प्रतिनिधिसभा पुनर्स्थापना, संविधान संसोधन गरी संसद बाहिरको पनि प्रधानमन्त्री राख्ने व्यवस्था र निर्वाचन एमालेको माग : उपाध्यक्ष पौडेल
रूपन्देहीनेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले प्रतिनिधिसभाको पुनर्स्थापना गरी सभा मार्फत संविधान संसोधन गरी संसद भन्दा बाहिरको पनि प्रधानमन्त्री राख्ने व्यवस्था हुनुपर्ने र निर्वाचनमा जानुपर्ने वताएका छन्।प्रेस चौतारी नेपाल रुपन्देहीको आयोजनामा वुधबार बुटवलमा पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा वोल्दै पौडेलले विधि र नितिमा चल्नु पर्ने एजेण्डा एमालेले उठाउंदै आएको र अहिलेको अनपेक्षित घटनालाई पनि निति र विधिबाट अगाडि वढाउन आवस्यक रहेको धारणा राखेका छन्।पुर्व अर्थमन्त्री समेत रहेका पौडेलले भदौ २३ गते जेन्जी हरूका माग उचित रहेका र आन्दोलनकारिहरूले आन्दोलन सफल भएको वाहिर ल्याउदा ल्याउंदै पनि आन्दोलनमा घुसपैठले हिंसात्मक वनी देश र नागरिकमा यो अवस्था श्रृजना भएको स्पष्ट पारे।पत्रकारहरूको जिज्ञासामा उनले आन्दोलनमा सहमत रहेको र घुसपैठ र हिंसा भड्काउने जोकोहीलाई छानविन र कारवाहीको दाय...








