चिच्याएर वर माग्ने पाल्पाको सत्यवती मेलामा झन्डै ३३ लाख रुपैयाँ आम्दानी


पाल्पा – चिच्याएर वर माग्ने पाल्पाको सत्यवती मेलामा झन्डै ३३ लाख रुपैयाँ आम्दानी भएको छ । तिनाउ गाउँपालिका–४ सत्यवतीमा गएको कात्तिक २७ गतेदेखि ३० गतेसम्म लागेको मेलामा भक्तजनले मन्दिरमा चढाएको भेटी गणना गर्दा ३२ लाख ८१ हजार आठ सय ७० रुपैयाँ सङ्कलन भएको हो ।

सत्यवती मन्दिर तथा ताल व्यवस्थापन समितिका अनुसार तिनाउ गाउँपालिकाका प्रतिनिधि, कर्मचारी, स्थानीय र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीको रोहबरमा भेटी गणना गरिएको हो । समितिका अध्यक्ष दानबहादुर गाहाले मन्दिरमा भक्तजनले नगदसहित धातुबाट बनेका गहनासमेत चढाएका छन् ।

गएको वर्ष १८ लाख ५० हजार रुपैयाँ भेटी सङ्कलन भएको थियो । यो वर्ष भक्तजनको सङ्ख्या बढेकाले भेटी बढेको समितिका अध्यक्ष गाहाले जानकारी दिनुभयो । चार दिनसम्म चलेको चिच्याएर वर माग्ने मेलामा तीन लाख बढी भक्तजन सहभागी भएको समितिको अनुमान छ ।

सत्यवतीमा हरेक वर्ष तिहारपछिको पूर्णिमामा चिच्याएर वर माग्ने मेला लाग्दै आएको छ । सत्यवती बज्यै सुस्त श्रवणकी भएकाले त्यहाँ पुग्ने भक्तजनले चिच्याएर वर मागे मनोकामना पूरा हुने विश्वास गरिन्छ

छुटाउनुभयो कि ?

पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ

पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ

पोखरापोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडानमार्फत दुबई जाने यात्रुहरूलाई पोखरा महा...
मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

काठमाडौंमदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरु...
महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

काठमाडौँसंयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय छलफलमा विश्व नेताहरूले मंगलबार विभिन्न अन्तर्राष्ट्रिय मुद्दा उठाएका छन...
सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

बुटवलनिर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सु...