Breaking news 1

लुम्बिनी विश्वकै साझा सम्पदा हो : प्रधानमन्त्री सुशीला कार्की

लुम्बिनी विश्वकै साझा सम्पदा हो : प्रधानमन्त्री सुशीला कार्की

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, विविध, शिक्षा, समाचार, समाज
बुटवलप्रधानमन्त्री सुशीला कार्कीले शनिबार बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेकी छन् । लुम्बिनी आएकी प्रधानमन्त्री कार्कीले सुरुमा लुम्बिनीस्थित भारत सरकारको सहयोगमा बनेको संग्रहालय अवलोकन गरेकी छन् ।त्यसपछि ५ हजार जना क्षमताको सभाहल र थाई बिहार पनि अवलोकन गरिन् । त्यसपछि मायादेवी मन्दिर दर्शन र छोटो पूजा गरिन् । लुम्बिनी आगमनका क्रममा प्रधानमन्त्री कार्कीलाई लुम्बिनी विकास कोषका सदस्य सचिव दिपक श्रेष्ठ,कोषका कार्यकारी सदस्य श्याम रोक्का,विश्व पौडेल, वरिष्ठ निर्देशक ज्ञानिन राई लगायतले औपचारिकरूपमा स्वागत गरेका थिए ।भ्रमणका क्रममा प्रधानमन्त्री कार्कीले बुद्ध जन्मस्थल लुम्बिनीको ऐतिहासिक र धार्मिक महत्वबारे जानकारी लिँदै संरक्षणका कामलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने सुझाव दिइन् ।प्रधानमन्त्री कार्कीले लुम्बिनी नेपालको मात्र नभई विश्वकै साझा सम्पदा भएको उल्लेख गर्दै यसको विकास गर...
माघ महिनामा एक खर्ब ८४ अर्बको आयात, २६ अर्बको निर्यात

माघ महिनामा एक खर्ब ८४ अर्बको आयात, २६ अर्बको निर्यात

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौंचालु आर्थिक वर्ष २०८२/८३ को सात महिना (साउनदेखि माघ)सम्ममा ११ खर्ब २३ अर्बको आयात भएको छ। आयात गत आर्थिक वर्ष २०८१/८२ को यही अवधिको तुलनामा १३.६५ प्रतिशत बढेको हो। यसअघि नौ खर्ब ३९ अर्बको आयात भएको थियो। चालु आर्थिक वर्षको माघ एक महिनामा मात्रै एक खर्ब ८४ अर्ब रूपैयाँको आयात भएको छ। त्यस्तै, यो सात महिनामा निर्यात ३२ प्रतिशतले बढेर एक खर्ब ६८ अर्ब रूपैयाँ पुगेको छ। यसअघि गत आर्थिक वर्षको यो अवधिसम्ममा एक खर्ब २७ अर्ब रूपैयाँको निर्यात भएको थियो।चालु आर्थिक वर्षको माघ महिनामा मात्रै भने २६ अर्ब १२ करोडको निर्यात भएको हो।माघसम्ममा सात खर्ब ९७ अर्ब रूपैयाँ व्यापार घाटा छ। त्यस्तै, आयात निर्यात अनुपात ६.६१ प्रतिशत छ। नेपालको आयात निर्यातभन्दा ६ गुणाले धेरै छ। अर्थात् नेपालले एक रूपैयाँ बराबरको सामान पठाउँदा ६ रूपैयाँभन्दा बढीको सामान आयात गरिरहेको छ। यस्तो अनुपातमा ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागू औषध गाँजासहित ३ भारतीय पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागू औषध गाँजासहित ३ भारतीय पक्राउ

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागू औषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा ४३ वर्षीया समीना अख्तर बैग मिर्जा, २४ वर्षीय मोहम्मद जुनैद तथा ४४ वर्षीय अफसाना अमीर हुसेन शेख रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागू औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले मोहम्मद जुनैद र समीना अख्तर बेग मिर्जालाई करिब तीन किलो ८७० ग्राम र अफसानालाई करिब सात किलो ४०० ग्राम उक्त लागू औषधसहित आज पक्राउ गरेको उनले बताए । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै लागू औषध नियन्त्रण ब्यूरो पठाइएको प्रवक्ता काफ्लेले बताए । चोरीको मोटरसाइकलको पार्टपुर्जा अन्य मोटरसाइकलमा...
मतदाता शिक्षा प्रदानका लागि टिकटक प्रतियोगिता : उत्कृष्ट भिडियोलाई ५० हजारसम्म पुरस्कार

मतदाता शिक्षा प्रदानका लागि टिकटक प्रतियोगिता : उत्कृष्ट भिडियोलाई ५० हजारसम्म पुरस्कार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज
काठमाडौंतपाईं टिकटक कत्तिको चलाउनुहुन्छ ? रमाइलोका लागि चलाउँदै आएको टिकटकलाई अब राष्ट्रिय रूपमा योगदान दिन सक्ने महत्त्वपूर्ण अवसर छ ।निर्वाचनलाई टिकटक बनाएरै सहयोग गर्न सकिने छ । यस्तै, त्यसबाट आकर्षक पुरस्कारसमेत प्राप्त गर्न सकिन्छ । रमाइलोका लागि हेरिन वा बनाइने टिकटक बनाएर निर्वाचनको माहोल बनाउन, प्रचारप्रसार गर्ने र मतदाता शिक्षा प्रदान गर्न सकिनेछ । मतदातामाझ लोकप्रिय रहेको सामाजिक सञ्जाललाई आयोगले निर्वाचन प्रचारप्रसारका लागि प्रयोग गर्न लागेको छ ।यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर आयोगले टिकटक भिडियो बनाउने निर्वाचनलाई केन्द्रमा राखेर निर्वाचन आयोगले टिकटक भिडियो बनाउने अभियान चलाउने भएको हो । निर्वाचनलाई भव्य, सभ्य बनाउनका लागि आयोगले टिकटक भिडियो बनाउने प्रतियोगिता सञ्चालन गर्दैछ । निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षाका लाग...
सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक

सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ । निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन र निवौचनको तयारी सम्बन्धमा छलफल हुने बताइएको छ । छलफलमा केन्द्रीय सुरक्षा निकायका पदाधिकारी, ७ वटै प्रदेशका प्रमुख सचिव (प्रदेश कमाण्ड पोस्ट) सहितको ४ बटै सुरक्षा निकायका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको उपस्थिती रहेको छ । बैठक जुम माध्यम बाट सन्चालन भएको छ । ...
स्थिर सरकार नेपालको आवस्यकता

स्थिर सरकार नेपालको आवस्यकता

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, लेख रचना, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवालीनेपालमा २००७ सालमा प्रजातन्त्र आएपछि पछि बनेका कुनै पनि सरकार पूरा अवधि टिकेका छैनन्। प्रजातन्त्र आएपछि पहिलो प्रधानमन्त्री मोहनशमशेर जबरा भए। उनको शासन पनि लामो टिकेन।त्यसपछि मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री बने। जनताको छोरा मध्येबाट पहिलो प्रधानमन्त्री हुने व्यक्ति कोइराला हुन्। पार्टीभित्रकै खिचातानी र विवादले कोइराला पनि छोटो समयमा सत्ताबाट बाहिरिनु पर्‍यो। त्यसपछि डा. केआइ सिंह, टंकप्रसाद आचार्य प्रधानमन्त्री बने। उनीहरूको अवधि पनि छोटो नै रह्यो। त्यसपछि सुवर्णशमशेर राणालाई मन्त्रिपरिषद्को अध्यक्ष बनाइयो। उनले २०१५ सालको आमनिर्वाचन गरे। अनि बीपी कोइराला प्रधानमन्त्री बने। राजा महेन्द्रले २०१७ सालमा कोइरालाको दुईतिहाइको सरकारलाई अपदस्थ गरी सत्ता आफ्नो हातमा लिए। २००७ देखि २०१७ सालसम्म अस्थिर नै समय रहेको ढुंगाना बताउँछन्।एकतान्त्रिक पञ्चायती व्यवस्थाका बेला पनि ...
आज प्रजातन्त्र दिवस मनाइदै

आज प्रजातन्त्र दिवस मनाइदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवल आज प्रजातन्त्र दिवस । सरकारले आज सार्वजनिक बिदा दिएको छ । २००७ सालको क्रान्ति सफल भएको सम्झनामा आज प्रजातन्त्र दिवस भव्यताका साथ मनाइँदै छ ।सहिदहरू धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्दलगायतको बलिदानीसहित तत्कालीन राजा त्रिभुवन र जनताको आन्दोलनका कारण २००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो ।नेपालको पहिलो लोकतान्त्रिक आन्दोलनको सम्झनामा आज देशैभरि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले सबै नेपालीहरुमा शुभकामना दिएका छन् । ...
घोषणापत्रमा कुन दलले के भनेका छन्?

घोषणापत्रमा कुन दलले के भनेका छन्?

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलप्रतिनिधि सभा निर्वाचन २१ फागुनलाई लक्षित गरेर राजनीतिक दलहरुले सार्वजनिक गरेका र सार्वजनिक गर्न बाँकी घोषणापत्रमा भ्रष्टाचार नियन्त्रण, संविधान संशोधन, आर्थिक विकास, रोजगारी र सार्वजनिक सेवाको मुद्दालाई मुख्य प्राथमिकतामा राखेका छन् । अघिल्ला घोषणापत्रहरूको तुलनामा यसपटक गत भदौ २३ र २४ गतेको जेन-जी विद्रोहको छाया घोषणापत्रमा देखिएको छ । युवा पुस्ताको विद्रोही भावना, भ्रष्टाचारविरुद्धको आक्रोश र राजनीतिक स्थायित्वको मागलाई दलहरुले सम्बोधन गर्न खोजेका छन् । आर्थिक सुधार, विकास र रोजगारीलगायतका साझा विषयमा एकरुपता देखिए पनि संविधान संशोधनअन्तर्गत शासकीय मोडल, संघीयताको पुनर्संरचना, भ्रष्टाचार नियन्त्रण जस्ता विषयमा दलगत व्याख्या फरक–परक छन् । उपलव्ध भएका घोषणा पत्रएमालेको घोषणापत्रमा के छ ?-राजनीतिक स्थायित्वका लागि संविधान संशोधन।-भदौ २४ मा भएको आगजनीबाट क्षति भएका संरचनाको ...
आज ग्याल्पो ल्होछार पर्व: विशेष कार्यक्रम गरी मनाइँदै

आज ग्याल्पो ल्होछार पर्व: विशेष कार्यक्रम गरी मनाइँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंआज ग्याल्पो ल्होछार पर्व मनाइँदैछ । शेर्पा र उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले नयाँ वर्षको रुपमा विभिन्न कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होछार मनाउँदैछ । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होछार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार बाँदर वर्ष पूरा भई चरा वर्ष लाग्ने शेर्पा संस्कृतिविद् बताउँछन् ।ल्होछार पर्वका अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से सबैजना मिलीजुली खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ ।शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक...
राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु साझा दायित्व हो : राष्ट्रपति रामचन्द्र पौडेल

राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु साझा दायित्व हो : राष्ट्रपति रामचन्द्र पौडेल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा शेर्पा समुदायको उल्लेखनीय भूमिका रहेको बताएका छन् । नेपाल शेर्पा सङ्घद्वारा २१५३औँ ग्याल्पो लोसार (नयाँ वर्ष) का अवसरमा आज शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।“नेपालको पर्यटन, पर्वतारोहणका क्षेत्रमा ख्याति कमाएका शेर्पा समुदाय इमान्दार, परिश्रमी र प्रकृतिप्रेमी जातिकारुपमा परिचित छन्, शताब्दीयौँदेखि नेपालको हिमाली क्षेत्रबाट फैलिएका यो जाति आज विश्वभर फैलिएर आफ्नो समुदायको मात्र नभएर नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्नु खुशीको विषय हो”, राष्ट्रपति पौडेलले भने। हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संस्कृति रहेको नेपालका विभिन्न जातजातिमध्ये आफ्नै विशिष्ट परम्परा, संस्कृति, सभ्यता र पहिचान रहेको शेर्पा समुदाय नेपालको आदिवासी समुदाय भएको उल...