लुम्बिनीका नगरपालिका र देयाङ नगरसंग मितेरी सम्वन्ध कायम गर्न मुख्यमन्त्री आचार्यको प्रस्ताव


बुटवल

चीनको सिचुआन प्रदेशको औपचारीक भ्रमणमा त्यहाँ रहनुभएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले देयाङ नगरलाई लुम्बिनी प्रदेशका नगरपालिकासंग मितेरी सम्वन्ध कायम गरेर अनुभव तथा सहयोग आदानप्रदानलाई अघि बढाउन प्रस्ताव गरेका छन्। 

देयाङ नगरको अवलोकन भ्रमणमा पुगेका मुख्यमन्त्री आचार्यले नगरका कार्यकारी उपप्रमुख लि च्याङ्ग पो लाई लुम्बिनी भ्रमणको लागि निम्तो समेत दिए। यसका साथै सो नगर र लुम्बिनी प्रदेशका नगरपालिकाहरुको विचमा मितेरी सम्वन्ध कायम गरेर अघि बढ्ने बारेमा समेत प्रस्ताव राखेको भ्रमण दलमा सहभागि मुख्यमन्त्रीका स्वकिय सचिव कुशल भुसालले बताए। 

‘सिचुआन प्रदेशमा रहेको देयाङ नगरको अवलोकन भ्रमणपछी भएको छलफलमा मुख्यमन्त्री ज्यूले लुम्बिनी भ्रमण गर्न निमन्त्रणा गर्नु भयो भने प्रदेशका नगरपालिकाहरु संग मितेरी सम्वन्ध कायम गर्ने बारेमा पनि प्रस्ताव राख्नु भएको छ’स्वकिय सचिव भुसालले भने। ,‘मितेरी सम्वन्ध कायम गरेर अनुभव र सहयोग आदानप्रदान गर्ने बारे सकारात्मक छलफलहरु भएका छन्’ भुसालले थपे।  

देयाङ औद्योगिक सहर हो। जहाँ ठूला कम्पनीहरु प्रमुख रुपमा सञ्चालनमा छन्। देयाङ नगरले लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा औपचारीक छलफल कार्यक्रम समेत राखेको थियो। 

जुन कार्यक्रममा युरोप, मध्यपुर्व, एसिया, दक्षिण एसिया लगायतका मुलुकका प्रतिनिधिहरु सहभागि थिए। कार्यक्रममा लुम्बिनी प्रदेशका स्थानिय तहसंग मितेरी सम्वन्ध कायम गर्ने प्रस्ताव अघि सार्दै प्रदेश सरकारले त्यसमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। छिमेकी देश चीनको सिचुआन प्रदेशमा आयोजना गरिएको तीन दिने अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन मुख्यमन्त्री आचार्य सहित ७ सदस्य प्रतिनिधि मण्डल गएको छ।

छुटाउनुभयो कि ?

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

काठमाण्डौ – आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गत...
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन प...
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...