प्रतिनिधिसभा पुनर्स्थापना, संविधान संसोधन गरी संसद बाहिरको पनि प्रधानमन्त्री राख्ने व्यवस्था र निर्वाचन एमालेको माग : उपाध्यक्ष पौडेल


रूपन्देही
नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले प्रतिनिधिसभाको पुनर्स्थापना गरी सभा मार्फत संविधान संसोधन गरी संसद भन्दा बाहिरको पनि प्रधानमन्त्री राख्ने व्यवस्था हुनुपर्ने र निर्वाचनमा जानुपर्ने वताएका छन्।
प्रेस चौतारी नेपाल रुपन्देहीको आयोजनामा वुधबार बुटवलमा पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा वोल्दै पौडेलले विधि र नितिमा चल्नु पर्ने एजेण्डा एमालेले उठाउंदै आएको र अहिलेको अनपेक्षित घटनालाई पनि निति र विधिबाट अगाडि वढाउन आवस्यक रहेको धारणा राखेका छन्।
पुर्व अर्थमन्त्री समेत रहेका पौडेलले भदौ २३ गते जेन्जी हरूका माग उचित रहेका र आन्दोलनकारिहरूले आन्दोलन सफल भएको वाहिर ल्याउदा ल्याउंदै पनि आन्दोलनमा घुसपैठले हिंसात्मक वनी देश र नागरिकमा यो अवस्था श्रृजना भएको स्पष्ट पारे।
पत्रकारहरूको जिज्ञासामा उनले आन्दोलनमा सहमत रहेको र घुसपैठ र हिंसा भड्काउने जोकोहीलाई छानविन र कारवाहीको दायरामा ल्याउन आवश्यक रहेको बताए।
कारवाही नभए शान्ति शुव्यवस्था कायम हुन नसक्ने र निर्वाचन पनि नहुने जनाए।
अहिलेको सरकार चुनाव प्रति गम्भिर नभएको बताए , पौडेलले लोकतन्त्रको विकल्प लोकतन्त्रनै भएकाले देशको समाधान लोकतान्त्रिक विधिबाट खोज्नु पर्ने वताए।
एमालेको आउंदै गरेको महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा र उन्नत लोकतान्त्रिक विधि बाट सम्पन्न गरिने जिकिर गरे।
महाधिवेशनले देश र जनताको आवस्यकता लाई समाधान गर्ने गरी छनोट गर्नै विषयमा आस्वस्थ पारे।
पौडेलले रूपन्देही आफ्नो निर्वाचन क्षेत्र भएकोले कहिं कतै र केही गलत गरेको देखिएमा जानकारी दिन आग्रह गरे।
राजमार्ग, पुल ,अस्पताल, सम्मेलन केन्द्र, हवाई मैदान लगायतका धैरै योजनाहरू रुपन्देही मात्र नभएर देशकै गौरवका आयोजनाहरू यस क्षेत्रमा वनेको वताए।
निर्माणाधीन विकासका योजना हरुमा जनस्तरबाट चासो र रचनात्मकता आवस्यक रहेको वताएका छन्।
केहि विकासका आयोजनाहरु पुरा नभएको र सञ्चालनमा नआउँदा सधैं सत्ता र शक्तिमा नरहेका कारण पनि भएको हुन सक्ने औंल्याए।
कतिपय निर्माण प्रक्रियामा कमजोरी रहेका कारण पनि भएको वताए।
प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष भगवती पाण्डेको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव विष्णु घिमिरेले गरेका थिए।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...