प्रतिनिधिसभा पुनर्स्थापना, संविधान संसोधन गरी संसद बाहिरको पनि प्रधानमन्त्री राख्ने व्यवस्था र निर्वाचन एमालेको माग : उपाध्यक्ष पौडेल


रूपन्देही
नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले प्रतिनिधिसभाको पुनर्स्थापना गरी सभा मार्फत संविधान संसोधन गरी संसद भन्दा बाहिरको पनि प्रधानमन्त्री राख्ने व्यवस्था हुनुपर्ने र निर्वाचनमा जानुपर्ने वताएका छन्।
प्रेस चौतारी नेपाल रुपन्देहीको आयोजनामा वुधबार बुटवलमा पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा वोल्दै पौडेलले विधि र नितिमा चल्नु पर्ने एजेण्डा एमालेले उठाउंदै आएको र अहिलेको अनपेक्षित घटनालाई पनि निति र विधिबाट अगाडि वढाउन आवस्यक रहेको धारणा राखेका छन्।
पुर्व अर्थमन्त्री समेत रहेका पौडेलले भदौ २३ गते जेन्जी हरूका माग उचित रहेका र आन्दोलनकारिहरूले आन्दोलन सफल भएको वाहिर ल्याउदा ल्याउंदै पनि आन्दोलनमा घुसपैठले हिंसात्मक वनी देश र नागरिकमा यो अवस्था श्रृजना भएको स्पष्ट पारे।
पत्रकारहरूको जिज्ञासामा उनले आन्दोलनमा सहमत रहेको र घुसपैठ र हिंसा भड्काउने जोकोहीलाई छानविन र कारवाहीको दायरामा ल्याउन आवश्यक रहेको बताए।
कारवाही नभए शान्ति शुव्यवस्था कायम हुन नसक्ने र निर्वाचन पनि नहुने जनाए।
अहिलेको सरकार चुनाव प्रति गम्भिर नभएको बताए , पौडेलले लोकतन्त्रको विकल्प लोकतन्त्रनै भएकाले देशको समाधान लोकतान्त्रिक विधिबाट खोज्नु पर्ने वताए।
एमालेको आउंदै गरेको महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा र उन्नत लोकतान्त्रिक विधि बाट सम्पन्न गरिने जिकिर गरे।
महाधिवेशनले देश र जनताको आवस्यकता लाई समाधान गर्ने गरी छनोट गर्नै विषयमा आस्वस्थ पारे।
पौडेलले रूपन्देही आफ्नो निर्वाचन क्षेत्र भएकोले कहिं कतै र केही गलत गरेको देखिएमा जानकारी दिन आग्रह गरे।
राजमार्ग, पुल ,अस्पताल, सम्मेलन केन्द्र, हवाई मैदान लगायतका धैरै योजनाहरू रुपन्देही मात्र नभएर देशकै गौरवका आयोजनाहरू यस क्षेत्रमा वनेको वताए।
निर्माणाधीन विकासका योजना हरुमा जनस्तरबाट चासो र रचनात्मकता आवस्यक रहेको वताएका छन्।
केहि विकासका आयोजनाहरु पुरा नभएको र सञ्चालनमा नआउँदा सधैं सत्ता र शक्तिमा नरहेका कारण पनि भएको हुन सक्ने औंल्याए।
कतिपय निर्माण प्रक्रियामा कमजोरी रहेका कारण पनि भएको वताए।
प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष भगवती पाण्डेको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव विष्णु घिमिरेले गरेका थिए।

छुटाउनुभयो कि ?

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...
दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वडादशैंले नेपालीबीच आपसी सद्भाव, भाइचारा, राष्ट्रिय एकता र सहकार्यको भाव...
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

काठमाडौंलगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका...