सत्यवती मेलामा दर्शालु तथा भक्तजनको घुइँचो


बुटवल

पाल्पाको तिनाउ गाउँपालिका–४ सत्यवती ताल तथा मन्दिरमा जारी सत्यवती मेलामा आज दर्शालु तथा भक्तजनको घुइँचो थामि नसक्नु भएको छ ।  अहिले सत्यवति मन्दिर तथा मेलाको दर्शन गर्नेहरुको तलै बाटैदेखि भिड लागेको छ । कार्तिक शुक्ल पूर्णिमाको अवसर मनाइने मेलामा विशेष गरी आज राती सत्यवती बजैसँग चिच्याएर वर माग्ने तथा पूजापाठ गर्ने प्रचलन रहेको छ । 

यही कार्तिक २७ गतेदेखि सुरु भएको मेलामा २ दिनको अबधिमा ४० हजार बढी भक्तजनले दर्शन गरेको सत्यवती ताल तथा मन्दिर बिकास समितिका अध्यक्ष दानबहादुर गाहाले दाबी गरे । विहिबारको राती मुख्य दिन भएकाले करिब १ लाख भक्तजनले दर्शन  गरेको उनले बताए । आज (पूर्णिमा) सम्म सञ्चालन हुने मेलाका लागि सहज पहुँचका लागि यातायात तथा सुरक्षा व्यवस्थालाई विशेष ध्यान दिइएको र सोचे भन्दा धेरै दशर्नार्थी आउँदा भिड व्यवस्थापन गर्न समेत कठिन भएको अध्यक्ष गाहाले बताए ।  

परम्परादेखि नै यहाँ चिच्याएर बर माग्ने अनौठो मेला लाग्ने गर्दछ । यस वर्ष जोग परेका कारण विगतका वर्षभन्दा भक्तजनको सङ्ख्या बढी भएको उनले बताए । तिहारपछिको पूर्णिमामा सत्यवती मेला लाग्ने गर्दछ भने उक्त पूर्णिमा कार्तिक महिनाभित्र परेमा जोग परेको मानिने प्रचलन रहेको छ । उक्त प्रचलन अनुसार जोग परेको समयमा मन्दिरमा पूजा गरेर वर मागेमा सत्यवती बजैले पूरा गरिदिने जनविश्वास रेहेको छ । परापूर्व कालमा सत्यवती बज्यै घना जङ्गलकोबीचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको किमबदन्तीमा उल्लेख छ ।

सत्यवती बज्यै कानले नसुन्ने बहिरी भएकाले भक्तजनले सत्यवती ताल नजिकै पुगेर चिच्याएर मनमा चिताएको बर मागेमा बज्यैले पूरा गरिदिने जनविश्वास रहेको छ । यही विश्वासका कारण यहाँ हरेक वर्ष तिहारपछिको पूर्णिमामा मेलामा हजारौँ भक्तजन बर माग्ने मेलामा सहभागी हुने गर्दछन् ।

बर माग्ने भक्तजनले बाँस, निगालो, साल आदि जातका लिङ्गो लिएर रातिको समयमा तालमा गाड्ने र आफूले गाडेको लिङ्गो भोलिपल्ट चिनेर त्यही पूजा गरेपछि घरमा फर्कने परम्परा रहेको छ । ताल नजिकै रहेको मन्दिरमा बोका, पाठी लगायतको बली चढाउनुका साथै परेवा उडाउने प्रचलन रहेको छ ।यहाँ परापूर्व कालदेखि नै बर माग्नका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गरेको स्थानीयहरु बताउँछन् । 

छुटाउनुभयो कि ?

निर्माणाधीन सिद्धबाबा सुरूङमार्ग- ७० प्रतिशत काम सकियो, तिन महिना भित्र सञ्चालनमा ल्याउने तयारी

निर्माणाधीन सिद्धबाबा सुरूङमार्ग- ७० प्रतिशत काम सकियो, तिन महिना भित्र सञ्चालनमा ल्याउने तयारी

बुटवलनिर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको काम ७० प्रतिशत सम्पन्न भएको छ । आयोजनाले दिएको जानकारी अनुसार सुरूङ मार्गको वित्तीय ...
आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द हुने

आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द हुने

काठमाडौँस्वास्थ्यकर्मीहरूमाथि बारम्बार हुने दुर्व्यवहार र कुटपिटका घटनाहरूको विरोध गर्दै नेपाल चिकित्सक संघले आज (मंगलबार) दे...
आज संसदीय सुनुवाइ समितिको बैठक, प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ हुने

आज संसदीय सुनुवाइ समितिको बैठक, प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ हुने

काठमाडौंसंसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । आज बिहान सवा ११ बजे बोलाइएको बैठकमा निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आयुक्...
सुनसरी घटना प्रकरण- गृहमन्त्रालयले गर्यो सिडिओ सहित सुरक्षा प्रमुखको सरुवा

सुनसरी घटना प्रकरण- गृहमन्त्रालयले गर्यो सिडिओ सहित सुरक्षा प्रमुखको सरुवा

काठमाडौँ गृहमन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्...