Breaking news 2

काठमाण्डौमा सुरक्षा व्यवस्था कडा : सामान्य रुपमा गाडी चल्दै, लामो दूरीका गाडी पनि छुटे

काठमाण्डौमा सुरक्षा व्यवस्था कडा : सामान्य रुपमा गाडी चल्दै, लामो दूरीका गाडी पनि छुटे

Breaking news 2
काठमाण्डाै - काठमाण्डौ उत्यकामा अहिले सामान्य रुपमा गाडी चलिरहेको छ । तर, हिजो अस्तिको भन्दा आज गाडी कम चलेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले निजी गाडी  हिजो अस्तिकै सङ्ख्यामा चले पनि सार्वजनिक गाडीको सङ्ख्या आज कम रहेको जनाएको छ । यस्तै, बिहान काठमाण्डौदेखि छुट्ने लामो दूरीका गाडी पनि छुटेका ट्राफिक प्रहरीले जनाएको छ । यातायात व्यवसायीको आन्दोलनका कारण काठमाण्डौ उपत्यकाका सडकमा सुरक्षा व्यवस्थामा भने कडाइ गरिएको छ । चोक चोकमा प्रहरीले खटिएका छन् । हिजो यातायात व्यवसायी र यातायात मजदुरहरुको आन्दोलन अनियन्त्रित बन्दा काठमाण्डौको नयाँ बसपार्क क्षेत्र तनावग्रस्त बनेको थियो । ट्राफिक नियम मिचेबापतको जरिबाना बढाएको र पाँच पटकसम्म गल्ती गर्दा लाइसेन्स नै खारेज हुने नयाँ नियमको विरोधमा यातायात मजदुरले  नयाँ बसपार्क, बालाजु, गोङ्गबु, माछापोखरी लगायतका ठाउँमा सडकमा गाडी तेर्स्य...
स्याङजाले जित्यो ८ औं मणिमुकुन्द रनिङशिल्ड भलिबल कप, नवलपुर उपविजेता

स्याङजाले जित्यो ८ औं मणिमुकुन्द रनिङशिल्ड भलिबल कप, नवलपुर उपविजेता

Breaking news 2, खेलकुद, मनोरञ्जन
बुटवल । रुपन्देहीको तिलोत्तमामा भएको ८ औं मणिमुकुन्द रनिङ शिल्ड भबिल कपको शनिबार सम्पन्न प्रतियोगितामा जिल्ला भलिबल संघ स्याङजा विजय भएको छ । जिल्ला भलिबल संघ नवलपुरलाई पराजित गर्दै स्याङजाले रनिङशिल्ड उचाल्न सफल भएको हो । उपाधिसँगै स्याङजाले १ लाख ५० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । योसँगै जिल्ला भलिबल संघले ५ औं पटक मणिमुकुन्द भलिबल कपको उपाधि चुप्न सफल भएको हो । जिल्ला भलिबल संघ स्याङजाले नवलपुरलाई ३–१ को सेटमा पराजित गर्न सफल भएको हो । उसले खेलको पहिलो सेट २३–२५ ले गुमाए पनि त्यसपछिका ३ वटा सेट लगातार आफ्नो पक्षमा पार्न सफल भएको हो । एक सेटको खेलपछि आफूलाई लयमा फर्काएको स्याङ्जाले २५–१३, २५–१३, २५–२३ र २५–१६ को अंकमा जित निकाल्न सफल भएको हो । फाइनल प्रतियोगितामा स्याङजाका टिम क्याप्टेन हरी पाण्डे उत्कृष्ट खेलाडी घोषित भए । यसैगरी शनिबार नै तेस्रो स्थानका ...
मणिमुकुन्द रनिङशिल्ड भलिबलको फाइनल आज हुंदै

मणिमुकुन्द रनिङशिल्ड भलिबलको फाइनल आज हुंदै

Breaking news 2, खेलकुद, ताजा अपडेट, स्थानीय
बुटवल,२८ माघ ।  रुपन्देहीको तिलोत्तमामा जारी आठौं मणिमुकुन्द रनिङशिल्ड भलिबल प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आज हुंदैछ । तिलोत्तमा–२ स्थित तिलोत्तमा क्यापस छेउको क्लबको खेल मैदानमा दिउसो १ बजे हुने फाइनलमा जिल्ला भलिबल संघ स्याङजा र जिल्ला भलिबल संघ नवलपुरका बीच प्रतिस्पर्धा हुने छ ।फाइनल अघि विहान १० बजेदेखि तेस्रो स्थानका लागि जिल्ला भलिबल संघ गुल्मी र जिल्ला भलिबल संघ पर्वतका बीच हुने खेल संयोजक सुरेन्द्र गुरुङले जानकारी दिए ।शुक्रबार भएको सेमिफाइनल खेलमा नवलपुरले जिल्ला भलिबल संघ गुल्मीलाई र स्याङ्जाले पर्वतलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । प्रतियोगिताको विजेताले रनिङ शिल्डसहित नगद १ लाख ५० हजार, उप विजेताले १ लाख नगद र तृतीय हुने समूहले ५० हजार र सान्त्वना हुने समूहले ३० हजार नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द्र भण...
राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने काेसिस जारी छ : उपमहासचिव ज्ञवाली

राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने काेसिस जारी छ : उपमहासचिव ज्ञवाली

Breaking news 2
काठमाण्डाै – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा फर्काउने कोसिस जारी रहेको बताउनुभएकाे छ । आज बिहीवार पार्टीकाे सचिवालय बैठकपछि सञ्चारकर्मीसँग बाेल्दै उपमहासचिव ज्ञवालीले पूर्वसहमतिअनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिएर सरकारमा राखिरहनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोड्ने परिस्थिति हुनु निश्चय नै दुःखद विषय हो । यसमा समीक्षा हुँदै गर्ला । त्यो पार्टीका सभापति रवि लामिछानेजीले नागरिकता पुनः प्राप्तिको सन्दर्भमा केही प्रक्रियागत त्रुटि गर्नुभएको कारणले उहाँकाे पद रिक्त हुन गयो । त्यसले उत्पन्न भएको समस्या देखिन्छ । तर पनि हामीले पुस १० गते यो नयाँ कोर्स निर्माण गरिरहँदा र पछि मन्त्रीमण्डल विस्तार गरिरहँदा जुन ढङ्गले शक्तिको बाँडफाँट गरेका थियौँ, त्यस हिसाबले गृह मन्त्रा...
<a>प्रधानमन्त्री प्रचण्ड-ओलीको भेटपछि आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै</a>

प्रधानमन्त्री प्रचण्ड-ओलीको भेटपछि आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

Breaking news 2
काठमाडौं । सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक बस्दैछ बुधवार अध्यक्ष ओलीको वालकोटस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओली बिच भएको भेटवार्ता पछि आज संयन्त्रको बैठक बस्न लागेको हो । सो भेटपछि प्रधानमन्त्री प्रचण्डले सो बैठक पछि संयन्त्रको बैठक बसाउन दुवै नेता बिच सहमति भएको जानकारी दिएका थिए ।  दुई महिना नपुग्दै रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रचण्ड सरकारवाट बाहिरिएको स्थीति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिए पछि सत्तारुढ दलमा खटपटी सुरु भएको अवस्थामा यो बैठक बस्न लागेको हो । बैठकमा मुख्यत: प्रचण्ड सरकारको पुर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको बिषयमा छलफल हुनेछ ।  प्रधानमन्त्री निवास वालुवाटारमा हुने संयन्त्रको बैठकमा एमालेसहित नेकपा माओव...
पाल्पा : दुई छुट्टाछुट्टै दुर्घटनामा आमा–छोरासहित ३ जनाको ज्यान गयो

पाल्पा : दुई छुट्टाछुट्टै दुर्घटनामा आमा–छोरासहित ३ जनाको ज्यान गयो

Breaking news 2, ताजा अपडेट
पाल्पा – शनिवार पाल्पामा भएका दुई वटा दुर्घटनामा आमा-छोरासहित तीन जनाको ज्यान गएको छ । ट्याक्टरको ठक्करबाट दुई र ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ज्यान गुमाउनेमा तानसेन नगरपालिका १३ बौघागुम्हाका १९ वर्षीय अभिषेक थापा, उहाँकै आमा ३९ वर्षीया  मिना थापा र  भारत घर भइ अहिले स्याङ्जाको वालिङ नगरपालिका ८ बस्ने ३६ वर्षीय विनय चौधरी रहेका  छन् ।  प्रहरीका अनुसार सदरमुकाम तानसेनदेखि खानीगाउँका लागि छुटेको लु २ त ९८८४ नम्बरको ट्याक्टरले त्यहीँतर्फ जाँदै गरेको लु ५३ प ७५७१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार अभिषेक र उहाँकी आमा मिनाको ज्यान गएको हो ।  त्यस्तै पाल्पाबाट बुटवलका लागी छुटेको लु २९ प ३२९७ नम्बरको मोटरसाइकललाई त्यही दिशातर्फ जाँदै गरेको  ग २ ख ८४३ नम्बरको ट्रकले तिनॉउ गाउपालिका ५ चौबीस...
बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलन आयोजना हुने

बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलन आयोजना हुने

Breaking news 2, समाचार, स्थानीय
बुटवल । बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । बुटवलमा बुधबार पत्रकार सम्मेलन गरी आयोजक बुटवल उपमहानगरपालिकाले देशभरका उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको जानकारी गराएको हो ।पत्रकार सम्मेलनमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समान समस्या, समान मुद्दा र समान संरचना भएका हामीहरुका बीचमा अनुभव आदान प्रदान गर्ने, साझा समस्याको समाधानमा एकीकृत पहल गर्ने, साझा र एकल अधिकार प्रयोगमा एकरुपता ल्याउने उदेश्यले राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताउनुभयो । उपमहानगरका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र विभिन्न निकायका प्रतिनिधिसहित करीब ५ सय सहभागी हुने सम्मेलनले साझा प्रतिबद्धतासहितको बुटवल घोषणापत्र जारी गर्ने उहाँले बताउनुभयो । उहाँले सम्मेलनको उद्घाटन समारोह बुटवल अन्तरराष्ट्रिय...
लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको अन्तिम तयारी, तीन जना चुनावी मैदानमा

लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको अन्तिम तयारी, तीन जना चुनावी मैदानमा

Breaking news 2, ताजा अपडेट
बुटबल । आगमी २५ माघमा हुन गइरहेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको तयारी अन्तिम अवस्थामा पुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले लुम्बिनी प्रदेशमा हुने निर्वाचनका लागि सोमबार तीनजना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै निर्वाचनको अन्तिम तयारी पुरा गरेको हो ।  एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदको उपनिर्वाचनअन्तर्गत मतदान हुँदैछ ।निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कुँवरले सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै उम्मेदवारहरुलाई चुनाव चिह्नसमेत प्रदान गरि सकिएको जानकारी दिए। उनका अनुसार एमालेवाट कुमार दसौती, नेपाली कांगेसका माधवपसाद आचार्य, नागरिक उन्मुक्तिवाट राजेन्दविर राय रहेका छन ।  राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनीमा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्य गरी तीन सय पाँचजना मतदाता छन् । जसमा ...
हिउँदे वर्षा नहुँदा बाली उत्पादनमा असर, सरकारले सिफारिस गरेका बाली नै जाेखिममा

हिउँदे वर्षा नहुँदा बाली उत्पादनमा असर, सरकारले सिफारिस गरेका बाली नै जाेखिममा

Breaking news 2, बिज्ञान प्रबिधि, माैसम
काठमाण्डाै - यसवर्षको हिउँदमा अहिलेसम्म पनि पानी नपरेका कारण हिउँदे बालीको उत्पादनमा असर पर्ने भएको छ । गएको वर्ष मंसिर, पुस र माघमा आवश्यक वर्षा भएकाले उत्पादनमा खासै समस्या भएको थिएन । तर यस वर्ष केही ठाउँमा छिटपुट वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात बाहेक जमिन भिज्ने गरी पानी परेको छैन । मध्यमाघ सकिँदा पनि पानी नपरेपछि गहुँ, तोरी, हिउँदे मकै तथा फलफूलको उत्पादनमा असर पर्ने देखिएको नार्कको योजना महाशाखाका प्रमुख एवम् वरिष्ठ वैज्ञानिक टेकप्रसाद गोतामेले बताउनुभयो । उहाँका अनुसार सुक्खापन र खडेरी बढ्दै जाने हो भने कृषि उत्पादनमा दीर्घकालीन असर देखिनेछ । यो बेला सिँचाइ नभएका क्षेत्रमा गहुँ तथा तोरी र तरकारी/फलफूल राम्रो उत्पादन नहुने हुँदा यसले समग्र किसानको आयआर्जन नै घट्ने देखिएको छ । त्यस्तै आउँदा दिनमा सरकारले सिफारिस गरेका बालीका जातहरु नै उत्पादन अ...
शक्तिकेन्द्रहरु बीच राष्ट्रपति आफ्नो अनुकुल ल्याउन चलखेल भएको छ : एमाले उपमहासचिव ज्ञवाली

शक्तिकेन्द्रहरु बीच राष्ट्रपति आफ्नो अनुकुल ल्याउन चलखेल भएको छ : एमाले उपमहासचिव ज्ञवाली

Breaking news 2
बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रतिपक्षमा बसेको नेपाली काँग्रेसले सरकारमा भाग खोजेर आश्चार्यजनक व्यवहार देखाएको बताएका छन् । राष्ट्रपतिमा भाग खोजेकोप्रति इंगित गर्दै ज्ञवालीले काँग्रेसले इतिहासमै निर्लज्जता देखाउँदै लोकतान्त्रिक पद्दतीको धज्जी उडाएको आरोप लगाए । zएमाले गुल्मीको छैटौं पूर्ण बैठकलाई आइतबार सम्बोधन गर्दै ज्ञवालीले नेकपा माओवादी केन्द्र सहमतीबाट पछाडि नहट्ने विश्वास व्यक्त गरे । सरकार गठन गर्ने क्रममै राष्ट्रपति र सभामूख एमालेले पाउने गरी सहमती भएका कारण उक्त सहमतिबाट माओवादी व्याक नहुने दाबी गरे । केही दिनअघि सम्पन्न माओवादी केन्द्र स्थायी कमिटीको बैठकले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति अनुसार अघि बढ्ने निर्णयप्रति इंगित गर्दै ज्ञवालीले अनेक शक्तिकेन्द्रहरु राष्ट्रपति आफ्नो अनुकुल ल्याउन चलखेल भैरहेको उल्लेख गरे । ‘राष्ट्रिभक्तिपूर्ण आन्...