देशकै नमुना बन्न सक्छ बुटवल


श्रीराम ज्ञवाली
०७ साउन, बुटबल
नेपालको राजधानी बाहिरका जिल््लाहरूमा विकासको हिसाबले अग्रभागमा आउने जिल्ला हो रुपन्देही ।देशको पूर्व पश्चिम भूभागको मध्यभागमा पर्ने जिल्ला हो। यस जिल्लामा एक उपमहानगर ५ नगरपालिका र १० गाउँपालिका गरी १६ पालिका रहेका छन ।

रूपन्देहीको हरेक हिसाबले अग्रभागमा आउने एकमात्र उपमहानगर हो बुटवल, बुटवल उपमहानगरपालिका व्यावसायिक सहरी भूभाग र केही कृषियोग्य भूभागहरू रहेका छन्। । सहरमा बाहिरी जिल्लाबाट बसाईसराई गरी रोजगारीका लागि व्यापार व्यवसायका लागि शिक्षा हासिल गर्नका लागि र गर्न र विशेषज्ञ स्वास्थ्य उपचारको लागि अन्य क्षेत्रहरुबाट नागरिकहरु आउने गर्छन् भने पश्चिम र दक्षिण भूभागमा कृषि योग्य जमिन रहेकाले कृषि व्यवसायका लागि मानिसहरुले उपयोग गरिरहेका छन् । भने प्रशस्त खाली जग्गा रहेकाले आधुनिक बस्ती निर्माण पनि बढ्दै गएको छ। हावापानीका हिसाबले हावापानीका हिसाबले पहाडको फेदीमा रहेको र तिनाउखोला रहेकोले उत्तरी भूभागमा शीतलता महसुस गर्न सकिन्छ। पर्यटनका हिसाबले पनि यो उपमहानगरको सम्भावना र राम्रो सम्भावना रहेको छ। जितगढी किल्ला, सिद्धबाबा मन्दिर ,मणिमुकुन्द सेन उधान( बुटवल फुलबारी )पिसपार्क, हिलपार्क जस्ता धेरै पर्यटकीय एवं धार्मिक क्षेत्रहरू रहेका छन ।

हालचालै बुटवल बसन्तपुर केवलकार बुटवल नुवाकोट केवलकार पनि सञ्चालनमा आइरहेका छन् जसले धार्मिक हिसाबले शितलताका लागि र घुमघाम मनोरञ्जनका लागि उपयुक्त रहेकोले पर्यटकका सम्भावना थपिएको छ। पाल््पाबाट बग्दै आउने तिनाउ नदीको बहावलाई खुल्ला बहन दिई अतिक्रमण नगर्ने हो भने र अत्याधुनिक पद्धतिबाट ड्याम निर्माण गरी डुङ्गा सञ्चालन गर्ने हो भने धेरै हिसाबले रूपन्देहीको पहिचान नै बदलिन सक्ने सम्भावना रहेको छ। पश्चिम पूर्वपश्चिम राजमार्ग अन्तर्गतको बुटवल तिनाउ पुललाई अत्याधुनिक अत्याधुनिक सिग्नेचरको निर्माण गर्ने प्रक्रिया अगाडि बढेकोले पर्यटन सुन्दरताका हिसाबले यसले थप टेवा पुर्याउनेछ। सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल पाल्पा सडक खण्डमा वर्षौदेखि पहिरो जोखिम रहेकाले अहिले सिद्धबाबा सुरुङ्ग मार्ग निर्माण तीव्र रुपमा अगाडि बढिरहेको छ । यसले बुटवलको विकासमा थप टेवा अवश्य पुग्नेछ । लुम्बिनी प्रदेशकै प्रमुख अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल अत्याधुनिक भवन र सम्पूर्ण स्वास्थ्य उपचार उपलब्ध हुने गरी निर्माण भैरहेको छ । जसले यस प्रदेश संगै अन्य क्षेत्रबाट आउने नागरिकले गुणस्तरीय स्वास्थ्य उपचार पाउने संस्थागत हस्पिटलहरूको सुविधा पनि रहेको छ बुटबलमा देशकै उत्कृष्ट मध्यको क्याम्पस बुटवल बहुमुखी क्याम्पस ,लुम्बिनी वाणिज्य क्याम्पस लगायतका उच्च शिक्षा हासिल गर्ने शिक्षालयहरू रहेका छन्। भने संस्थागत विद्यालयहरू प्राविधिक शिक्षालयहरू नर्सिङ कलेजहरू रहेकोले यसले बुटबल थप उचाइमा पुग्नेछ । प्रशासनिक हिसाबले अदालतदेखि अख्तियारसम्मका कामहरू यस पालिकाबाट सेवा लिन सकिन्छ । देशकै महत्वपूर्ण बुटवल औद्योगिक क्षेत्र रहेकोले यहाँको अर्थतन्त्र सबलीकरणमा ठूलो टेवा पुगेको छ।

बुटवलबाट पूर्वपश्चिम जानेहरूका लागि बुटवल नारायणगढ बुटवल चन्द्रौटा सडक छ ल्याण्डको बनिरहेको छ यसले पनि बुटवलको समुन्नतिमा ठूलो अर्थ रहनेछ। भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २० किलोमिटरको दुरिमा रहेकोले यसले बुटवलको विकासमा इटा थपेको छ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनमा रहेकोले राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मेलन विचार गोष्ठी कार्यक्रमहरू हुने भएकाले महत्वपूर्ण भूमिका खेलेको छ। अहिले समग्र देशकै अर्थतन्त्र नाजुक अवस्थामा रहेको कारण यस नगरमा पनि ठूलो असर परेको छ । प्रशस्त विकासका आधार भएको र देशकै विकासका अगुवा सफल अर्थमन्त्री विष्णु पौडेलको गृहनगर भएकोले यस नगरको भविष्य उज्ज्वल रहेको यहाँका आम नागरिकहरुको बुझाइ छ ।

छुटाउनुभयो कि ?

बुटवलसहित करिब एक सय स्थानीय तह फेरबदलको प्रस्ताव

बुटवलसहित करिब एक सय स्थानीय तह फेरबदलको प्रस्ताव

काठमाडौंझण्डै एक सयको हाराहारीमा स्थानीय तहको संख्या र सीमा हेरफेर गर्नुपर्ने प्रस्तावहरू संघीय मामिला तथा सामान्य प्रशासन मन...
लुम्बिनी प्रदेशसभा बैठकबाट दलित अधिकारसम्बन्धी विधेयक पारित

लुम्बिनी प्रदेशसभा बैठकबाट दलित अधिकारसम्बन्धी विधेयक पारित

बुटवललुम्बिनी प्रदेशसभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । प्रदेशसभाको स...
गर्भपतन गराउने क्रममा क्लिनिकले घुमाउदा घुमाउदै गयो ज्यान

गर्भपतन गराउने क्रममा क्लिनिकले घुमाउदा घुमाउदै गयो ज्यान

बुटवलगर्भपतन गराउने क्रममा बुटवलमा पाल्पाकी एक महिलाको ज्यान गएपछि स्वास्थ्य क्षेत्रमा कति सम्म लापर्वाही हुन्छ भन्ने देखाएको...
नेपालमा पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपात, तराईमा तातो लहरको सम्भावना

नेपालमा पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपात, तराईमा तातो लहरको सम्भावना

काठमाडौँजल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशको हि...