लुम्बिनीका नगरपालिका र देयाङ नगरसंग मितेरी सम्वन्ध कायम गर्न मुख्यमन्त्री आचार्यको प्रस्ताव


बुटवल

चीनको सिचुआन प्रदेशको औपचारीक भ्रमणमा त्यहाँ रहनुभएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले देयाङ नगरलाई लुम्बिनी प्रदेशका नगरपालिकासंग मितेरी सम्वन्ध कायम गरेर अनुभव तथा सहयोग आदानप्रदानलाई अघि बढाउन प्रस्ताव गरेका छन्। 

देयाङ नगरको अवलोकन भ्रमणमा पुगेका मुख्यमन्त्री आचार्यले नगरका कार्यकारी उपप्रमुख लि च्याङ्ग पो लाई लुम्बिनी भ्रमणको लागि निम्तो समेत दिए। यसका साथै सो नगर र लुम्बिनी प्रदेशका नगरपालिकाहरुको विचमा मितेरी सम्वन्ध कायम गरेर अघि बढ्ने बारेमा समेत प्रस्ताव राखेको भ्रमण दलमा सहभागि मुख्यमन्त्रीका स्वकिय सचिव कुशल भुसालले बताए। 

‘सिचुआन प्रदेशमा रहेको देयाङ नगरको अवलोकन भ्रमणपछी भएको छलफलमा मुख्यमन्त्री ज्यूले लुम्बिनी भ्रमण गर्न निमन्त्रणा गर्नु भयो भने प्रदेशका नगरपालिकाहरु संग मितेरी सम्वन्ध कायम गर्ने बारेमा पनि प्रस्ताव राख्नु भएको छ’स्वकिय सचिव भुसालले भने। ,‘मितेरी सम्वन्ध कायम गरेर अनुभव र सहयोग आदानप्रदान गर्ने बारे सकारात्मक छलफलहरु भएका छन्’ भुसालले थपे।  

देयाङ औद्योगिक सहर हो। जहाँ ठूला कम्पनीहरु प्रमुख रुपमा सञ्चालनमा छन्। देयाङ नगरले लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा औपचारीक छलफल कार्यक्रम समेत राखेको थियो। 

जुन कार्यक्रममा युरोप, मध्यपुर्व, एसिया, दक्षिण एसिया लगायतका मुलुकका प्रतिनिधिहरु सहभागि थिए। कार्यक्रममा लुम्बिनी प्रदेशका स्थानिय तहसंग मितेरी सम्वन्ध कायम गर्ने प्रस्ताव अघि सार्दै प्रदेश सरकारले त्यसमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। छिमेकी देश चीनको सिचुआन प्रदेशमा आयोजना गरिएको तीन दिने अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन मुख्यमन्त्री आचार्य सहित ७ सदस्य प्रतिनिधि मण्डल गएको छ।

छुटाउनुभयो कि ?

पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ

पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ

पोखरापोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडानमार्फत दुबई जाने यात्रुहरूलाई पोखरा महा...
मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

काठमाडौंमदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरु...
महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

काठमाडौँसंयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय छलफलमा विश्व नेताहरूले मंगलबार विभिन्न अन्तर्राष्ट्रिय मुद्दा उठाएका छन...
सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

बुटवलनिर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सु...