नेपाल बन्दको पुर्व सन्ध्यामा ठाउँ-ठाउँमा मसाल जुलुस

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
६ भदौ ,बुटवल एमसीसी सम्झौता खारेज, तत्कालीन ओलि सरकारसँग विप्लव नेतृत्वको नेकपाले गरेको तीन बुदे सम्झौताको पालना र जेलमा रहेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइ एवं केही दिनअघि मात्र आफ्नो पार्टी महासचिव लगायत  केन्द्रीय नेताहरुलाई जारी गरिएको पक्राउ पुर्जी खारेजीको माग सहित आन्दोलनमा होमिएको नेकपा सहितका ४ दलले आह्वान गरेको नेपाल बन्दको पुर्वसन्ध्यामा देशका विभिन्न स्थानमा मसाल जुलुस गरेका छन् ।सो क्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले ठाउँ ठाउँमा मशाल जुलुस तथा कोणसभा सम्पन्न गरेको छ । सयौंको संख्यामा रहेका नेता तथा कार्याकर्ताले बुटवलको बेलवासमा मशाल जुलुस तथा नारावाजी सहित भोलिको नेपाल बन्द सफल पार्न आह्वान गरेका थिए । उक्त जुलुसको नेतृत्व बुटवल नगर इन्चार्ज  विरेन्द्र बिकले गरेका थिए । उता रुपन्देहीकै सैनामैना नगरपालिकाको बाँसगढीमा मशाल जुलुस सम्पन्न भएको छ ।...
धर्मका नाममा यस्तो नाटक अनुसन्धानका लागि एक पास्टर पक्राउ

धर्मका नाममा यस्तो नाटक अनुसन्धानका लागि एक पास्टर पक्राउ

Breaking news 2, ताजा अपडेट, समाज
रुपन्देही । बुटवलको एक चर्चमा मृत्यु भएको व्यक्तिलाई जीवित गराइएको भन्दै एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ । धार्मिक अन्धविश्वास बढाएर भ्रम फैलाउन खोजेको आरोपमा एक पास्टर पक्राउ परेका छन् । यस घटनामा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अनुसन्धान थालेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । कुनै धर्मप्रति मानिसहरुलाई आकर्षित गर्ने नाममा भ्रामक प्रचार गर्नु दण्डनीय हुने उनको भनाइ छ । ‘भिडिओ सार्वजनिक भएपछि हामीले अनुसन्धान थालेका छौं, यस्ता काम जोकोहीले पनि गर्नु कानुनी हिसाबले दण्डनीय छ,’ उनले नेपाल प्रेससँग भने ।विवेक सत्याल नामका व्यक्तिले सामाजिक सञ्जालमा भिडिओ पोष्ट गरेका हुन् । उनले ‘मरेका व्यक्तिलाई पुन: जीवित गराउँदै’ शीर्षक दिएर भिडिओ हालेका छन् । यद्यपि, भिडिओभित्र भने मरेकोलाई ब्युँताइएको दाबी कसैले गरेको छैन भिडिओमा उल्लेख भए अनुसार सो दृष्य...