काँग्रेसका शिर्ष नेताहरु रुपन्देहीमा, सभापति देउवा पनि आज आउँदै


रुपन्देही

नेपाली काँग्रेसको दुई दिने प्रशक्षिण कार्यक्रमका लागि सभापति शेरबहादुर देउवा आज रुपन्देही आउँदै छन् । उनीसँगै परराष्ट्र मन्त्री तथा काँग्रेस नेतृ आरजु राणा देउवा पनि रुपन्देही आउने कार्यक्रम रहेको छ । देशभरका क्षेत्रीय सभापतिहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न उनीहरु आज विहान ९ बजेको फ्लाइटमा भैरहवा आइपुग्ने कार्यक्रम रहेको काँग्रेस नेताहरुले बताएका छन् । 

प्रशिक्षण कार्यक्रमका लागि काँग्रेसका शिर्षनेताहरु आइतबार नै रुपन्देही आएर बसेका छन् । महामन्त्रीद्वय गगन कुमार थापा, विश्वप्रकाश शर्मा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखक, नेता डा शेखर कोइराला, कृष्ण सिटौला, विमलेन्द्र निधि, नेता बालकृष्ण खाँण लगायतका शिर्षतहका नेताहरु आइतबारनै रुपन्देही आएपछि काँग्रेस नेता कार्यकर्ताहरुको भेटघाट तथा चहलपहल बढेको छ । भैरहवाको पटुवा हलमा विहान ११ बजेदेखि हुने प्रशिक्षण कार्यक्रममा देशभरबाट क्षेत्रीय सभापतिहरुसहित प्रतिनिधिहरु सहभागी हुने काँग्रेस रुपन्देहीले जनाएको छ । 

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आज र भोलि मंगलबार प्रशिक्षण हुन लागेको हो । १६५ संघीय निर्वाचन क्षेत्रमध्ये १३० निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापति र प्रशिक्षण शाखा प्रमुख गरी २६० जना र एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाका ७० वटा प्रदेश सभा निर्वाचन क्षेत्रबाट ७० जना क्षेत्रीय सभापति गरी ३३० जना मुख्य प्रशिक्षण कार्यक्रममा सहभागी हुने छन् ।

छुटाउनुभयो कि ?

६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

काठमाडौंक्यान्सर तथा अन्य अत्यावश्यक औषधिको अभाव न्यूनीकरण गर्ने उद्देश्यले औषधि व्यवस्था विभागले ती औषधिको मूल्य समायोजन प्र...
नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

काठमाडौंतेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगरसम्म रेलमार्फत आउन थालेको ...
बजेट कार्यान्वयन मार्गदर्शन : विनियोजित बजेट फागुनसम्म खर्च गर्नुपर्ने

बजेट कार्यान्वयन मार्गदर्शन : विनियोजित बजेट फागुनसम्म खर्च गर्नुपर्ने

काठमाडौंचालु आर्थिक वर्ष विनियोजित बजेट आगामी फागुनसम्म खर्च गरिसक्नुपर्ने भएको छ । अर्थ मन्त्रालयले चालु आव २०८३/८४ को बज...
गैरकानूनी व्यापार गर्नेलाई कारबाहीको दायरामा ल्याउने विभागको चेतावनी

गैरकानूनी व्यापार गर्नेलाई कारबाहीको दायरामा ल्याउने विभागको चेतावनी

काठमाडौँबजारमा लेबल नभएका, न्यून गुणस्तर भएका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका सामानहरू बिक्री वितरण भइरहेको भन्दै सरकारले...