स्थिर सरकार नेपालको आवस्यकता


श्रीराम ज्ञवाली
नेपालमा २००७ सालमा प्रजातन्त्र आएपछि पछि बनेका कुनै पनि सरकार पूरा अवधि टिकेका छैनन्। प्रजातन्त्र आएपछि पहिलो प्रधानमन्त्री मोहनशमशेर जबरा भए। उनको शासन पनि लामो टिकेन।
त्यसपछि मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री बने। जनताको छोरा मध्येबाट पहिलो प्रधानमन्त्री हुने व्यक्ति कोइराला हुन्। पार्टीभित्रकै खिचातानी र विवादले कोइराला पनि छोटो समयमा सत्ताबाट बाहिरिनु पर्‍यो। त्यसपछि डा. केआइ सिंह, टंकप्रसाद आचार्य प्रधानमन्त्री बने। उनीहरूको अवधि पनि छोटो नै रह्यो। त्यसपछि सुवर्णशमशेर राणालाई मन्त्रिपरिषद्को अध्यक्ष बनाइयो। उनले २०१५ सालको आमनिर्वाचन गरे। अनि बीपी कोइराला प्रधानमन्त्री बने। राजा महेन्द्रले २०१७ सालमा कोइरालाको दुईतिहाइको सरकारलाई अपदस्थ गरी सत्ता आफ्नो हातमा लिए। २००७ देखि २०१७ सालसम्म अस्थिर नै समय रहेको ढुंगाना बताउँछन्।
एकतान्त्रिक पञ्चायती व्यवस्थाका बेला पनि राजाले चाहेका व्यक्ति प्रधानमन्त्री हुन्थे। उनीहरू पनि छोटोछोटो समयमा बिदा पाउँथे। पञ्चायत आएपछि पहिलो मन्त्रिपरिषद्को अध्यक्ष डा. तुलसी गिरी बने। त्यसपछि सूर्यबहादुर थापा मन्त्रिपरिषिद्कै अध्यक्ष बनाइए। २०२५ सालमा आएर मात्रै कीर्तिनिधि विष्टलाई प्रधानमन्त्री बनाइयो। नागेन्द्रप्रसाद रिजाल, लोकेन्द्रबहादुर चन्द, मरिचमान श्रेष्ठ प्रधानमन्त्री भए। पञ्चायतमा आलोपालो गरेर पुरानैअनुसार दोहोर्‍याइयो तर पूरा अवधि भने कसैलाई पनि बनाइए।

२०४६ पछिको अवस्था पनि यस्तै छ। अन्तिमकालमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बने। त्यसपछि आमनिर्वाचनले गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनायो। कांग्रेसबाट बहुमतसहित प्रधानमन्त्री बनेका कोइरालाको सरकार पनि ३ वर्षभन्दा लामो समय टिकेन। २०५१ मा मध्यवधि भयो। एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री बने। उनको सरकार लोकप्रिय भए पनि ९ महिनाभन्दा बढी टिकेन। त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री भए। देउवापछि लोकेन्द्रबहादुर चन्द, सूर्यबहाुर थापा प्रधानमन्त्री बने। पुन: गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने। २०५१ देखि २०५६ को अबधिमा अझ धेरै सरकार परिवर्नत भए। यो अवधिमा सुरासुन्दरी, पजेरो, सुत्केरी भत्ताजस्ता विकृति भित्रिए।

२०५६ सालको निर्वाचन पनि कांग्रेसले बहुमत ल्यायो तर कांग्रेसबाटै प्रधानमन्त्री बनेका कृष्णप्रसाद भट्टराई छोटा अबधिमा पदच्युत गरियो। फेरि गिराजाप्रसाद कोइराला प्रधानमन्त्री बने। कोइरालापछि देउवा बने। राजा ज्ञानेन्द्रले अक्षम भन्दै देउवालाई हटाएर सत्ता आफ्नै हात लिए। २०६२/६३ को जनआन्दोलनपछि धेरै प्रधानमन्त्री परिवर्तन भए। पहिलो संविधानसभाबाट पुष्पकमल दाहाल प्रधानमन्त्री बने। उनको सरकार ९ महिनामा ढल्यो। त्यसपछि माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई प्रधानमन्त्री बने। निर्वाचन गराउनका लागि दलहरूले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष पनि त्यही अबधिमा बनाए। २०७० को दोस्रो संविधान सभापछि सुशील कोइराला प्रधानमन्त्री भए।

एमाले र कांग्रेसको सहमतिमा प्रधानमन्त्री बनेका कोइरालाले संविधान जारी गरेपछि सत्ता छोड्ने पूर्वसहमति कार्यान्वयन गरेनन्। त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए। ओलीपछि दाहाल, दाहालपछि देउवा प्रधानमन्त्री भए। २०७० देखि ७४ का बीचमा ४ जना प्रधानमन्त्री भए। २०७४ सालमा आमनिर्वाचनपछि केपी ओली प्रधानमन्त्री भए। उनको सरकार साढे तीन वर्षसम्म गयो। त्यसपछि परमादेशबाट देउवा प्रधानमन्त्री भए। २०७९ को निर्वाचनपछि प्रचण्ड प्रधानमन्त्री वने उनको सरकार डेढ वर्ष मात्र चल्यो। २०८१ असार ३१बाट २०८२भदौ २६ सम्म केपी शर्मा ओली प्रधानमन्त्री वने।

अहिले जेन्जी आन्दोलन पश्चात् वनेको शुशिला कार्कीको अन्तरिम चुनावी सरकार छ। यही फागुन २१ मा निर्वाचन हुंदैछ।
निर्वाचनको परिणाम कस्तो आउँछ भन्ने आम नेपालीको चासो र चिन्तन छ।

यसरी अस्थिर सरकारका कारण नेपाल र नेपालीको चाहना अनुसार राष्ट्र, राष्ट्रियता,विकाश र सम्बृद्धिमा काम हुन नसकेको बुझाई छ।
एउटा सरकारले ल्याएका योजना कार्यान्वयनमा नआउँदै सरकार ढल्ने र अर्को सरकार वने पछि केही छाडेर फेरि आफ्ना योजना ल्याउने र फेरि ढल्ने गर्दा चाहेजति काम हुन सकेन।
त्यसैगरी सरकारमा गएका प्रधानमन्त्री,मन्त्रीहरू र राजनैतिक दलहरुले पनी आफ्नो दल, कार्यकर्ता, मतदाता, परिवार, नालनाता,स्टमित्र लागायतलाई वढी प्राथमिकता दिने गरेको जन गुनासो आउने गरेको छ।
अस्थिर सरकारका कारण देश र जनताका काम चाहेजति हुन सकेनन् भने नेताहरुलाई पनि मैले गर्न चाहे जति गर्न सकिन,पाईन भन्ने सत्ता मोह निरन्तर रही रह्यो।
यसले अनुभवीले छोड्न नचाहने र नयाँले चलाउन चाहने अवस्था अहिले देखिएको छ।
समाधानका लागि कि कुनै दलले बहुमत ल्याउनु पर्यो नभए निर्वाचित दलहरु मिलेर कम्तीमा ५ बर्ष स्थायी सरकार चलाउने गरी समझदारी गरेर जानुपर्ने अवस्था र आवश्यकता देखिएको छ।

छुटाउनुभयो कि ?

एमाले रुपन्देही-२ को प्रतिबद्धतापत्र सार्वजनिक

एमाले रुपन्देही-२ को प्रतिबद्धतापत्र सार्वजनिक

बुटवलप्रतिनिधिसभा निर्वाचन-२०८२ नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रुपन्देही निर्वाचन क्षेत्र नं. २ का लागि विस...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागू औषध गाँजासहित ३ भारतीय पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागू औषध गाँजासहित ३ भारतीय पक्राउ

काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागू औषध गाँजासहित तीन ...
प्रतिनिधिसभा विघटनविरूद्धको रिट फागुन २२ गतेलाई साधारण तारेख

प्रतिनिधिसभा विघटनविरूद्धको रिट फागुन २२ गतेलाई साधारण तारेख

काठमाडौंसर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको रिटलाई फागुन २१ गतेको निर्वाचनको भोलिपल्ट फागुन २२ मा साधरण तारेख दिएको ...
एमालेले भन्यो- देश जलाउनेलेनै देश बनाउने पार्टीको झण्डा जलाए

एमालेले भन्यो- देश जलाउनेलेनै देश बनाउने पार्टीको झण्डा जलाए

काठमाडौंनेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको तुल्सीपुरमा आफ्नो चुनाव चिह्न स...