चितालाई भन्दा चिन्तालाई सदा-सहायताको खाँचो


श्रीराम ज्ञवाली

मानव सभ्यताको सुरुवात र अहिले एक्काइसौँ शताब्दीमा रहेर हामी जीवनयापन गरिरहँदा विकासक्रम के कसरी भइरहेको छ ?भन्ने कुरालाई गहन रुपमा लिन आवश्यक छ। मानव सभ्यताको सुरुवाती दिनहरूमा नितान्त गास(खाना) मात्र प्राथमिकता थियो क्रमश लत्ता कपडा (कपास)को आवश्यकता पर्यो ,त्यसैगरी घरबासको आवश्यकता र उपयोग सुरु भयो। यसरी तत्कालीन समयमा गास,वास र कपास आवश्यक रहेको मानव कर्मश स्वास्थ्य शिक्षासँगै अहिले विज्ञान र प्रविधिको युगमा छ।

यी सबै मानिसलाई आवश्यकताका आधारमा सिर्जना गरिएका चिजहरू हुन्। र यी भौतिक आवश्यकता पूर्ति गरी जीवनयापन गरिरहँदा हामी समाज सामाजिक चेतना ,मानवीयता जस्ता नैतिक विकासलाई कत्तिको समानान्तर विकास गरिरहेका छौं त? सामाजिक प्राणीले भौतिक सुविधाबाट मात्रै सहज जीवनयापन गर्न सकिन्छ त? यो विषयमा गम्भीर हुनु आवश्यक छ। भौतिक सुख सुविधा भौतिक रुपमै रहन्छ भने आध्यात्मिकता, नैतिकता मानिसलाई मन हृदयदेखि नै सुखी र सुखी बनाउने पाटो हो। व्यक्ति परिवार र समाजमा नैतिकता आवश्यक छ।

सुनको पलङमा सुतेर मात्र निद्रा आउँदैन, निद्राको लागि मानिसको हृदयमा सन्तोष हुनुपर्छ। जसरी निद्राबिनाको बेडको अर्थ छैन त्यसैगरी नैतिकता बिनाको भौतिक सुविधाले खुसी सन्तोष दिन सक्दैन। मानव समाज अहिले चरम भौतिकवादमा लिप्त छ। भौतिक सुविधाका लागि प्राकृतिक स्रोत र साधनको वातावरण नै असर गर्ने गरी उपयोग सजिव प्राणीहरूको लाइफ साइकल नै लोप हुने गरी उपयोग यति मात्र नभएर एक मानिसले अर्को मानिसलाई भौतिक आर्थिक कारणले हत्यासम्म गर्ने गरेको प्रशस्त उदाहरण हामीले देख्न सुन्नुपर्छ। के विकास यही हो ?

मानिस मानिस बीचमा काटाकाट, मारामार अवश्य होइन। मानिसले सामाजिक प्राणी भएकाले मानिस मानिस बीचमा मानवीयता ,सामाजिक भावना ,प्राकृतिक वस्तुभाउहरूको दीर्घकालसम्म असर नपर्ने गरी उपयोग, एक मानिसको खुसीमा अर्कोसँग सेयर, साटासाट दुःख पर्दा अर्कोलाई करुणा जाग्ने साथ सहयोग आवश्यक छ। समाजमा दुःख पीडामा रहेकाहरुलाई के कति कारणले पीडामा छ समाजले के कसरी साथ सहयोग गर्न सकिन्छ र उसका पीडा समाधान हुन्छन् कसरी ती व्यक्तिहरूलाई कसरी माथि उठाउने? भन्ने जस्ता मानवीयताका कुराहरू अङ्गीकार गर्नुपर्छ। मानिस पीडामा हुँदा हो साथ सहयोग गर्नुपर्ने मृत्यु पश्चात पछुताएर केही फाइदा हुँदैन। वा मरिसकेपछि दिएको श्रद्धाञ्जलीले खासै अर्थ राख्दैन। जति जीवित हुँदा मानिस पीडामा पर्दा सहयोगको महत्त्व अतुलनीय हुन्छ। समाजमा सबै एकै हैसियतका मानिस हुँदैनन् । काेहि भाैतिक रुपमा, कोही नैतिक रुपमा त कोही भौतिक -नैतिक दुवैमा सबैले आ-आफ्नो सक्दो साथ सहयोग गर्नुपर्छ ।कोही आर्थिक कारणले समस्यामा हुन्छ ,कोही अन्य कारणले जो जुन कारणले पीडामा छ त्यसलाई सही अनुरूप सदा सहायता गर्नुपर्छ।

हाम्रो समाजमा मानिसको मृत्यु पश्चात श्रद्धाञ्जली दिनेको भिड हुन्छ। तर सोही व्यक्ति हिजो पीडा म पीडामा छु यो त्यो कारणले भन्दा उसलाई साथ सहयोग गर्ने मानिसको सङ्ख्या अत्यन्त न्यून हुन्छ। मानिस नाङ्गै आएको हो र नाङ्गै चितामा जाने हो। यही जन्म र मृत्यु बीचमा उसले समाजका लागि के कस्ता योगदान दियो त्यो भने युगौं युगसम्म अमर रहने कुरा हो। हामीले यो संसारमा कति मानिस जन्मलिए मृत्युवरण गरे त्यसको खासै महत्व दिँदैनाैं, तर उसले जीवनमा समाजका लागि के गर्यो र दिएर गयो भन्नेमा महत्व दिन्छौं। उनीहरूका नाम इतिहासमा पढ्ने सुन्ने गर्छौं यही हो सामाजिक प्राणीले जिउनुको अर्थ ।नैतिकताका कुरा गरिरहँदा भौतिक पक्ष गाैण हुन्छ भन्न खोजेको होइन, यसको विशेष महत्व छ। तर यो साधनमा मात्र हो यसलाई उपयोग गर्ने विधि तरिका कस्तो छ भन्ने विषयले महत्व राख्दछ । सामान्य मानिसले आफ्नो लागि जिउछन् ,परिवारका लागि जिउछन् र सामाजिक मानिसहरुले समाजका लागि योगदान दिन्छन्।

हामीले समाजमा खाने ,पकाउने ,सुत्ने ,बस्ने देखि लिएर भूमिदान (जग्गा) पितृका नाममा दान गर्ने गरेको देख्ने सुन्ने गर्छौं। र सोही मानिस जीवन र मृत्युसँग लडिरहँदा उसलाई खाना ,औषधि ,उपचार ,स्याहार सम्हार र मनोबल बढाउने खालका वातावरण नभएर उक्त व्यक्ति मृत्युवरण गरेको देख्ने सुन्ने गर्छौं। यो आध्यात्मिक ,धार्मिक रुपमा केही सकारात्मक होला तर त्यो भन्दा बढी जीवित रहँदै गर्नुपर्छ भन्ने आशय हो।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

काठमाडौंरसुवामा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम जम...