घोषणापत्रमा कुन दलले के भनेका छन्?


बुटवल
प्रतिनिधि सभा निर्वाचन २१ फागुनलाई लक्षित गरेर राजनीतिक दलहरुले सार्वजनिक गरेका र सार्वजनिक गर्न बाँकी घोषणापत्रमा भ्रष्टाचार नियन्त्रण, संविधान संशोधन, आर्थिक विकास, रोजगारी र सार्वजनिक सेवाको मुद्दालाई मुख्य प्राथमिकतामा राखेका छन् ।

अघिल्ला घोषणापत्रहरूको तुलनामा यसपटक गत भदौ २३ र २४ गतेको जेन-जी विद्रोहको छाया घोषणापत्रमा देखिएको छ । युवा पुस्ताको विद्रोही भावना, भ्रष्टाचारविरुद्धको आक्रोश र राजनीतिक स्थायित्वको मागलाई दलहरुले सम्बोधन गर्न खोजेका छन् । आर्थिक सुधार, विकास र रोजगारीलगायतका साझा विषयमा एकरुपता देखिए पनि संविधान संशोधनअन्तर्गत शासकीय मोडल, संघीयताको पुनर्संरचना, भ्रष्टाचार नियन्त्रण जस्ता विषयमा दलगत व्याख्या फरक–परक छन् ।

उपलव्ध भएका घोषणा पत्र
एमालेको घोषणापत्रमा के छ ?
-राजनीतिक स्थायित्वका लागि संविधान संशोधन।
-भदौ २४ मा भएको आगजनीबाट क्षति भएका संरचनाको पुनःनिर्माण।
-एक दशकभित्र समुन्नत राष्ट्र बनाइने।
-समृद्ध नेपाल, सुखी नेपाली।
-मैत्रीपूर्ण विदेश सम्बन्ध।
-सबै नागरिकलाई स्वास्थ्य, शिक्षा र आवासको ग्यारेन्टी।
-राष्ट्रियताको पक्षमा प्रतिवद्ध।
-डिजिटल अर्थतन्त्रमा जोड।
-जेनजीको माग जायज तर, भदौ २३ र २४ गतेको विद्रोह सिंहदरबार जलाउने र एमाले नेतृत्वको सरकार विस्थापित गर्ने षडयन्त्र।
-सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी बनाउने ।
कांग्रेसको घोषणापत्रमा के छ?
-जेनजी विद्रोहलाई आत्मसाथ गरी माग सम्वोधन गर्ने
-राज्यको संवैधानिक निकाय राजनीति प्रभावबबाट पूर्णरुपमा मुक्त । भ्रष्ट्राचार नियन्त्रण, वित्तिय अनुशासन र सुशासनका लागि प्रभाकारी कानून निर्माण र कार्यन्वयन ।
-मन्त्रिपरिषद्का निर्णयलाई पनि अख्तियारको छानविनको दायार माभित्र ल्याउनेगरि भ्रष्ट्राचार निवारण ऐन र अख्तियार ऐन संशोधन ।
-मन्त्री, सांसद र उच्च पदस्थ राजनीतिक व्यक्तिहरुले अनिवार्य रुपमा सपथ लिनुपूर्व आफ्नो सम्पति सार्वजनिक घोषणा गर्ने ।
-२०६३ पछि सार्वजनिक पदमा रहेका वा नरहेका हरेक व्यक्तिको सम्पति छानबिन गर्न उच्चस्तरीय सम्पति छानबिन आयोग गठन गर्ने ।
-आयोगले पूर्व न्यायाधीश, सेनाका पूर्व अधिकारीलगायतका सम्पूर्ण व्यक्तिको सम्पति छानबिनको समेत अधिकार प्रदान गर्ने।
-संविधान संशोधनका लागि सबै राजनीतिक पार्टी,सरोकारवालाहरुसंग राष्ट्रिय संवाद गर्ने ।
-निर्वाचन प्रणालीमा संशोधन गर्ने । आरक्षित निर्वाचन क्षेत्र समावेशितता सिद्धान्त अपनाउने ।
-सिंगल रोटेशन रिजम्भर्ड निर्वाचन क्षेत्र जस्ता नवीन अयासहरु कार्यन्वयनमा पहल गर्ने।
-उम्मेदवार चयनमा सदस्यतामा आधारित प्राइमेरी निर्वाचनमा जाने।
-अर्थतन्त्रका क्षेत्रलाई दलीय प्रभाव, दबाव र कव्जाबाट मुक्त पार्ने ।
-प्रधानमन्त्री दुई पटक मात्रै।
-सन्तुलित परराष्ट्र सम्वन्ध।
नेपाली कम्युनिस्ट पार्टीकाे घाेषणापत्रमा के छ?
-शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीय संरचनामा युवा पुस्ताको भावना समेतका आधारमा संविधान संशोधन।
-पाँच वर्षभित्र वार्षिक १० प्रतिशत आर्थिक वृद्धिदर ।
-गरिबीको दर २०.१५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झार्ने।
-प्रतिवर्ष १ लाख ५० हजार थप रोजगारी।
-५ वर्षभित्र कम्तीमा ५ लाख नियमित रोजगारी।
-विदेशबाट फर्किएका कम्तीमा १ लाख व्यक्तिलाई उद्यमी बनाइने।
-प्रतिवर्ष १ लाख ५० हजार आत्मनिर्भर रोजगारी थप्ने।
-आगामी दशकलाई ‘कृषि लगानी दशक’ घोषणा गरिने।
-किसानलाई किसान परिचयपत्र वितरण गरिने।
-पाँच वर्षभित्र १० हजार मेगावाट थप विद्युत् उत्पादन।
-राष्ट्रिय ग्रिडको क्षमता १५,००० मेगावट पुर्‍याइने।
-२० वटा शहरलाई स्मार्ट सिटी बनाइने।
-१०० वटा ग्रामीण वस्तीलाई स्मार्ट भिलेज बनाइने।
-एक बर्षभित्र संपनी छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र सम्पति छानबिन आयोग गठन।
-शक्तिशाली तथा स्वतन्त्र लोकपाल गठन।
-उच्चस्तरीय प्रशासन संरचना पुनरावलोकन आयोग।
-स्तन क्यान्सर, पाठेघर खस्ने, फिस्टुला, पिसाब चुहिने लगायत महिला विशेष रोगको निःशुल्क उपचार।
नेपाली कम्युनिस्ट पार्टीकाे घाेषणापत्रमा के छ?
-शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीय संरचनामा युवा पुस्ताको भावना समेतका आधारमा संविधान संशोधन।
-पाँच वर्षभित्र वार्षिक १० प्रतिशत आर्थिक वृद्धिदर ।
-गरिबीको दर २०.१५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झार्ने।
-प्रतिवर्ष १ लाख ५० हजार थप रोजगारी।
-५ वर्षभित्र कम्तीमा ५ लाख नियमित रोजगारी।
-विदेशबाट फर्किएका कम्तीमा १ लाख व्यक्तिलाई उद्यमी बनाइने।
-प्रतिवर्ष १ लाख ५० हजार आत्मनिर्भर रोजगारी थप्ने।
-आगामी दशकलाई ‘कृषि लगानी दशक’ घोषणा गरिने।
-किसानलाई किसान परिचयपत्र वितरण गरिने।
-पाँच वर्षभित्र १० हजार मेगावाट थप विद्युत् उत्पादन।
-राष्ट्रिय ग्रिडको क्षमता १५,००० मेगावट पुर्‍याइने।
-२० वटा शहरलाई स्मार्ट सिटी बनाइने।
-१०० वटा ग्रामीण वस्तीलाई स्मार्ट भिलेज बनाइने।
-एक बर्षभित्र संपनी छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र सम्पति छानबिन आयोग गठन।
-शक्तिशाली तथा स्वतन्त्र लोकपाल गठन।
-उच्चस्तरीय प्रशासन संरचना पुनरावलोकन आयोग।
-स्तन क्यान्सर, पाठेघर खस्ने, फिस्टुला, पिसाब चुहिने लगायत महिला विशेष रोगको निःशुल्क उपचार।
रास्वपा घोषणापत्रमा के छ?
-संविधान संशोधन।
-सामाजिक न्यायसहितको उदार अर्थ नीति।
-गणतन्त्रात्मक शासन व्यवस्था, सुधारिएको प्रदेश संरचना।
-सन्तुलित परराष्ट्र सम्वन्ध।
-भ्रष्टाचार विरोधी महाअभियान । सरकारी सेवाहरूको सर्वव्यापी डिजिटल डेलीभरी ।
-दलीयकरणको अन्त्य गर्न ०४६ देखिकै सम्पत्ति छानबिन गर्न उच्च स्तरीय आयोग गठन ।
-शत प्रतिशत बिमा गरिएको गुणस्तरीय स्वास्थ्य सेवा ।
-सार्वजनिक शिक्षाको आमूल सुधार ।
-मृत्युसम्म आवश्यकतामा आधारित ‘एकीकृत सामाजिक सुरक्षा’ को ग्यारेन्टी ।
-नियमनभित्रको सहकारी र लघु वित्त, मिटर व्याज शोषणको अन्त्य ।
-१२ लाख नयाँ रोजगारी सिर्जना ।
-१५ हजार मेगावाट विद्युत् जडित क्षमता बृद्धि, ३० हजार कि.मि. राष्ट्रिय राजमार्ग थप निर्माण ।
-१० वटा राष्ट्रिय महत्वका सिग्नेचर आयोजा ।

जसपा नेपालको घोषणापत्रमा के छ?
-समानुपातिक प्रतिनिधित्व हुने संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भएको शासकीय स्वरुप ।
-राष्ट्रिय पहिचान सहितको संघीय ढाँचामा प्रदेश पुर्नसंरचना ।
-केन्द्रमा साझा राज्य र प्रदेशहरुमा स्वायत्तता राज्य ।
-शासकीय स्वरुप, संघीय संरचना, निर्वाचन प्रणाली, न्याय प्रणाली, संवैधानिक निकायको पुर्नसंरचना, जनलोकपालको गठन ।
-नागरिकताको विद्यमान लैगिक विभेद अन्त्यका लागि संविधान संशोधन, सामाजिक सुरक्षाको ग्यारेन्टी।
-पाँच बर्षभित्र गरिबीबाट मुक्त।
-राष्ट्रिय शिक्षा आयोगको गठन।
-१२ कक्षासम्मको शिक्षा निशुल्क।
राप्रपा घोषणापत्रमा के छ?
-अभिभावकीय राजसंस्था कायम।
-प्रदेशी खारेज, केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचना।
-बैदिक सनात धर्म सापेक्ष हिन्दु राष्ट्र।
-गैरदलिय स्थानीय तह।
-२०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पति छाबिनका लागि उच्चस्तरीय नागरिक आयोग गठन।
-पाँच बर्षभित्र आर्थिक बृद्धिदर ७ प्रतिशत माथि पुर्‍याइने।
-त्रिविविलाई राष्ट्रिय विश्वविद्यालय।
-क्याम्पसमा ट्रेड युनियनहरु खारेज।
-सबै विद्यालय १२ कक्षासम्म नि:शुल्क।
-सबै नागरिकलाई निशुक्लय स्वास्थ्य उपचार, स्वास्थ्य विमाको दायारा बढाउने र चाहेको अस्पतालमा उपचार गर्न पाउने व्यवस्था ।
-मेट्रो, पड वे, आकेश पुल, अण्डरपास, ओभरपास, रिङरोड विस्तार ।
-पाँच बर्षभित्र सम्पूर्ण उपत्यायकालाई मेट्रो रेल, पड वे लगायतका यातयात संञ्जालमा जोडिने।

श्रम संस्कृति पार्टीकाे घाेषणापत्रमा के छ?
-प्रत्यक्ष कार्यकारी राष्ट्रपति भएको शासकीय स्वरुप।
-सांसद मन्त्री हुन नपाउने
-राष्ट्रपति राष्ट्र र सरकार दुवैको प्रमुख
-पूर्ण समानुपातिक निर्वाचन प्रणाली ।
-प्रदेशमा आवश्यकता भन्दा बढी मन्त्रालय कटौति ।
-भ्रष्ट्राचार रोक्न नागरिक संञ्जाल खडा गरिने।
-जेनजीको सपनालाई योजनामा तर्जुमा गरेर नयाँ ढंगका राष्ट्रहितमा काम गर्ने।
-सबैलाई श्रम संस्कृतिसंग जोडेर अनिवार्य श्रम गराउने।
उज्यालो पार्टीकाे घाेषणापत्रमा के छ?
-सांसद संख्या घटाएर २०१ कायम गर्ने
-मन्त्रालयको संख्या संघमा १५, प्रदेशमा ५ देखि ७सम्म।
-प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री।
-स्थानीय तह निर्दलीय।
-१००० कित्ता सेयर अभियान।
-जनताको जलविद्युत कोष स्थापना
-भ्रष्ट्राचारीलाई आजिवन सार्वजनिक पदमा प्रतिबन्ध।
-मोवाइल क्लिनिक र टेलिमेडिसनको व्यवस्था।
-रेलमार्ग निर्माण सुरु गरिने, जलमार्ग पहिचान एवं निर्माण
-पाँच बर्षभित्र बार्षिक ९ प्रतिशत आर्थिक बृद्धि।
-प्रतिवर्ष ९ लाख रोजगारी।
-जलविद्युत उत्पादनमा १२ हजार मेगावाट बढोत्तरी।

छुटाउनुभयो कि ?

एमाले रुपन्देही-२ को प्रतिबद्धतापत्र सार्वजनिक

एमाले रुपन्देही-२ को प्रतिबद्धतापत्र सार्वजनिक

बुटवलप्रतिनिधिसभा निर्वाचन-२०८२ नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रुपन्देही निर्वाचन क्षेत्र नं. २ का लागि विस...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागू औषध गाँजासहित ३ भारतीय पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागू औषध गाँजासहित ३ भारतीय पक्राउ

काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागू औषध गाँजासहित तीन ...
प्रतिनिधिसभा विघटनविरूद्धको रिट फागुन २२ गतेलाई साधारण तारेख

प्रतिनिधिसभा विघटनविरूद्धको रिट फागुन २२ गतेलाई साधारण तारेख

काठमाडौंसर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको रिटलाई फागुन २१ गतेको निर्वाचनको भोलिपल्ट फागुन २२ मा साधरण तारेख दिएको ...
एमालेले भन्यो- देश जलाउनेलेनै देश बनाउने पार्टीको झण्डा जलाए

एमालेले भन्यो- देश जलाउनेलेनै देश बनाउने पार्टीको झण्डा जलाए

काठमाडौंनेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको तुल्सीपुरमा आफ्नो चुनाव चिह्न स...