फिचर

बाघ बढे तर गोठ रित्तिए, अन्न फल्न छाड्यो

बाघ बढे तर गोठ रित्तिए, अन्न फल्न छाड्यो

Breaking news 3, फिचर, समाचार, समाज, स्थानीय
१३ भदौ, काठमाडौं । बर्दियाको मधुवन–३ भग्रैयाका रामबहादुर केसी मचानमाथि बसेर धानखेतको रखवारी गर्दैथिए– निकुञ्जबाट आउने हात्तीको बथानले हुर्कंदै गरेको धानबाली स्वाहा पारिदेला कि भनेर । त्यसैबेला छेउमा बजिरहेको रेडियोले नेपालमा बाघको संख्या बढेर ३५५ पुगेको खबर फुक्यो । ‘अब झन् कति मान्छे खाने हो !’ लामो सुस्केरा हाल्दै रामबहादुरले भने । रामबहादुरबाटै यो समाचार सुनेकी उनकी श्रीमती दुर्गा केसी पनि दुःखी भइन् । १३ साउन २०७९ (विश्व बाघ दिवस) मा वन तथा वातावरण मन्त्रालयले नेपालमा बाघको संख्या ३५५ पुगेको घोषणा  गर्यो । बाघ बढेको यो समाचार बीबीसी, नेशनल जिओग्राफी, सीएनएनलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा आईयूसीएन, वल्र्ड वाइल्ड लाइफलगायत संस्थाले पनि प्रकाशन/प्रसारण गरे । बलिउड अभिनेता लियोनार्डो डि क्याप्रियोले खुशी व्यक्त गर्दै ट्वीट गरे । तर, रामबहादुर केसीको परिवार भने चिन्ति...
अस्वाभाविक महँगी नियन्त्रण गर

अस्वाभाविक महँगी नियन्त्रण गर

फिचर, सम्पादकिय
] कुनै ठूलो चाडबाड होस् या अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि— सानो बहाना पाउनु हुन्न, नेपाली व्यापारी–व्यवसायीहरू जेमा पनि भाउ बढाइहाल्छन् । अहिले त विश्वबजारमै इन्धन लगायत कतिपय वस्तुको मूल्यवृद्धि भएको छ, जुन नेपाली व्यापारीका निम्ति मौकामा चौका हान्ने राम्रै बहाना बनेको देखिन्छ । दिनप्रतिदिन अकासिँदो महँगीले उपभोक्ताको ढाड नराम्रोसित सेकिरहेको छ । तैपनि सरकार भने यसप्रति पूरै बेसरोकार देखिन्छ । स्वाभाविक सीमाभन्दा बढी मूल्य वृद्धि हुन नदिने आफ्नो दायित्वलाई सरकारले सम्पूर्ण रूपमा भुलेको छ । निश्चय पनि अहिले विश्वबजारमै इन्धन लगायत विभिन्न वस्तुहरूमा मूल्यवृद्धि भैरहेको छ । रुस–युक्रेन युद्ध लगायतका कारणले गर्दा भविष्यमा खाद्य संकटसमेत आउन सक्छ कि भन्ने भय सर्वत्र छ । यी दुवै सवालप्रति कतिपय देश चिन्तित देखिन थालिसकेका छन् । नेपाल सरकारलाई भने निकट भविष्यको मात्र होइन, अहिले ...
अर्गानिक तिजका गितमा अर्गानिक दरको परिकार

अर्गानिक तिजका गितमा अर्गानिक दरको परिकार

गित संगित, जीवनशैली, ताजा अपडेट, फिचर, समाचार, स्थानीय
कृष्ण अन्जानअर्गली पाल्पातानसेन नगरपालिका वडा न १४ फोस्रान टोल पुग्दा टोलिभरिका आमा बुवा ,दाजुभाई दिदी बहिनी हजुरबा हजुर आमा स्थानीय राधाकृष्ण मन्दिरको प्रांगणमा जम्मा भएका थिए ।विहानै नौ बजेदेखिको यो जमघटमा दिदीबहिनी हरुले तिजका गित रन्काउँदै थिए भने केही पाका मान्छे हरुले खान्कि पकाउँदै थिए ।फोस्रान टोलका सबैघर हरुबाट सिठेझारा पार्दै बुधबार सबैलाई दर खान मन्दिर प्राँगणमा जम्मा पारिएको स्थानीय कृष्ण प्रसाद पाण्डेलेले बताए ।हुनपनि साना बालबालिका देखि युवा र नब्वे वर्ष सम्माका जेष्ठ नागरिक सम्म जम्मा भएका थिए फोस्रान टोलको मन्दिरमा । हामीले गाउँका बा आमालाई बोकेर मन्दिरको प्राँगणमा ल्याएका छम कृष्ण प्रसाद पाण्डेले थपे ।एकातिर मादल घन्काउँदै तालिको तालमा परम्परागत तिजका गितहरुमा आमा दिदी वहिनिहरुले शालिन रुपमा नाच्ने र गाउने गर्दै थिए भने भान्साको काम पुरुष हरुले सम्हालेका थिए ।आधुनिक त...

वार्षिक आय र व्यय विवरण नबुझाउने पार्टी निर्वाचनमा सहभागी हुन पाउँदैन : आयोग

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, फिचर, समाचार
काठमाडौँ — निर्वाचन आयोगले वार्षिक आय र व्ययको विवरण नबुझाउने पार्टीलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी नगराउने भएको छ । निर्वाचन आयोगमा १ सय १६ वटा राजनीतिक दल दर्ता रहेका र त्यसमध्ये आगामी मंसिर ४ गते हुने संघीय र प्रदेशको निर्वाचन प्रयोजनका लागि भने ८४ वटा राजनीतिक दल मात्रै दर्ता भएका निर्वाचन आयोगले जनाएको छ ।  फाइल तस्बिर । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले वार्षिक आय व्यय विवरण नबुझाउने राजनीतिक दललाई निर्वाचनमा सहभागी नगराइने बताएका छन् । उनले दल दर्ताका लागि आवश्यक कागजातमध्ये राजनीतिक दलको वार्षिक आयव्यय विवरण (अडिट रिपोर्ट) पनि अनिवार्य बुझाउनुपर्ने व्यवस्था रहेको बताए । आयोगमा दर्ता भएका दलहरूले बुझाएको कागजातको अध्ययन भइरहेको र अध्ययन सकेर केही दिनमै निर्वाचनमा भाग लिन पाउने राजनीतिक दलहरूको सूची सार्वजनिक ...
मर्निङ वाक गर्दा ध्यान दिनुपर्ने पाँच कुरा

मर्निङ वाक गर्दा ध्यान दिनुपर्ने पाँच कुरा

खेलकुद, जीवनशैली, फिचर, मनोरञ्जन, राेचक जानकरी, विविध, समाज
स्वस्थ र फिट रहन खानपानका साथै दैनिक व्यायामको पनि उत्तिकै आवश्यकता हुन्छ । अहिले स्वास्थ्यका लागि भन्दै बिहान मर्निङ वाक जाने प्रचलन बढ्दै गएको छ । गाउँमा उकाली ओराली गरिरहनुपर्ने भएकाले मर्निङवाक आवश्यक नभए पनि सहरमा बिहान हिंड्डुल गर्ने चलन बढेको छ । शारीरिक व्यायामले मान्छेलाई बाहिरी रुपमा मात्रै स्वस्थ बनाउँदैन फुर्तिलो समेत बनाउँछ । स्वस्थ रहनका लागि दौडिनु आवश्यक छ । सहरका हरेक स्थानमा व्यायामशाला भए पनि सबैले रुचाउँदैनन् । व्यायामशाला नरुचाउने वा जान नसक्नेहरुका लागि दौडिनु उत्तम विकल्प हो । दैनिक ३० मिनेट हिंड्दा वा दौडिंदा हामी स्वस्थ रहन सक्छौं । दौडले शारीरिक अवस्थालाई मात्रै नभई मानसिक अवस्थालाई समेत स्वस्थ राख्छ । अहिले स्वस्थ रहनुका साथै तौल घटाउन पनि बिहान मर्निङ वाकमा निस्किने वा दौडिने परम्परा छ । दौडले मुटु र फोक्सोलाई मात्रै नभई शरीरका अन्य मांसपेशीलाई समे...
झाक्रीद्धारा गुल्मी  २ बाट चुनाब लड्ने घोषणा ,झुटा आश्वासनले गुल्मीका जनता आजित भएको हुदा आफुले जित्ने दावी

झाक्रीद्धारा गुल्मी २ बाट चुनाब लड्ने घोषणा ,झुटा आश्वासनले गुल्मीका जनता आजित भएको हुदा आफुले जित्ने दावी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, फिचर, समाचार, स्थानीय
५ भदौ, गुल्मी । नेपाल एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले प्रतिनिधि सभा निर्वाचन गुल्मी क्षेत्र नम्बर २ बाट लड्ने घोषणा गरेकी छन् ।आइतबार जिल्ला सदरमुकाम तम्घासमा पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षणमा झाँक्रीले गठबन्धनबाट उम्मेदवार बनेर नेकपा एमालेको २५ वर्षदेखिको विरासत तोड्ने बताइन् । ‘गुल्मी क्षेत्र नम्बर २ मा हामीले २५ वर्ष पुरानो विरासत तोड्ने दिन नजिकिंदै आएको छ, यसर्थ एकढिक्का भएर निर्वाचनमा जुट्नुहोस्’, उनले भनिन् ।झुटा आश्वासनले गुल्मीका जनता आजित भएकाले विकल्प खोजेको भन्दै उनले त्यसको छिनोफानो मंसिर ४ को निर्वाचनले गर्ने बताइन् । एमालेतर्फ संकेत गर्दै उनले ‘कसै–कसैलाई आफ्नो विरासत गुम्ने खतरा’ भएपछि छटपटी बढेको सुनाइन् ।गुल्मी २ का बहालवाला सांसद गोकर्ण विष्ट नेकपा एमालेका सचिव हुन् । पछिल्लो चार वटा चुनाव लडेका विष्ट पहिलो संविधान सभा निर्वाचन २०६४ मा बाहेक...
नगर प्रमुख पाण्डेले गरे आमरण अनशन बस्ने घोषणा

नगर प्रमुख पाण्डेले गरे आमरण अनशन बस्ने घोषणा

Breaking news 1, ताजा अपडेट, फिचर, समाचार, स्थानीय
बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको राजमार्ग चौराहा–गोलपार्क सडक खण्डको ठेकेदारको संरक्षण गर्दै म्याद थप्ने काम भए आफु आमरण अनशन बस्ने घोषणा गरेका छन् । आज उपमहानगरको कार्यालयमा सडक निर्माणबारे सडक विभागका उपमहानिर्देशक दीपक श्रेष्ठ सहितको टोलीसँग छलफल गर्ने क्रममा उपमहानगर प्रमुखले ठेकेदारको संरक्षणमा बिभाग लागे आमरण अनशन बस्ने घोषणा गरेका हुन् । उनले निर्माण व्यवसायीले सडक निर्माणको काम नगर्दा बिभागले चासो नदिएको र सडक अलपत्र पार्नेलाई कारबाही गर्न तदारुकता नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘फेरिपनि जालझेल गरेर ठेकेदारको म्याद थप्ने निर्णय भए म सडक बिभागसँग बिद्रोह गरेर आमरण अनशन बस्छु ।’ उनले भने,- ‘वर्तमान ठेकेदार कम्पनीबाट बुटवलबासीको बिश्वास टुटेको छ ।’ नगरप्रमुख पाण्डेयले बुटवलभित्रको सडक निर्माणमा लापरबाही गर्ने निर्माण कम्पनीको म्या...
गुल्मीकी अतिता खत्री उत्कृष्ट रेडियो पुरस्कारबाट  सम्मानित

गुल्मीकी अतिता खत्री उत्कृष्ट रेडियो पुरस्कारबाट सम्मानित

Breaking news 3, ताजा अपडेट, फिचर, विविध, समाचार
४ भदौ, बुटवल । कुनै पनि पेशा व्यवसायमा निरन्तररुपमा मेहनत गर्ने हो भने सफलता अबश्य प्राप्त गर्न सकिन्छ जसको उदाहरण हुन् गुल्मीकी पत्रकार अनिता खत्री । खत्रीे निजी रेडियोहरुको छाता संस्था ब्रोडकाष्टिङ् अफ नेपाल (वान)द्धारा उत्कृष्ट छनौट भएकी छिन् । उनी अहिले देशभरका सयौ रेडियोबाट उत्कृष्ट छनोट भएकी हुन । गुल्मी जिल्लाको पहिलो रेडियो, रेडियो रेसुङ्गा एफ.एम.१०६.२ मेगार्हजमा स्टेशन म्यानेजरको रुपमा कार्यरत अनिता खत्रीलाई बानले १८ औं वार्षिक साधारणसभा तथा सातौं महाधिवशेनको अवसरमा सम्मानित गरेको हो । रेडियो र सञ्चार क्षेत्रको विकासको लागि पुर्याएको योगदानको कदर गर्दै (वान)ले सम्मान गरेको हो । नेपालमा एफ.एम रेडियो स्थापना, सञ्चालन र व्यवस्थापनका साथै रेडियो आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको भन्दै संस्थाको तर्फबाट उच्च मूल्याङकन् गर्दै खत्रीलाई सम्मान गरिएको वानले जनाएको छ । राष्ट...
जितगढी युद्ध जितेको सम्झनामा पाल्पामा भगवती जात्रा मनाइँदै

जितगढी युद्ध जितेको सम्झनामा पाल्पामा भगवती जात्रा मनाइँदै

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, फिचर, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
४ भदौ, बुटवल । बुटवलको जितगढीमा भएको युद्धमा अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको खुशियालीमा २०४औं ऐतिहासिक भगवती जात्रा आज शनिबार पाल्पाको तानसेनमा मनाइँदैछ । कोरोना महामारीका कारण दुई वर्षदेखि जात्रा रोकिएको थियो । हरेक वर्ष बन्धन पूजा (कारण पूजा) गरी विसं १८७७ सालदेखि निरन्तर कृष्ण जन्माष्ठमीको भोलिपल्ट भगवतीको जात्रा हुँदै आएको छ । विसं १८७७ देखि निरन्तररुपमा विजयोत्सव भगवती जात्रा मनाउँदै आइएको छ । पाल्पाका तत्कालीन कर्णेल उजिर सिंह थापाले वि.सं १८७१ पुसदेखि १८७२ बैसाखसम्म भएको अंग्रेजसँगको युद्धमा बुटवलको जितगढीलगायतका क्षेत्रमा विजय हासिल गरेको थियो । सोही जितको सम्झनामा श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसी भजन किर्तन गरेर भोलिपल्ट तानसेन भगवतीटोलमा रहेको रणउजीरेश्वरी भगवतीको मन्दिरबाट सिन्दूरजात्रा निकाल्ने परम्परा सुरु भएको हो । राति १२ बजे बली दिएर भगवती...

कृष्णाष्टमीमा मयूरको प्वाँखको अवैध व्यापार !

कृषि, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, समाचार
पाटनको कृष्णमन्दिरमा शुक्रवार दर्शन गर्न लाइनमा उभिरहनुभएकी कल्पना सुवेदीको हातमा धुपबत्ती र फूलसँगै मयूरको दुईवटा प्वाँख पनि थियो । ‘हामीले पहिलेदेखि नै कृष्णजीलाई चढाउने गरेका छौँ’ उहाँले भन्नुुभयो ।  मयूरको प्वाँख वा अरु जनावरको रौँ, प्वाँख, हड्डी तथा छाला बोक्न र यसरी चढाउन मिल्दैन । तर यसबारेमा आफूलाई थाहा नभएको बताउँदै सुवेदी भन्नुहुन्छ, ‘यस बारेमा हामीलाई केही पनि थाहा छैन । पहिलेदेखि चढाएको भएर चढाउन हिँडेका हौँ । अरु त्यस्तो केही पनि थाहा छैन ।’ कुनै पनि जीवजन्तु वा पशु पक्षीको अङ्ग वा प्वाँख आदि बेचबिखन वा ओसारपसार गर्नु गैरकानुनी हो । तर, कानुनले अवैध भने पनि कृष्ण अष्टमीको दिन कृष्ण मन्दिर परिसरमा मयूरको प्वाँख हातमा लिएर दर्शन गर्न लाइन बसेका भक्तजन अनि वरपर प्वाँख बेच्नेको भिड देख्दा यो कानुनमा बन्देज छैन कि जस्तो देखिन्थ्यो ।  वातावरण तथा वन्यजन्त...